×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

केन्द्रीय सदस्यको दौडमा देउवा पक्षकै अग्रता

  •  
  • शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अझै खुल्लातर्फकै २६ सय भन्दा बढी मत गणना गर्न बाँकी रहेको बताइएको छ

    नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको जारी मत गणनामा नवनिर्वाचित सभापति शेरबहादुर देउवा पक्षका धेरै उम्मेदवारले अग्रता लिएका छन्।

    बिहीबारसम्म भएको खुलातर्फका २५ जना केन्द्रीय सदस्यका उम्मेदवारको मत गणना अनुसार देउवा पक्षका १४ जना र यसअघि संस्थापन भनिएको पक्षका ११ जनाले अग्रता लिएका छन्।

    सभापतिमा विजयी देउवा र निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल दुबैले चुनावमा आ-आफ्नो पक्षका केन्द्रीय सदस्यका उम्मेदवारको सूची तयार गरेका थिए।

    बुधबार दिनभर १ सय ५० मत मात्र गणना भएको खुल्ला तर्फको केन्द्रिय सदस्यको बिहीबार थप २ सय ५३ मत गणना भएको छ।

    सबै पदको अन्तिम परिणाम आउन अझै ५ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

    बिहीबारको गणनामा पनि बुधबार अग्रता लिएकै अधिकांश नेता नै अग्रस्थानमा छन्।

    निर्वाचन समितिका अनुसार खुमबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, प्रदीप गिरि, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधिलगायतका नेता सबैभन्दा बढि मतका साथ अगाडि छन्।

    अबको दुई दिनमा आरक्षणको गणना सकेर दुई दिनपछि प्रदेशको गणना सक्छौं, त्यसपछि सबै जनशक्ति लगायत खुल्लातर्फको गणना सक्छौं

    प्रदीप पराजुली, सचिव, निर्वाचन समिति

    बिहीबार सम्पन्न भएको समावेशी अन्तर्गत मुस्लिमतर्फको केन्द्रीय सदस्यमा मोहम्मद अफताब आलमलाई हराउँदै देउवा पक्षका फर्मुल्लाह मन्सुर विजयी भएका छन्।

    समावेशी अन्तर्गतको अन्य मत गणना शुक्रबार गर्ने निर्वाचन समितिको योजना छ।

    निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार चुनावको अन्तिम परिणाम आउन अझै पाँच दिन जति लाग्न सक्छ।

    उनले भने, “अबको दुई दिनमा आरक्षणको गणना सकेर दुई दिनपछि प्रदेशको गणना सक्छौं, त्यसपछि सबै जनशक्ति लगायत खुल्लातर्फको गणना सक्छौं।”

    हालसम्म सभापति, महामन्त्री, कोषाअध्यक्ष र एकजना केन्द्रीय सदस्यको मात्र परिणाम घोषणा भएको छ।

    अझै प्रदेशतर्फ १४, खुला महिला ६, खुला जनजाति ३, जनजाति महिलातर्फ २, खुला दलित ३, दलित महिलातर्फ २, खुला मधेशी ३, मधेशी महिला २ गरि ६० जना केन्द्रीय सदस्यको गणना गर्न बाँकि छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.