×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डाक्टर लखतरान !

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र १७, २०७२- चाहे सरकारी अस्पतालका हुन् वा निजीका, सबै डाक्टरलाई सातामा एक दिन अनिवार्य बिदा बस्ने/बसाउने चिकित्सक संघले निर्णय गरेको छ । त्यसका लागि डाक्टरहरू र सम्बन्धित निकायलाई परिपत्र गर्ने भएको छ ।

    ‘हरेक डाक्टरलाई सातामा एक दिन अनिवार्य बिदा लिन र यसको व्यवस्था मिलाउन सम्बद्घ सबै निकायलाई अपिल गरेका छौं,’ संघका अध्यक्ष डा. अञ्जनी झाले भने, ‘डाक्टरहरू २४ घण्टा सातै दिन काम गर्छन् । यसले बिरामीको सेवा त भयो तर गुणस्तर घट्न थाल्यो । कामको चापले डाक्टरहरूको सामाजिक–पारिवारिक जीवन प्रभावित भएका छन् । डिभोर्सका घटनासमेत बढेका छन् । कतिपयको दाम्पत्य असमझदारी र विवाहेत्तर सम्बन्ध बढ्दो छ ।’

    डा. झाका अनुसार खासगरी पुरुष डाक्टरका श्रीमतीहरूले आफ्नो श्रीमान्लाई सातामा एक दिन बिदा लिन बाध्य पार्ने व्यवस्था मिलाउन व्यापक दबाब दिएका थिए । मुलुकका ५० प्रतिशतभन्दा बढी डाक्टर बिहानदेखि राति अबेलासम्म व्यस्त हुन्छन् ।

    पैसा, पैसा, पैसा…
    तपाईं–हामीले देख्ने अलि चलेका डाक्टर बिहान उठ्नासाथ हडबडाउँदै निजी क्लिनिकतिर हानिन्छन् । महँगो टिकट काटेर आएका बिरामीलाई दुई–चार मिनेटसम्म नदिई जाँच्छन् । ठूलो भीड पार लगाएर दौडिँदै अस्पताल पुग्छन् । त्यहाँको ड्युटी सक्नासाथ पुन: बेलुका क्लिनिकमै जान्छन् । उस्तै भीडको उपचार भ्याएर राति अबेर घर फर्कन्छन् ।

    कतिपयले एउटा–दुइटा मात्र होइन, तीन–चार ठाउँमा काम गरिरहेका हुन्छन् । एउटा र अर्काको दूरी टाढा हुन पनि सक्छ । बढी पैसा कमाउन चारैतिर काम गर्नुपर्ने वा गर्न बाध्य हुने स्थितिमा रहेका नेपाली डाक्टरहरूको यो जीवनशैली विशेष परिस्थितिबाहेक सामान्यतया कुनै दिन पनि टुट्दैन । न बिदा हुन्छ, न विश्राम । मात्र काम, काम, काम ।

    ‘अति व्यस्तताले गर्दा डाक्टरहरूमा मनोसामाजिक समस्या, पारिवारिक जीवन गडबड, उदासीनता, व्याकुलता (एन्जाइटी) र अनिद्राको समस्या बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रा.डा. सरोजप्रसाद ओझाले भने, ‘यो समस्या समय र तनावलाई व्यवस्थापन गर्न नसकेकाहरूमा बढी देखिएको छ ।’

    डाक्टरी पेसा धेरै तनावप्ूर्ण हुनुका साथै मुलुकमा काम गर्ने वातावरण र सुविधासमेत राम्रो छैन । करोड रुपैयाँभन्दा बढी खर्च गरेर विशेषज्ञता हासिल गरेका डाक्टरको सरकारी तलब जोड्ने हो भने जिन्दगीभरिमा पनि त्यति कमिँदैन । कामअनुसारको प्रोत्साहनसमेत छैन । त्यही कारण उनीहरू पैसाका लागि पनि खटेको खट्यै गर्नुपर्ने अवस्था छ ।

    ‘बिहानै जाऊ राति आऊ भन्ने स्थिति छ,’ डा. झा भन्छन्, ‘जस्तो सन्तुलित जीवन हुनुपर्ने हो, त्यस्तो छैन । डाक्टरको सामाजिक प्रतिष्ठा उपल्लो छ । पारिवारिक अपेक्षा धेरै छ । सामान्य ढंगले त्यो पूर्ति हुन सक्दैन ।’

    डा. ओझाका अनुसार मस्तिष्कलाई २४ घण्टामा ७ घण्टा आराम नदिँदा निर्णय र कार्यक्षमतामा ह्रास आउँछ । ‘डाक्टर मात्र नभई सबैले सातामा एक दिन उल्लासपूर्ण ढंगले परिवार, समाज र आफ्ना लागि समय दिनुपर्छ ।’

