×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डेटलाइन सौरपानी (फोटो फिचर)

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्णमणि बराल

    लोकेसन
    भूकम्पको केन्द्र बिन्दु गोरखाको बारपाकसँगै जोडिएको गाउँ हो-सौरपानी । गोरखाबजार जानुअघि १२ किलोबाट बायाँ हुँदै ४० किलोमिटरको दूरीमा बालुवा बजार पुगिन्छ। बालुवा बजारबाट पक्की पुल तरेर ठाडो तीन घन्टाको उकालो हिँडेपछि सौरपानी गाविसको रन्चोक गाउँ पुगिन्छ।
    भूकम्प गएको १० महिनापछि गाउँ पुग्दा भूकम्पले भग्नावशेषमा परिणत भएका यहाँका अधिकांश घर उस्तै अवस्थामा देखिए। अधिकांश गुरुङ जातिको बसोबास रहेको यस गाउँमा दलित समुदाय पनि भूकम्पको उस्तै मारमा छन्। खानेपानीको उचित व्यवस्थापन, व्यवस्थित विद्यालय, मिलेका घर। यस गाउँको विकास र सुन्दरता बेग्लै थियो। ‘भूकम्पले फेरि विकासलाई वर्षौंपछि धकल्यो’, स्थानीय समाजसेवी भीमबहादुर गुरुङ भन्छन्। पहिलेको सुन्दर बस्ती अहिले भग्नावशेषमा परिणत भएपछि पुरानै अवस्थामा फर्काउने चुनौती थपिएको छ। यहाँका अधिकांश युवा खाडी र मलेसियामा कामको खोजीमा पुगेका छन् । ‘त्यहाँको कमाइले यो महँगी जमानामा घर बनाउन पुग्दैन। राज्यले दिने भनेको रकम पाएको होइन’ भीमबहादुर भन्छन्।
    भारत र ब्रिटिस सेनामा काम गर्ने केहीले भने घर बनाउँदै छन् । यहाँका ८० प्रतिशत नागरिक भने टिन र पालले बारिएको टहरामा सरकारी राहतको पर्खाइमा बसेका छन्। ‘वर्षा र जाडो जेनतेन टार्‍यो। अब फागुन-चैतको हुरीले यही टहरो पनि उडाएर लग्ने हो कि भन्ने डर छ’, स्थानीय ६९ वर्षीया सन्तमाया गुरुङ भन्छिन्। टहरो उडाउनेमात्र होइन हावाहुरीले उडाएको टिनले काटेर ज्यानै जान्छ कि भन्ने अर्को चिन्ता उनमा थपिएको छ।
    स्थानीयहरू पाल र टिनले बारिएको टहरामा त्रासमा बाँच्नु परे पनि खुसी छन् । आतिथ्य सत्कारमा पनि उनीहरू कन्जुस्याई गर्दैनन्। वैशाख १२ गतेको भूकम्पले यस गाविसका सबै घर भत्किए । भूकम्पमा पुरिएर गाविसमा ४४ जनाको ज्यान गयो । सोही गाविसको वडा नं ८ रन्चोकमा १९ जनाको ज्यान गएको थियो।
    वर्षा होस् वा जाडो । पाल र टिनले बारेको टहरामा उनीहरूको कष्टकर जीवन बित्यो । भूकम्पले घरभित्रका सबै सामान नष्ट भए। वर्षायाममा जमिनै भासिने हो कि भन्ने डरमा बित्यो। ‘सरकारले घर बनाउन दिने भनेको दुई लाख रुपैयाँ बेलैमा नदिँदा हामी कमजोर आर्थिक अवस्था हुनेको जिवन झन् कष्टकर बन्यो’, सौरपानी गाविस वडा नं ८ रन्चोकका स्थानीय काले विकले भने।
    भूकम्पमा घरले थिचेर उनले नाति र बुहारी गुमाएका थिए। ‘सक्नेले नयाँ घर बनाएर बस्न थाले । हामीजस्तो आज खाए भोलि के खाउँ हुनेको पाल र टिनले बारेको टहरामा कष्टकर जीवन बिताउनु परेको छ’, उनले भने।
    ‘भत्केको घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ पाए जेनतेन थप ऋण खोजेर पहिलेकै जस्तो सानो पक्की टहरा बनाएर बस्ने थियौं, स्थानीय खुसीराम गुरुङले भने। सरकारले तत्काल राहतस्वरूप केही खाद्यान्न र राहत रकम दिए पनि घर बनाउन दिने भनिएको रकम नदिँदा समस्या आएको उनले बताए। ‘नौ महिनासम्म जेनतेन कष्टकर जीवन बिताएर बस्र्यौं अब चैत-वैशाखमा आउने हावाहुरीले यही पाल र बारेको टिनसमेत उडाएर लथालिंग बनाउने हो कि?’, चिन्ताले अहिलेदेखि नै सताएको उनी बताउँछन्।
    केही बासिन्दाबाहेक अधिकांशको नियमित आय नभएकोले विदेशमा भएका र लाहुरे परिवारका आठ-दस जनाबाहेक अरूले आफ्नो घर बनाउन सकेका छैनन् । कठ्यांग्रिदो जाडोमा पाल र टिनको छाप्रोमा बसेका छन् मानिस। भूकम्पले स्थानीय विद्यालय दुर्गा मावि भग्नावशेषमा परिणत भयो विद्यालयका प्रधानाध्यापक सन्तबहादुर गुरुङले भने। अहिले जग्गा भाडामा लिएर अस्थायी टहरामा विद्यालय सञ्चालन गरेको उनले सुनाए। विद्यालयमा तीन सय २० विद्यार्थी छन्।
    भूकम्प गएको दिन वैशाख १२ गते गाउँका एक सय १६ जना नजिकै अलैंची खेतीका लागि खोरिया फाड्न गएकोले मानवीय क्षति कम भएको स्थानीय शन्तबहादुर गुरुङले बताए। ‘भूकम्पले रोकिएको अलैंची खेती १७ हेक्टर क्षेत्रफलमा जेठबाट लगाउने तयारीमा छौं’, स्थानीय सुखीराम गुरुङले बताए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.