×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सरकार !!! च्युरा, चामल होइन घर चाहियो

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :सिरहाको धनगढीमाई नपा १३ भर्लेनीका अग्निपीडीत त्रिपालमुनि खाजा खाँदै ।
    रामबाबु यादब
    सिरहा: सप्तरी, ओखलढुंगा, मोरङ र सिरहामा भएका आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।
    सप्तरी फर्सेट ६ बस्ने रामसेवक खङको पूजाकोठाको दियोबाट आइतबार साँझ अचानक आगालागी हुँदा सोही स्थान बस्ने कुजिलाल खङ, सन्तोष खङ, राम खङ, रामसेवक खङलगायतको ४ वटा फुसको घर, बौवालाल यादव र श्रीलाल यादवको ग्वाली, घर र सम्पूर्ण धनमाल जलेर क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
    ओखलढुंगा सिसनेरी गाविस २ मा अचानक आगलागी हुँदा १२ लाख ६९ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय विष्णुमाया थापा मगरको फुसको छानो भएको २ तल्ले घर, अन्नपातर लत्ताकपडा गरी ५ लाख १९ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
    छिमेकी डम्बरबहादुर मगरको फुसको छानो भएको २ तल्ले घर, गाईगोठ, सुन, चाँदी, अन्नपात लत्ताकपडा जलेर नष्ट हुँदा अन्दाजी ७ लाख ५० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
    विराटनगरको ट्राफिक चोकस्थित सुनीलकुमार हलुवाईको चारतले पक्की घरको भुर्इं तलामा निशा कर्णले सञ्चालन गरेको बेकरीमा रहेको इन्भर्टर पड्किएर आगलागी हुँदा कम्प्युटर, केही बेकरी सामान तथा काठका झ्याल जलेर नष्ट भएको छ ।
    गत सता सिरहाको धनगढीमाई नपा १३ भर्लेनीमा आगलागी भएको थियो । आगलागीबाट २५ परिवारको ४२ घर टहरा जल्दा ५० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
    स्थानी मनिकलाल यादवको घरबाट सुरु भएको आगो केहीबेरमै पूरैगाउँमा फैलिएको स्थानीय मनिया यादवले बताए । यादवका अनुसार वर्तका लागि घरमा खिर पकाईरहेका बेला चुलोबाट आगो लागेको हो । बिहानैदेखि तेज हावा चलेका कारण गाउँभरि आगो फैलिएको यादवले बताए ।
    आगलागीबाट घरमा रहेको अन्नपालत, लत्ताकपडा पूर्ण रूपमा जलेको पीडितले बताएका छन् । आगो स्थानीय बासिन्दा, जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र लहान नगरपालिकाको बारुण यन्त्रले नियन्त्रण लिएको थियो ।
    उनका अनुसार २५ परिवारका ४२ घर जलेर नष्ट भएको छ । जसमध्ये १२ परिवारको बस्ने ठाउँसमेत नभएको प्रहरीले जनाएको छ । अग्निपीडितले अहिले आफूहरूलाई खाद्य सामग्री, पकाउने भाडा र लत्ताकपडाभन्दा बस्ने घरको आवश्यक रहेको बताए ।
    आगलागीपीडित भन्छन् ‘चर्को घाम, हावा हुरीले हाम्रो जीवन कष्टकर बनिरहेको छ, हामीलाई खाद्यान्न, भाँडा र लत्ताकपडा भन्दा बासको आवश्यकता छ । हामीलाई राहत दिन चाहने र सरकारसँग बासको तुरुन्त व्यवस्था मिलाउन अग्रह गर्छौं ।’
    गाउँ नै सखाप हुने गरी भएको ठूलो विपद्मा सरकारले केही सहयोग नगरेको अग्निपीडित गुनासो गरे । उनीहरू भन्छन्, ‘गाउँ नै सकियो, गाउँमा कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्था छैन, बाहिरबाट आएका केही सहयोगीले दिएको खाद्यान्न राहतबाट छाक टरिरहेको छ, सरकारका तर्फबाट हामीलाई केही सहयोग नै मिलेको छैन । हामीलाई सरकारले तुरुन्त बासका लागि मात्र भए पनि एउटा घर निर्माणको सामग्री उपलब्ध गराइदिनु पर्छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.