×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सानेपाको नारा- ‘कांग्रेस-कांग्रेस एक हौं’

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कांग्रेस पार्टी कार्यालयमा नारावाजी गर्दै कार्यकर्ताहरु । तस्विरः अंगद ढकाल/कान्तिपुर

    फाल्गुन २५, २०७२- सामान्यतयाः दुई फरक मत वा फरक विचार र पहिचान भएका समूहका बीच एकताको कुरा गर्दा ‘एक हौं’ भन्ने नारा लाग्ने गर्छ । तर, आज (मंगलबार) कांग्रेसको महामन्त्री र कोषाध्यक्षको मतगणना चलिरहेका बेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भने अनौठो नारा लाग्यो- कांग्रेस-कांग्रेस एक हौं !
    यो नारा अनौठो किन थियो भने, यसमा आफ्नै पार्टीलाई एक हौं भनिएको थियो, जसका बीच विचार, मान्यता र पहिचानमा कुनै फरक छैन । यो नारा यत्तिकै भने लागेको थिएन । यसले पार्टीभित्र रहेको दुई गुटबीचको एकताको कुरा गरेको थियो ।

    संस्थापन र देउवा दुई प्यानलमा विभाजित भएर चुनावमा उत्रिएका कांग्रेस कार्यकर्ताका लागि सभापतिमा देउवा र महामन्त्री तथा कोषाध्यक्षमा ‘संस्थपान’का सशांक कोइराला र सितादेवी यादवको विजय दुई गुटबीच ‘एकता’को सन्देश थियो ।

    महामन्त्रीको मत गणना अन्तिमतिर जाँदै गर्दा जब सशांकले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीमाथि स्पष्ट अग्रता कायम गरे, तब कार्यकर्ताहरुले नाराबाजी थालेका थिए । ‘बीपी पुत्र सशांक दाई- हाई हाई’का नाराका बीच नै नारा फलाक्नेले ‘कांग्रेस-कांग्रेस एक हौं’को नारा लगाएका थिए । तर, यो एक हौंको नारा सुन्नका लागि सशांक भने केन्द्रीय कार्यालयमा उपस्थित थिएनन् ।

    चित्रलेखा यादवलाई ८ मतले पराजित गरेर बाहिर निस्किएपछि सितादेवी यादवले आफ्नो जितलाई ‘सहिदको सम्मान’ बताइन् । सिरहा जिल्ला विकासका उपसभापति रहेका बेला उनका पति चन्द्रनारायण यादवको माओवादीले हत्या गरेका थिए ।

    नेपाली कांग्रेेसको पहिलो महिला जिल्ला सभापतिका रुपमा काम गरेकी सितादेवीलाई सुरुमा कमजोर उम्मेदवार ठानिएको थियो । उपसभामुख र मन्त्री भइसकेकी बहालवाला कोषाध्यक्ष चित्रलेखाको व्यक्तित्व र चर्चा ठूलो थियो । तर, मतमा श्वेतवस्त्रधारीणी सितादेवी अग्ली भइन् ।

    अचम्भित चित्रलेखा, चिन्तित जगदीशनरसिंह
    मतगणना चलिरहेका बेला कार्यालयमा चित्रलेखा यादव र जगदीश्वरनरसिंह केसी कुरा गरिरहेका थिए । ८-१० मतले सितादेवीसँग तलमाथि चलिरहेका बेला उनी अचम्भित देखिन्थिन् । ‘यस्तो कम्पिटिसन होला भन्ने त मैले सोचेकै थिइनँ,’ उनले भनिन् । मत गणना भइरहेका दुई तलामा उनी तलमाथि गरिरहेकी थिइन् ।


    महामन्त्री उम्मेदवार अर्जुननसिंह केसीका भाई तथा कांग्रेस नेता जगदीशनरसिंह केसी भने उदास देखिन्थे । सुरुदेखि नै सशांकको अग्रता गतिलो भएको देखेर उनी भन्दै थिए- ‘भोट क्रस भयो, हाम्रो धेरै भोट क्रस भयो ।’

    उनले भनेजस्तो भोट क्रस भएको देखियो पनि । देउवा प्यानलबाट पदाधिकारीमा सबैभन्दा कम भोट अर्जुननसिंहले नै पाए । कोषाध्यक्ष उम्मेदवार चित्रलेखाले पाएको भन्दा उनले करीब २ सय मत अर्जुनले कम पाए । चित्रलेखाले १२०९ मत पाउँदा अर्जुनले १०१७ मात्र पाए । कोषाध्यक्षमा जम्मा ८ मतको फरक रहँदा महामन्त्रीमा भने ४ सय मतको फरक पर्‍यो ।

    सिटौला प्यानलको ‘ईज्जत’
    यो महाधिवेशनको तेस्रो प्यानल सिटौला प्यानलले पदाधिकारीमा भने सिटौलाले भन्दा बढी मत पाए । महामन्त्री उम्मेदवार गगन थापाले ५ सय ८४ मत पाए भने कोषाध्यक्ष उम्मेदवार उमाकान्त चौधरीले ४ सय ५७ मत ल्याए ।

    यो प्यानलको मतलाई ‘ईज्जत’सँग जोडिएको थियो । अघिल्लो महाधिवेशनमा सर्वाधीक लोकपि्रय मत पाएका गगनले यसपालि फड्को मारेर महामन्त्रीमा उम्मेदवारी दिँदा कति मत पाउँलान् भन्ने चासो धेरैलाई थियो । कतिले उनले सिटौलाकै हाराहारी मत ल्याउने अनुमान गरेका थिए भने कतिले उनले ८ सयको हाराहारी मत ल्याउने दावी गरेका थिए । दावी सिटौलाको पनि दोस्राे हुने थियो । तर, यो प्यानका कोही पनि मतमा दोस्रो भएनन् । र, यो प्यानल ‘तेस्रो प्यानल’ नै बनेर रह्यो ।

    अर्जुननरसिंह र गगन थापा ‘ज्वाईं-ससुरा’ को मत जोड्दा सशांकको भन्दा बढी हुन्छ । एकैजना मात्रै उम्मेदवार हुँदा हिसाब अर्कै हुन्थ्यो होला तर गगनले धेरै मत काटेकाले अर्जुननरसिंह हारेको विश्लेषण गर्ने ठाउँ चाहिँ रह्यो, जसरी सिटौलाको उम्मेदवारीले सभापतिमा रामचन्द्र पौडेललाई पराजित गर्न भूमिका खेल्यो ।

    गगनमाथि अर्को पनि एउटा आरोप थियो- सशांकको मत काटेर ससुरालाई जिताउन गगन उठेका हुन् । तर, परिणामले त्यो कुरालाई सही सावित गरेन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.