×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

को थिए बेलायत पुग्ने पहिलो नेपाली ?

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोतिलाल सिंहको हराएको इतिहास

    – हिमेशरत्न वज्राचार्य, काठमाडौं

    चैत्र ६, २०७२- सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’

    यस्तै भनिएको छ, दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने पहिलो नेपाली हुन् । तर, होइनन् । इतिहासमा भेटिएको नवीनतम तथ्यले भन्छ, उनीभन्दा अगाडि कोही अर्कै नेपाली बेलायत पुगिसकेका थिए ।

    त्यही तथ्यअनुसार ऐतिहासिक घटनाको यसरी कल्पना गर्न सक्छौं । जंगबहादुर र उनको टोलीले बेलायतमा खुबै मोजमस्ती र घुममाम गर्‍यो । यस्तै कुनै दिन उनी लन्डन घुमिरहेका थिए । उनले बाटोमा भेट्टाए, आफूजस्तै नेपाली । आफूजस्तै नेपाली बोल्ने मोतीलाल सिंह । जंगबहादुर कति उत्साहित भए होलान् ? मोतीलाल कति खुसी भए होलान् ? उनीहरूले कसरी कुराकानी सुरु गरे होलान् ? त्यो कल्पना नै अविश्वसनीय छ ।

    जंगबहादुरको बेलायत भ्रमणबारे धेरै लेखिएका छन् । अहिले पनि त्यसबारे लेख्ने क्रम जारी छ । तर, त्यसै भ्रमणमा छुटेको एउटा ठूलो तथ्य हो, रहस्यमय मोतीलालबारे । सुरुमा भनिएको थियो, उनी भारतीय हुन् । नेपालका धेरै ऐतिहासिक पात्रलाई विदेशमा भारतीय भनेर लेखिएका छन् । धेरैले मोतीलालबारे यस्तै सम्झे र बुझे । त्यो भ्रम थियो । ‘अहिले प्राप्त तथ्यले हामी के निश्चित ठोकुवा गर्न सक्छौं भने मोतीलाल नेपाली नै हुन् । यसमा अब कुनै विवाद रहेन,’ मोतीलालबारे अनुसन्धान गरिरहेका मानवशास्त्री कृष्णप्रसाद अधिकारी भन्छन् । उनी अक्सफोर्ड युनिभसिर्टीका रिचर्स फेलो हुन् ।

    मोतीलालबारे नयाँ जानकारी प्राप्त भएपछि उनी खुबै रोमाञ्चित छन् । पछिल्लो समय जंगबहादुरको बेलायत यात्राबारे अनुबन्धन गरिरहेका पश्चिमेली विद्वान् हुन्, जोन ह्वेल्टन । ‘जंगबहादर इन युरोप, द फस्ट नेपलिज मिसन टु वेस्ट’ उनको चर्चित पुस्तक हो । त्यसमा मोतीलालबारे उल्लेख छैन । तर, अब ह्वेल्टन पनि आफ्नो पुस्तकको नयाँ संस्करणमा मोतीलालको अध्याय थप्ने क्रममा छन् ।

    मोतीलालबारे सबैभन्दा पहिले उल्लेख गर्ने विश्व पौडेल हुन् । उनले हिमाल खबर पत्रिकामा ‘बिर्सिएका मोतीलाल’ भनेर लेखेका थिए । त्यसलाई पढेर अनुसन्धानकर्ता अधिकारी खुबै दंग गरे । अनि, पछ्याउन थाले, इतिहासमा रहस्यमय रहेका मोतीलाललाई । सन् २००८ मा बेलायतमा रहेका नेपालीले ठूलो रकम खर्च गरेर मोतीलालबारे अनुसन्धान सुरु गरेका थिए ।

    बेलायतमा अचेल एक लाख नेपाली छन् । सायद योभन्दा पनि बढी । यी नेपालीलाई बेलायतमा आफ्नो उपस्थिति जनाउन यस्तो ‘आइकन’ व्यक्तित्व चाहिरहेको थियो, जसबारे उनीहरूले गर्व गर्न सकुन् । उनीहरूका लागि त्यति बेला खुसीको सीमा रहेन, जति बेला मोतीलाल बेलायत पुगेका पहिलो नेपाली हुन् भन्ने तथ्य प्राप्त भयो । अरू नयाँ तथ्य प्राप्त नभएसम्म कम्तीमा अहिलेका लागि उनी नै बेलायत पुगेको पहिलो नेपाली हुन् भनेर दाबी गर्ने स्थिति छ ।

    मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । पत्रिकाको ‘आर्काइभ’ बाट केही समयअगाडि मात्र त्यो लेखबारे थाहा भएको हो ।

    मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’

    लेखमा उनीबारे लगभग यस्तो उल्लेख छ, ‘म मोतीलाल सिंह नेपालको भादगाउँ भन्ने ठाउँमा जन्मेको हुँ । यो राजधानी काठमाडौंबाट धेरै टाढा छैन । त्यो बेला गीर्वाण महाराजा थिए । यसैबीच नेपालले अंग्रेज अधीनस्त भारतसँग युद्ध गर्ने फैसला गर्‍यो । यति बेलासम्म मैले २० कृष्णपक्ष बिताइसकेको थिएँ । गोरखाको एउटा जाति भएको नाताले त्यो युद्धमा मलाई पनि पठाइयो । घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।

    अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्‍यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ ।

    केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्‍यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’

    अधिकारीले पछि मोतीलालबारे सानो पुस्तक पनि तयार पारेका छन्, ‘मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’ । अधिकारीका अनुसार जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवत: ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् ।

    द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ अरू धेरै पत्रिकाले उनको नाम उल्लेख नगरे पनि सबैले ती प्रख्यात हिन्दु कुचीकारलाई लन्डनमा देखेको हुनुपर्छ भनेर लेखेका छन् ।

    अब प्रश्न उठ्ने गर्छ, के ती मोतीलाल आफ्नो घर फर्कन सफल भए त ? उनको लेखमै पनि नामअगाडि ‘लेट क्रसिङ स्विपर’ जोडिएको छ । त्यसको अर्थ, जंगबहादुरको भ्रमणलगत्तै उनको मृत्यु भएको थियो अथवा उनले त्यो पेसा छाडे, त्यसैले उनी भूतपूर्व कुचीकार भए त ? यसको दुवै अर्थ हुन सक्छ । अधिकारी उनीबारे थप अनुसन्धान गरिरहेका छन् । मार्च २३ मा लन्डनमा हुने इतिहासको एउटा ठूलो कार्यक्रममा उनी मोतीलालबारे पेपर पेस गर्दैछन् ।

    अधिकारी सम्मिलित सेन्टर फर नेपाल स्टडिज यूकेले मोतीलालबारे वर्षमा एकपल्ट उनको सम्झनामा कार्यक्रम गर्ने सोच पनि बनाएको छ । यही संस्थाले नेपाल–बेलायतबारे स्नातकोत्तरमा शोध गर्नेलाई छात्रवृत्रि दिने पनि निर्णय गरिसकेको छ । नेपाल र बेलायतबीच सम्बन्ध स्थापनाको दुई वर्ष पुग्न लागेको समयमा मोतीलालबारे जानकारी आउनु अधिकारी ठूलै उपलब्धि मान्छन् । उनी थप्छन्, ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.