×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ११ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ११ घण्टा अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १३ घण्टा अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १ दिन अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ दिन अघि

अमेरिकन आर्मीसँग बिहे गर्ने सपनाले डुबायो

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :ठगीका लागि फोटोसपबाट बनाइएको बाराक ओबामासँग हात मिलाउँदै गरेको तस्बिर ।

    सुवास गोतामे
    जोशमा होस नपुर्याउँदा पछुताउँदै युवती
    काठमाडौं: खाईलाग्दो ज्यान भएका नुवाकोटको सामरी गाविसका जीवन तामाङका परिचय अनेक छन् । सन्तोष, विक्रम लगायतका नाम भएका उनी दुई वर्ष अगाडि ठगी मुद्दामा पक्राउ परेर चार लाख धरौटीमा छुटे, तर उनको ठगी धन्दा भने रोकिएन ।
    धरौटी तिरेर छुटेलगत्तै उनले फेसबुकलाई ठगी धन्दाको माध्यम बनाए । उनको पहिलो रोजाईमा परिन् नुवाकोटकी २४ वर्षीया युवती । फेसबुकमा ती युवतीलाई अफलाईन म्यासेज पठाउँदै लेखे, ‘हाई !  मैले तपाईंको फेसबुक प्रोफाईल हेरें, म अमेरिकन आर्मी हुँ, अहिले क्यालिफोर्नियामा छु, नेपाल आउने तयारीमा छु । मेरो घर पनि नुवाकोट नै हो, आएपछि फोन गर्छु ।’
    जीवनले उनलाई फेसबुकमै फोटोसपमार्फत डिजाईन गरिएको अमेरिकन आर्मीसँग विदाई भएको, राष्ट्रपति बाराक ओबामासँग हात मिलाएको, राष्ट्रसंघका महासचिव वान कि मुनसँगको फोटो पठाएपछि उनी मख्ख परिन् ।
    गत वैशाखमा जीवनले आफू नेपाल फर्किएको भन्दै उनलाई फोन गरे । नुवाकोटकी उनी ललितपुर थसिखेलमा परिवारसँग बस्दै आएकी थिइन् । उनीहरुको भेट न्यूरोडको एउटा कफी सपमा भयो । जीवनले ‘तपाईं त फेसबुकमा राखेको फोटो भन्दा रियलमा धेरै राम्री’ भन्दै प्रशंसा गरे । परिवारले विवाहका लागि दुईचार केटासमेत हेराएर ‘रिजेक्ट’ गरिसकेकी उनले जीवनलाई भने पहिलो भेटमै विश्वास गरिन् ।
    जीवनले परिवारलाई समेत भेटाउन आग्रह गरेपछि निरुले उनलाई घरमै लगिन् । ज्ञानज्ञुनका कुरा गर्दै विवाह गर्न चाहेको कुरा उनले त्यहाँ राखे । बिहेपछि अमेरिका लैजाने कुरा जीवनले उनका परिवारलाई बताए ।
    जेठमा जीवनले एकाएक निरुलाई फोन गरेर विलाप गर्न थाले, ‘म बैंग्लोरमा छु, अंकलको साथीलाई अस्पताल ल्याइएको छ । जसरी पनि चार लाख चाहियो, नेपालको एटिएमले यहाँ काम गर्दो रहेनछ, नवलपरासीमा मेरो आफन्त छ, पैसा पठाइदेउ, म काठमाडौं आएलगत्तै तिरिदिन्छु ।’

