×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बालुवा निकाल्न खोज्दा नदीमा बेपत्ता

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र २४ गते । गएको बैशाख १२ मा गएको बिनाशकारी भूकम्पले भत्किएको घर बनाउनका लागि वालुवा निकाल्न गएका गोरखा थूमीका १ जनाको बूढी गण्डकीमा डुबेर मृत्यु भएको छ । अन्य २ जना नदिमा वेपत्ता भएका छन् ।
    थूमी गाविसस्थित आर्खेत वजार नजिकै वालुवा निकाल्ने क्रममा बिहान १०ः३० वजेतिर उनीहरुलाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो । नदिले बगाएका मध्ये थूमी ९ धारापानीका बेदबहादुर थापामगरको शव फेला परेको छ भने अन्य २ जना अहिले सम्म पनि वेपत्ता छ ।
    पहिले नदिमा बगेका बेदबहादुरलाई बचाउने क्रममा सोही ठाउँका साइँला भन्ने पूर्णबहादुर आले र टिकाबहादुर आले गण्डकी बगेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रविराज थपलियाले बताउनुभयो । उनीहरु सबैको उमेर १८÷१९ हाराहारीको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
    मृक्तक र बेपत्ता ३ जनाले केही दिनयता देखी नदिबाट वालुवा संकलन गरि खच्चडबाट गाउँसम्म ढुवानी गर्दै आएका थिए । स्थानीय वासिन्दाका अनुसार भूकम्पले घर भत्किएपछि पक्की घर बनाउन वेदबहादुर साथीहरु सहित नदिमा पुगेका थिए । वेपत्ता २ जनाको खोजी भैरहेको प्रहरी निरिक्षक थपलियाले बताउनुभयो ।
    थूमी, आरुचनौटे, तान्द्राङ, बोर्लाङ, घ्याल्चोक लगायत बूढीगण्डकी किनारका वासिन्दा र प्रहरीको सक्रियतामा खोजी गरेपनि उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।
    केही दिन यता देखी बुढी गण्डकी नदिमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा समस्या परेको छ ।
    यस्तै माछा मार्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । लमजुङको बाँझाखेत–८ दमाईगाउँका इन्द्रबहादुर परियारका छोरा १८ वर्षका अर्जुनबहादुर परियार नदीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
    काका हरिबहादुर परियारसँगै माछा मार्न गएका परियार ईशानेश्वर महादेव मन्दिर नजिकैबाट एक्कासी नदीमा डुबेर बेपत्ता भएको काका हरिबहादुरले प्रहरीलाई जानकारी गराएको थियो । बेपत्ता भएको खबर पाए लगत्तै दिनभर खोज्दा परियारलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बहादुर रजौरेले बताउनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.