×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पूर्व माओवादी लडाकु ग्रामीण नमुना कृषक

  •  
  • शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    बिरा गडाल

    पूर्व माओवादी लडाकुबाट अगुवा कृषक बनेकी न्वादेउकी रेखा बोहरा ।पूर्व माओवादी लडाकुबाट अगुवा कृषक बनेकी न्वादेउकी रेखा बोहरा ।
    बैतडी–बैतडीको न्वादेउ–५ तोलीगाँउकी २८ वर्षीया रेखा बोहराको बन्दुकसितको साइनो सुनौला हजार दिनले फेरिएको छ। माओवादी जनमुक्ति सेनाकी पूर्व लडाकु बोहरा अहिले गाविसमै अगुवा नमुना कृषकको रुपमा दरिएकी छिन्।
    माइती घर डडेल्धुरा जिल्लामा रहेकी बोहरालेसँगै लडाकुको रुपमा रहेका पूर्व लडाकु नरेन्द्र बोहरासित १० वर्ष अघि जनवादी विवाह गरेकी थिइन्। श्रीमान् लडाइको क्रममा घाइते भई एउटा खुट्टाको अपाङ्ग छन्। श्रीमान र आफूले शान्ति सम्झौतापछि पारिश्रमिक वापत पाँच–पाँच लाख रुपैयाँ बुझेर घर फर्के। घर निर्माणलगायत पारिवारिक जोहोमै पैसा सकिएको पत्तै भएन। युद्ध मोर्चाबाट घर फर्केपछि उनको कमाई खाने जग्गा जमिन, अन्य स्रोत र व्यवसाय नभएपछि दिन बिताउन समस्या पर्यो। युएसआइडीको आर्थिक सहयोगमा संचालित सुआहारा कार्यक्रमले गर्भवती महिला र २ वर्षमुनीका बालकालिका लागि सुनौला हजारदिन कार्यक्रम संचालन गरेपछि बोहराको दैनिकी फेरिएको हो।
    सुआहाराले दिएका विभिन्न तालिमहरुबाट रेखाले कुखुरापालनका लागि अर्ध बन्देज खोर, स्थानीय स्तरमा दाना तयारी, कुखुरामा लाग्ने रोग तथा नियन्त्रण, करेसावारी प्लटिङ, जैविक बिषादी तयारी गर्न सिकेकी छिन्। अहिले उनी कुखुरा र तरकारी बिक्री गरेर एक एक वर्षमा १ लाख भन्दा बढी आम्दानी गर्छिन्। उनी गाँउमा नमुना कृषकको रुपमा रहेको समाजिक परिचालक जनकराज भट्टले बताए । गाँउमा कुखुरा तर तरकारीमा कुनै समस्या आए गाँउका स्थानीयले उनलाई नै गुहार्ने गरेको भट्टले जानकारी दिए।

    आमा समुहको सक्रियतामा घरायसी खाद्यान्न उत्पादन समूहमा सहभागी रेखा अहिले समूहबाट नमुना ग्रामीण कृषका रुपमा छनोट भएकी छिन्। समूहमा घरायसी खाद्यन्न उत्पादनको विषयमा निरन्तर छलफल, अन्तरक्रिया, तालिम, पुनर्ताजगी तालिम र दुई दिने समुहको तालिममा सक्रिय सहभागी भएकी रेखा भन्छिन। ‘समुदायका हजार दिने आमाहरुलाई पनि नमुना करेसावारी र कुखुरापालन सम्वन्धि उत्प्रेरित गर्ने गरेकी छु।’

    रेखालाई उनका पतिलेले पनि करेसावारीमा सहयोग गर्ने गरेका छन्। ‘गाँउमा काम नपाउँदा बरालिएर हिड्ँने फजुल खर्च मात्रै गर्ने उनका पतिको बानीसमेत सुधार भएको छ। उनी व्यवसायिक कृषि पेशामा लाग्न कृषि सेवाकेन्द्र हाट आएर सेवा तथा परामर्श लिने गरेको सेवा केन्द्र प्रमुख देवबहादुर बमले बताए । बेमौसमी तरकारी उत्पादनका लगि टनेल हाउस निर्माण गर्र्ने र व्यवसायिक रुपमा कुखुरापालन गर्ने योजना रहेको रेखाले बताइन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.