×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कर्मचारीलाई मन्त्री शर्माको निर्देशन- चाकडी छाड्नुस्, जनताप्रति उत्तरदायी हुनुस्

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेखा शर्मा, सामान्य प्रशासन मन्त्री । फाइल तस्बिर

    • मन्त्रालयका सचिवलाई कम्तिमा तीन वर्षसम्म सरुवा नगर्न प्रस्ताव

    २५ फागुन, इलाम । सामान्य प्रशासन मन्त्री रेखा शर्माले मन्त्री वा सचिवप्रति भन्दा जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । कुनै एउटा मन्त्रालयको सचिवलाई कम्तिमा तीन वर्षसम्म सरुवा गर्न नपाइने प्रस्ताव मन्त्रिपरिषद बैठकमा आफूले राखेको उनले जानकारी पनि दिइन् ।

    जिल्ला विकास समिति इलाममा कर्मचारीहरुसँग मंगलबार गरिएको अन्तरक्रियामा मन्त्री शर्माले आफूभन्दा माथिल्लो पदको कर्मचारीको चाकडी गर्ने मानसिकता त्याग्न आग्रह गरिन् ।

    ‘सरुवा-बढुवाका लागि मन्त्री वा सचिवलाई रिझाउनुपर्छ भन्ने मानसिकता त्याग्नुस्,’ मन्त्री शर्माले भनिन्, ‘म पनि ऐन नियममा भएका त्यस्ता खालका बाध्यतात्मक व्यवस्था हटाउने प्रयासमा छु ।’

    कर्मचारीहरुले आफ्नो राजनीतिक आस्था अनुसारको मन्त्री भए राम्रोसँग काम गर्ने र मन्त्रीहरुले पनि आफ्नो दल निकटको कर्मचारीलाई अप्ठ्यारोमा पार्ने कामको आफू सधैं विरोधी भएको मन्त्री शर्माले स्पष्ट पारिन् ।

    ‘राजनीतिक दल हरेर काम गर्ने वातावरण हटाउनुपर्छ । हामी पनि त्यसका लागि तयार छौं,’ मन्त्री शर्माले भनिन्, ‘मन्त्री फेरिँदाबित्तिकै कर्मचारीहरुलाई पनि हेरफेर गर्नुपर्छ भन्ने कुराको म सधैं विपक्षमा छुँ ।’

    कुनै एउटा मन्त्रालयको सचिव वा कर्मचारीलाई कम्तिमा तीन वर्षसम्म लगातार काम गर्न दिनुपर्ने पक्षमा आफू रहेको उनले बताइन् । राजनीतिक र प्रशासनिक द्वन्द्व अन्त्य गर्ने तथा कर्मचारी प्रशासनलाई सिस्टममा चलाउने प्रयासमा आफू रहेको उनले जानकारी पनि गराइन् ।

    कर्मचारी भन्छन्ः हाम्रा छोरा-छोरीलाई सरकारी स्कुलमा पढाऔं

    अन्तरक्रियामा इलामका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु सहभागी थिए ।

    कार्यक्रममा इलामका प्रमुख जिल्ला जनकराज दाहालले निष्पक्ष भएर जनताको सेवा गर्न आफूहरु तयार रहेको बताए । उनले इलाम जिल्लाका कर्मचारीहरुलाई पनि निष्पक्ष र जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए ।

    स्थानिय विकास अधिकारी मदन कोइरालाले एउटा गाविस सचिवले दुई-तीन वटा गाविस हेर्नुपर्ने बाध्यता भएकाले कार्यसम्पादनमा अप्ठेरो भएको जानकारी गराउँदै गाविस सचिवको पर्याप्त दरबन्दीको व्यवस्था मिलाउन आग्रह गरे ।

    जिल्ला न्यायाधिवक्ता रिद्धिनाथ निरौलाले कर्मचारीको सेवा सुविधा बढाउन र सबै कर्मचारीहरुले आफ्ना छोरा-छोरीहरुलाई सरकारी स्कूलमा पढाउनुपर्ने बाध्यात्मक व्यवस्था मिलाउन सुझाव दिए ।

    जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राजकुमार पोख्रेलले इलाम जिल्ला अस्पताललाई विशेषज्ञ सहितको अस्पताल भनिए पनि विशेषज्ञको अभाव भएको जानकारी गराउँदै स्वास्थ्य संस्थामा छाता ऐनको अभाव भएकाले त्यसको व्यवस्था मिलाउन सुझाव दिए ।

    इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले कर्मचारीहरुको वृत्ति विकासमा जोड दिन आग्रह गरेका थिए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.