    फोटोसपबाट बनाइएको अमेरिकन आर्मीसँगको नक्कली फोटो
    पटकपटकको फोनपछि निरुले परिवारलाई सबै कुरा बताइन् । जीवनलाई ज्वाइँ बनाउन राजी उनकी आमाले आईएमईमार्फत पैसा पठाउने जोहो गरिन् । पैसा पाएपछि जीवन एकाएका गायब भए । निरुलाई दिएका फोन नम्बर स्वीच अफ आउन थाल्यो । तबमात्रै निरुका परिवारमा आफूहरु ठगिएको आभास हुन थाल्यो । प्रहरीमा गत मंसिरमा उजुरी दिए ।
    निरुकै जस्तो उजुरी चारपाँचवटा आउन थालेपछि महानगरीय प्रहरी परिसरले यो घटनालाई सुक्ष्मढंगले अनुसन्धान थाल्यो । अनुसन्धानकै क्रममा निरुजस्तै नौजना युवतीहरु जीवनबाट ठगिएको व्यहोरासहित प्रहरी परिसरमा पुगे ।
    प्रहरीले जीवनलाई गत मंगलबार पक्राउ गर्यो । उनलाई पक्राउ गर्न पुगेका प्रहरी डेरामा पुगेपछि अचम्ममा परे । चावहिलस्थित डेरामा बसेका जीवनले मासिक ३५ हजार भाडा तिर्थे । एयर कन्डिस्नरसहित फ्ल्याट लिएर बसेका उनको कोठामा मन्त्रीस्तरको साजसाजावट थियो । नुवकोटकी उनी र पोखराकी अर्की युवतीसहित हालसम्म प्रहरीमा नौजनाको उजुरी परेको छ ।
    सबै युवतीहरुलाई सुरुमा फेसबुकमा म्यासेज पठाउने, भेट्ने, फोटो देखाउने र विवाह गरेर अमेरिका लैजाने भन्दै झुटो आश्वासन दिएर दुईदेखि १० लाख रुपैंयासम्म ठगी गर्दै आएका अनुसन्धानबाट खुलेको छ ।
    सबैलाई फरकफरक नम्बर दिएर फोन गर्ने, साँझ र विहान फेसबुकमा च्याट गर्ने गरेको अनुसन्धानले देखाएको छ । यवतीलाई भेटेपछि आफन्त विरामी परेको भन्दै पैसा आईएमईमार्फत पठाउन रोईकराईको नाटक गर्दै आएका जीवनले पक्राउ परेपछि प्रहरीसमक्ष ठगीको धन्दा सहजै स्वीकारे ।
    पतिको ठगी धन्दालाई साथ दिएर आईएमईमार्फत पैसा बुझ्न नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले जीवनकी पत्नी सुबी तामाङलाई पनि पक्राउ गरेको छ । सुबीले एक कन्सल्टेन्सीबाट राहदानी समेत चोरेर जीवनलाई बुझाएकी थिइन् । जीवनले सोही राहदानी प्रयोग गरि आईएमईबाट पैसा झिक्दै आएका थिए ।

    युवतीलाई ठगी गर्ने जीवन
    महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जीवन ठगीको ‘मास्टरमाईन्ड’ रहेको बताए । ‘सोझासाझा युवतीलाई मायाजालमा पारेर जीवनले फेसबुककबाट साथी बनाउँदै आफूलाई अमेरिकन आर्मीको परिचय दिएर ठगेको पाइयो’, उनले भने, ‘विवाह गर्ने नाटक रचेर लाखौं रुपैयाँ ठगी गरेकाले थप अनुसन्धान हुँदैछ ।’
    एसपी कार्कीले प्रविधिको प्रयोग गरि ओबामा, वान कि मुन र अमेरिकमी आर्मीसँग फोटो खिचाएको देखाएर ठगी गर्दै आएकाले फोटो ल्याबमाथि पनि अनुसन्धान भइरहेको बताए ।
    ‘फोनमा र भेटघाटमा पनि खुब राम्रो कुरा गर्यो, विवाह गर्छु भन्थ्यो’, पीडितमध्येकी नुवाकोटकी ती युवतीले अन्नपूर्ण अनलाइनसँ भनिन्, ‘सबै नाटक रहेछ, हाम्रो पनि गल्ती हो, जोशमा होस नपुर्ययाउँदा फसियो ।’

    अमेरिकन आर्मीसँग विदा हुँदै गरेको भनि फोटोसपबाट बनाइएको तस्बिर

    – See more at: http://annapurnapost.com/News.aspx/story/45983#sthash.sJdZGxpT.dpuf

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • २. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ३. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ४. सुन ताेलामा १२ सयले बढ्याे

    • ५. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.