    बेहोसीमा उपचार
    शल्यक्रिया गर्दा भित्रै सरसामान छुटेका, एक ठाउँको रोगमा अर्कै ठाउँ चिरिनु, एउटा रोगलाई अर्कै भनेर देखाउनु, स्वस्थलाई बेकारमा उपचार गर्नुजस्ता लापरबाहीका घटना बेलाबेला पाइन्छन् । तिनमा डाक्टरको अज्ञानताभन्दा लापरबाही बढी हुने गरेको छ । त्यसको मूल कारण हो अति व्यस्तताले सिर्जना गरेको बेहोसीपना ।

    उपभोक्ता हित संरक्षण मञ्चका अनुसार अधिकांश चिकित्सकीय लापरबाहीका उजुरी केलाउँदा डाक्टर अत्यन्त व्यस्त देखिएका कारण भएका बढ्ता छन् । ‘डाक्टरहरूले धेरै ठाउँमा कामको जिम्मेवारी लिने, नभ्याउने गरी सेवा गर्न खोज्ने कारण उपचारमा भूलचुक बढेको छ,’ मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘डाक्टर मानसिक र शारीरिक रूपमा पूर्ण चुस्त नहुनुको मार उपभोक्तामा पर्छ । बिदाले उहाँहरूलाई फ्रेस बनाउनुका साथै अझ काम गर्न सक्ने जाँगर र निर्णय क्षमता बढाउँछ ।’

    मुलुकमा मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको संख्या करिब १७ हजार छ । हालसम्म चिकित्सक संघका सदस्य करिब ६ हजार छन् । संघका अध्यक्ष डा.झाको अनुमानअनुसार देशभरि कार्यरतको संख्या ८ हजारभन्दा बढी छैन । अस्पताल र स्वास्थ्य संस्था बढेका छन् । बिरामीको चाप पनि बढ्दो छ । तिनको अनुपातमा डाक्टर कम भएका कारण पनि कार्यबोझ थपिएको हो ।

    आफैं रोगी
    विशेषज्ञहरूका अनुसार धेरैजसो डाक्टरलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । उनीहरूको जीवनशैलीसमेत स्वस्थकर छैन ।

    ‘अत्यन्त तनावको स्थितिमा काम गर्नुपर्ने भएकाले मुलुकका ६० देखि ७० प्रतिशत डाक्टरलाई उच्च रक्तचाप र मधुमेह भएको अनुमान छ,’ संघका अध्यक्ष डा. झाले भने । यो स्थिति सुखद नरहेको औंल्याउँदै उनले भने, ‘विदेशमा वर्षमा एक महिनाको हाराहारी फोर्स लिभ (लिनैपर्ने बिदा) हुन्छ । साताको कम्तीमा एक दिन पनि अनिवार्य हुन्छ । यहाँ यी कुरालाई ध्यान नदिँदा समस्या विकराल भइरहेको छ ।’

    स्रोतका अनुसार दुई महिनायता तीन जना डाक्टरले आत्महत्याको प्रयास गरेका छन् । सयौं डाक्टरको पारिवारिक जीवन सुखद छैन । ‘डाक्टर भगवान होइन, उसलाई पनि आराम चाहिन्छ । पारिवारिक जीवनमा रमाउन समय चाहिन्छ । मन प्रसन्न हुनुपर्छ,’ डा.झाले भने, ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डाक्टरहरूमा मानसिक तनाव, सुसाइडल टेन्डेन्सीलगायत समस्या थप चुनौती बनेका छन् ।’

    उनका अनुसार चिकित्सकहरूले काम, अवकाश, आनन्द, पारिवारिक वातावरण र सामाजीकरणमा सन्तुलन कायम गरे मात्र बिरामी, स्वयं डाक्टर, समाज र देशको हित हुन्छ । कतिपय डाक्टरले बेलामा खानसम्म भ्याउँदैनन् । कहलिएका अस्पतालका नाम चलेका डाक्टरसमेत एप्रोनमै हतारिएर खाना/खाजा खाइरहेका देखिन्छन् । त्यही एप्रोन लगाएर बिरामी जाँच्न छिर्छन् ।

    निरन्तर आराम बिना बिरामीको उपचारमा संलग्न हुँदा डाक्टरहरूले दिक्कलाग्दो अनुभव गर्ने गरेका छन् । उनीहरूको व्यक्तिगत जीवनसँगै परिवारप्रतिको जिम्मेवारीमा समेत ह्रास आएको गुनासाहरू बढेपछि संघले बिदालाई अनिवार्य बनाउन चाहेको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.