×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

रामचन्द्रको दशाः न प्रधानमन्त्री, न वनवास !, पौडेलको हारसँगै सिंह, महत र कोइरालाको कन्तबिजोग

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    नेपाली कांग्रेसमा वैचारिक एवं सादगी नेताको छवि बनाएका रामचन्द्र पौडेल शेरबहादुर देउवासँग पार्टी सभापतिमा भारी मतले पराजित भएका छन् । यो पराजयसँगै पौडेलको राजनीतिक भविश्य संकटमा परेको छ ।

    रामचन्द्र पौडेलको पराजयसँगै प्रकाशमान सिंह, डा. रामशरण महत र सुजाता कोइराला लगायतका नेताहरुको राजनीतिक ‘करिअर’मा पनि ग्रहण लाग्ने संकेत देखिएको छ ।

    रामचन्द्र पौडेलतिर लागेका डा. शशांक कोइराला महामन्त्रीमा चुनाव लडेका छन्, उनको राजनीतिक भविश्यको छिनोफानो सानेपामा हुने मतगणनाले लगाउनेछ । पौडेलको प्यानलमा रहेका केन्द्रीय सदस्यहरुको करिअर पनि त्यही सानेपामा रहेका मतपेटिकाले निर्धारण गर्नेछन् ।

    हुनत शेरबहादुर देउवाले सभापतिमा जित्नुअगावै भनिसकेका छन् कि मैले जितें भने कसैले पनि कांग्रेस छाड्नुपर्दैन, म सबैलाई साथैमा लिएर, कसैलाई भेदभाव नगरिकन अगाडि बढ्नेछु ।

    तर, देउवाले यसो भनिरहँदा उनले जीत हात पारेकै दिन उनी निकटका नेता वालकृष्ण खाँडले भनिसकेका छन् कि अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । यो अवस्थामा एउटा गम्भीर प्रश्न के आउँछ भने रामचन्द्र पौडेल, जसले प्रधानमन्त्रीका लागि १७ पटकसम्म असफल प्रयास गरेका थिए, अब उनको प्रधानमन्त्री बन्ने पालो कहिले आउला ?

    सम्भवतः अब देउवाको चार वर्षे कार्यकालमा रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन देउवालाई उनकै गुटका नेताहरुले दिने छैनन् । र, कांग्रेसमा देउवा गुट बलियोसँग हावी हुनेछ । देउवाले चाहँदैमा उनको कोटरीले कोइराला, पौडेल वा महतहरुलाई ठाउँ दिने अनुमान लगाउन सकिँदैन ।

    नेपाली कांग्रेसमा कोइराला समूहको बर्चश्व रहेका बेला घुमाई-घुमाई सत्ताको स्वाद चाख्दै आएका डा. रामशरण महतले पछिल्लो समययमा आफैं सभापतिमा उठ्छु भन्दै रामचन्द्र पौडेलसँग बार्गेनिङ गरेका थिए । तर, आफूलाई पार्टीभित्रको एकमात्र अर्थविद् ठान्दै आएका डा. महतको राजनीति अब धरापमा परेको छ ।

    अझै देउवा पक्षका नुवाकोटे नेता अर्जुननरसिंह केसीले महामन्त्री जिते भने रामशरण महतका लागि आगामी राजनीतिक यात्रामा थप दुरहपूर्ण हुन सक्छ ।

    देउवाको उदयसँगै रामशरण महत सरह अर्का दुखिया पात्र बन्न पुगेका छन् गणेशमानपसुत्र प्रकाशमान सिंह । देउवा क्याम्प छाडेर कोइराला क्याम्पतिर लागेर सुशील कोइरालाको साथ लिई सत्ताको राम्रो रसस्वादन गरेका सिंहले अन्तिम समयमा पनि देउवालाई सघाएनन् र रामचन्द्रसँगै पदको बार्गेनिङ गरिरहे । फलतः सिंहको राजनीतिक भविश्य पनि रामचन्द्रको पराजयसँगै संकटमा परेको छ ।

    त्यसैगरी सभापतिमा चुनाव लड्ने बताएर अन्तिममा रामचन्द्रसँग तीनबुँदे सहमति गरेकी सुजाता कोइरालाको पार्टी उपसभापति बन्ने सपनामा पनि देउवाको जितले गतिलो ठेस लगाइदिएको छ ।

    नेपाली कांग्रेसमा कोइराला खेमाबाट उदाएका प्रभावशाली नेता महेश आचार्य, देउवा समूहबाट पौडेल समूहतिर लागेका डा. मीनेन्द्र रिजाल लगायतका क्षमतावान नेताहरुलाई अब देउवाले कसरी साथमा लिएर हिँड्छन् भन्ने प्रश्न छ ।

    बरु रामचन्द्र पौडेलसँग जोरी खोजेर बेग्लै गुट खडा गरेका कष्ण सिटौलाले भने आफ्नो राजनीतिक भविश्य डा. रामशरण महत र प्रकाशमान सिंहले भन्दा बुद्धिमत्तापूर्ण ढंगबाट सुरक्षित गरेका छन् ।

    केन्द्रीय समितिमा कस्तो शक्ति सन्तुलन बन्ला ?

    नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसमितिमा पौडेल वा देउवासमूहमध्ये कसको उपस्थिति बलियो होला भन्ने विषयले अब रामचन्द्र पौडेल समूहको भविश्यलाई निर्धारण गर्नेछ ।

    सभापतिमा देउवाले जिते पनि महामन्त्री, कोषाध्यक्षमा रामचन्द्र वा सिटौला समूहका व्यक्तिहरुले जिते भने देउवा समूह सन्तुलित हुन बाध्य हुन्छ । यसमा केन्द्रीय सदस्यहरुको नतिजा कस्तो आउँछ भन्ने विषयले बढी महत्व राख्छ ।

    यदि महामन्त्रीलगायत र केन्द्रीय कार्यसमितिमा रामचन्द्रको बलियो उपस्थिति रह्यो भने उनको राजनीतिक भविश्य सकिएको ठहर गर्न मिल्दैन । त्यो अवस्थामा अर्को कार्यकालमा पौडेलले फेरि नेपाली कांग्रेसलाई आफ्नो पक्षमा पार्न सक्ने बलियो सम्भावना रहन्छ ।

    तर, त्यतिबेलासम्म पौडेलले प्रभावकारी भूमिका खेल्न सकेनन् भने कृष्ण सिटौला, गगन थापा वा अरु नै कोही देउवाको विकल्पका रुपमा अगाडि आउन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन ।

    महाधिवेशनमा रामचन्द्र पौडेलले जुन सम्मानजनक मत ल्याएका छन्, त्यसले देउवाका विपक्षीहरु कमजोर छैनन् भन्ने स्पष्ट पारेको छ ।

    र, अर्को पनि तथ्य के छ भने देउवा पक्षमा रहेका केही भ्रष्ट नेताहरुका कारण नेपाली कांग्रेस चाँडै नै बदनाम हुने र सत्ताको फोहोरी खेलमा लागेर कार्यकर्तामा वितृष्णा जगाउने भूमिका देउवा पक्षका नेताहरुले खेल्न सक्छन् । यो स्थितिको फाइदा उठाउँदै पौडेल समूहले फेरि आफूलाई पार्टीमा स्थापित गर्ने सम्भावना रहन्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.