×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

को हुन् देउवा ?

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २४, २०७२- तीन पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा पार्टी नेतृत्वमा पहिलोपटक पुगेका छन् । कांग्रेसको संस्थापन समूहका नेता रामचन्द्र पौडेललाई हराउँदै देउवा नेतृत्वमा पुगेका छन् ।

    २००३ सालमा डडेलधुराको असिग्राममा जन्मेका देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय भए । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए ।

    ०४८ देखि नै उनी डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् ।
    प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहँदै आएका थिए ।

    राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा कोइरालासँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि पराजित भएका थिए ।

    कांग्रेस राजनीतिमा देउवालाई ‘भाग्यमानी व्यक्ति’का रूपमा लिइन्छ । कांग्रेस दोस्रा पुस्ताका नेता देउवा ०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीका लागि बाटो खुलेको थियो । अल्पमतको एमाले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेपछि देउवाको प्रधानमन्त्री बन्ने भाग्य खुलेको हो । देउवा ०५२, ०५८ र ०६१ मा गरी तीन पटक प्रधानमन्त्री बने ।

    ०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राजा ज्ञानन्द्रले देउवालाई ०६१ मा पुन: प्रधानमन्त्री बनाएका थिए । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुन: हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।

    पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनले यसअघि पटक–पटक हार बेहोरेका छन् । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजय भए । ०५७ पोखरामा भएको दसौं महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे ।

    सन्त नेता कृष्णप्रसाद भट्टराईको तय भइसकेको फ्रान्स भ्रमण जानसमेत नदिई प्रधानमन्त्रीबाट हटाइएपछि देउवा त्यसैको असन्तुष्टिमा कोइरालाविरुद्ध पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । ०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए ।

    तत्कालीन नेता सुशील कोइरालालाई पराजित गरी देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए । आफ्नो पक्षमा लाग्ने कार्यकर्ताको राम्ररी संरक्षण गर्ने र जे पनि निर्णय गर्न नहिच्किचाउने नेताको छवि देउवाको छ ।

    नेपाली राजनीतिका केही कालखण्डका चर्चित पात्र हुन् । पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालीन माओवादीविरुद्ध लगाएको संकटकालको अवधि थप्ने निर्णय गरेपछि २०५९ सालमा देउवा पार्टीको कारबाहीमा परेका थिए । त्यसपछि कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी गठन गरेका देउवाले २०६४ मा पार्टी एकता गरेका थिए । पार्टी एकतायता संस्थापन र देउवा पक्ष दुई समूहको सधैँ गुटबन्दी हुँदै आएको छ । आन्तरिक पदीय लेनदेनमा ६० र ४० प्रतिशतको भागबन्डा चल्ने गर्थ्यो । अब देउवा आफैँ पार्टीको संस्थापन पक्षका रूपमा उदाएका छन् ।

    चुनावअघि उनले आफूले जिते पार्टीभित्रको संस्थापन र अर्को पक्ष भन्ने कित्ताकाट समाप्त हुने भन्दै मतदातासमक्ष लबिङ समेत गरेका थिए । यस पटक जसरी पनि निर्वाचन जित्ने योजनाका साथ सुरुदेखि नै रणनीति बनाइरहेका देउवालाई संस्थापन पक्षबाट दुई उम्मेदवार खडा भएपछि अनुकूल स्थिति बनेको थियो ।

    पार्टीभित्र स–साना उपगुट बोकेर बस्ने खुमबहादुर खडका, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, पूर्वसभामुख तारानाथ रानाभाट लगायतका नेताहरूलाई समेत आफ्नो पक्षमा ल्याएपछि देउवालाई थप बल मिल्यो । संस्थापन पक्षमै रहेका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलमा ल्याएर महामन्त्रीमा अघि सार्ने निर्णय पनि देउवाका लागि सभापति जित्न अनुकूल बन्यो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.