×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बुहारीको कन्यादान गर्ने यी सासू

  •  
  • शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विशाल भट्टराई

    उषाको काखमा बसेको नातिसँग खेल्दै लक्ष्मी ।उषाको काखमा बसेको नातिसँग खेल्दै लक्ष्मी ।
    गुल्मी–विधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराइ दिने एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ। अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन्।
    छोराको निधनपछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो। उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो। सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे। सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन्। ‘बुहारीलाई छोरी मानेर बिबाह गर्ने सासु नेपाल छैनन्,’ उनले भनिन, ‘उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको छ।’ विश्वकर्माले बिबाह गरेको छोटो समयमै विधवा बनेका बुहारीलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन्।
    चार वर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन्। बिबाह गरेको एक वर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन्। धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ। ‘छोरोको मृत्युपछि कलिलै उमेरकी बुहारीको भविष्यप्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी हुँ,’ लक्ष्मीले भनिन, ‘अहिले उनीहरुको जीवन राम्रोसँग चलेको छ। दुई वर्षको नाति पनि छ।’

    चार वर्षअघि मलिन अनुहारमा बुहारीको कन्यादान गरेकी लक्ष्मी बिहीबारको अभिनन्दन कार्यक्रममा भने निकै हँसिलो मुद्रामा थिइन्। दुई वर्ष अघि जन्मिएको नातिलाई काखमा राख्दै उनले मञ्चमा चुम्बन गरिरहेकी थिइन्। सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन्। ‘श्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको छ । हामी निकै खुसी छौँ,’ उनले भनिन, ‘पहिलेको घरमा माइती सम्झेर आउने जाने गरिरहन्छु।’ उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद दिइन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.