×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन्छः सभापति देउवा

  •  
  • शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २७, २०७२- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन् ।

    बूढानिलकण्ठस्थित आफ्नै निवासमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उनले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले मुलुकमा विद्यमान प्रदेश सीमाङ्कनलगायतका मधेसवादी दलका मुद्दालाई समाधान गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

    पार्टीको भ्रातृ सङ्गठन नेविसङ्घको लामो समयदेखि अधिवेशन हुन नसक्दा युवाको नेतृत्व विकास र शैक्षिक मुद्दा प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै उनले केन्द्रीय समितिले पूर्णता पाएलगत्तै नेविसङ्घलगायतका सबै भ्रातृ सङ्गठनको अधिवेशन गराउन पहल गर्ने बताए ।

    सभापति देउवाले भने, ‘सङ्गठनलाई सक्रिय बनाई पार्टीलाई गतिशील र जीवन्त तुल्याउन नेविसङ्घलगायतका संस्थाको महाधिवेशन चाँडो हुनुपर्छ, त्यसमा मैले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।’

    नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसङ्घको निर्वाचन नहुँदा सङ्गठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे ।

    उनले विश्वविद्यालयमा पनि लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएकाले विद्यार्थी नेतृत्व र शैक्षिक मुद्दा अवरुद्ध भएको भन्दै तत्काल स्ववियु निर्वाचन गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

    सभापति देउवालाई बधाई दिन नेविसङ्घका अध्यक्ष रञ्जित कर्ण र अन्य पदाधिकारी तथा सदस्यसहितको टोली देउवा निवास बूढानिलकण्ठ पुगेको हो ।

    कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई बधाई तथा शुभकामना दिन नेता कार्यकर्ता तथा शुभेच्छुकको देउवा निवासमा बिहानैदेखि भीड लागेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.