×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कांग्रेस नेतृत्वमा मधेसको प्रतिनिधित्व वीपीकाल जस्तै

  •  
  • बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफूसँगैका वा जुनियरहरु मधेसवादी दलका अध्यक्ष वा केन्द्रीय पदाधिकारी साथै मन्त्री भइरहँदा कांग्रेसमा टिकेका मधेसी नेताहरू अगाडि बढ्ने मौकाबट बञ्चित छन् ।

    फाल्गुन २०, २०७२- कांग्रेसका संस्थापक नेता वीपी कोइराला कालमा पार्टीको नेतृत्व पंक्तिमा तराई-मधेसका मधेसी, थारुको जस्तो प्रतिनिधित्व थियो, पार्टीले ७ दशकपछि १३ औं महाधिवेशन गरिरहँदा पनि प्रतिनिधित्व उस्तै छ । पछिल्लो दश वर्षमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल चर्को गरि उठिरहेका बेला मुलुककै जेठो राजनीतिक दल कांग्रेसभित्र पनि त्यो स्वर नउठेको होइन । तर, पार्टीको आन्तरिक जीवन जति समावेशी हुनुपर्ने हो, त्यति हुन सकेको देखिन्न ।

    अझै कांग्रेस र मधेसको सम्बन्धलाई सधैं फरक र उच्च दृष्टिकोणले व्याख्या गर्ने गरिएपनि पार्टीको नेतृत्व पंक्तिमा मधेसको उपस्थिति सधैं न्यून नै छ । राणा शासन, निरकुंश राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापनासम्मको संघर्षको अगुवाई गरेको कांग्रेस मार्फत मधेसी जनताले पनि राष्ट्रका लागि योगदान गरेको जनकपुरका प्राध्यापक डा.सुरेन्द्र लाभ भन्छन् । ‘कांग्रेस र मधेसको सम्बन्ध पूरानो छ, त्यसमा कुनै शंका छैन । तर, लगानी अनुसारको प्रतिफल मधेसले पार्टीबाट पाउन सकेको छैन’, लाभ भन्छन् ।

    वि.स. २००३ मा कलकत्तामा पहिलो अधिवेशन गरी स्थापना भएको कांग्रेसमा सुरुवाती कालदेखिनै मधेसी नेताहरुको संलग्नता र सक्रियता थियो । वि.स.२००९ मा जनकपुरमा भएको पाँचौ महाधिवेशनपछि मात्र वीपी कोइरालाको नेतृत्वमा गठित १६ सदस्यीय कांग्रेस कार्यसमितिमा रामनारायण मिश्र, राधाकृष्ण थारु र परशुनारायण चौधरीको पहिलोपटक प्रवेश भएको देखिन्छ ।

    १२ औं महाधिवेशनपछिको ८५ सदस्यीय कार्यसमितिमा १३ जना मधेसी, थारु र मुस्लिम छन् ।  प्रतिशतमा हेर्ने हो भने वीपीकालभन्दा पनि कार्यसमितिमा मधेसीको कम प्रतिनिधित्व छ, पार्टीका एक मधेसी नेताले बताए । नेतृत्वले मधेसीलाई अवसर नदिनु र विश्वास नगर्नुको परिणामका रूपमा अथ्र्याउँछन् उनले । मधेसबाट मतदाता र कार्यकर्ता बढेपनि पार्टीले नेता बढाउन नसकेको उनले गुनासो पोखे ।

    कांग्रेसले मधेसीलाई मौका नदिएको कुरालाई नेता आनन्द ढुंगाना अस्विकार गर्छन ।  २००७ सालमा राणा, राजा र कांग्रेस सहितको मोहनशमशेरको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पार्टीले भद्रकाली मिश्रलाई यातायात मन्त्री बनाउनुदेखि गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा मधेसकै रामवरण यादवलाई चुन्नुले मधेसीलाई पार्टीले विश्वास गर्दैन भन्ने कुराको खण्डन हो ढुंगाना भन्छन् ।

    पार्टीको स्थापनाको सुरुवाती कालमा महेन्द्रनारायण निधि, परशुनारायण चौधरी, रामनारायण मिश्र, भद्रकाली मिश्र, देवनाथ यादव, सुर्यनाथ यादव, बेनीमाधव सिंह लगायतका नेताहरुको योगदानलाई सम्झन्छन ढुंगाना । कांग्रेसको अभियानमा लागेर जनकपुरमा राजा महेन्द्रमाथि बम हानेर दुर्गानन्द झा पार्टीका लागि फाँसीमै चढेका छन् ।

    ‘कांग्रेसको संगठनको मूल आधार क्षेत्र नै मधेस हो,’ ढुंगानले भने ‘पार्टी जब जब मधेसमा बलियो हुन्छ सत्ता पाउँछ । मधेसमा कमजोर भएका बेला पार्टी हार्छ । पार्टीमा मधेसको ठूलो लगानी छ ।’
    डा. लाभ कांग्रेसले मधेसलाई बुझ्न नखोज्दा नै पार्टी भित्र असन्तुष्टिको स्वर उठेर सुरुमा तराई कांग्रेस, नेपाल सदभावना पार्टीदेखि अहिलेका कतिपय मधेसी दलको जन्म भएको बताउँछन् । ‘कांग्रेसले आफूलाई समावेशी देखाउन एकाध व्यक्तिलाई चुनेर राख्नु बाहेक वास्तविक समावेशी चरित्र कहिल्यै स्विकार्न सकेन,’ लाभले भने ‘पार्टीको आन्तिरिक जीवन र सत्तामा सहभागिताका बखतपनि त्यस्तै देखियो ।’

    मधेसमा कांग्रेस कमजोर देखिनु वा पार्टीप्रति मधेसमा असन्तुष्टि बढ्नुमा पार्टीका पूराना नेता रामहरि जोशी नेतृत्व पंक्तिको अदुरदर्शिता र संकिर्ण सोंचाइलाई दोष दिन्छन् । ‘वीपीले तराईलाई ठूलो शक्ति देखेको र बुझेका थिए । उनको दुरदर्शी हेराई थियो,’ जोशी भन्छन ‘वीपीले भन्थे मधेसीमा देखिने राष्ट्रियता बहुतै कममा देख्छु ।’ वीपी पछाडिका नेताहरुमा दुरदर्शीताको अभाव रहेको भन्दै जोशी अहिले पहिलो पुस्ताका नेताहरुको निधनपछि पार्टीमा मधेस र मधेसीलाई बुझ्ने समस्या झन थपिएको बताए ।

    कांग्रेसको राजनीतिलाई मधेससँग जोडेर हेर्दा शेख इदि्रस, महन्थ ठाकुर, विजय गच्छदार, रामवरण यादव र जयप्रकाश गुप्ता सम्मको नाम आउँछ । इदि्रसको निधन, ठाकुर, गच्छदार र गुप्ताको पार्टीबाट बर्हिगमन र राष्ट्रपति भएपछि सक्रिय राजनीतिक जीवनबाट यादवको अवकाशले पनि पार्टीमा मधेसी नेतृत्वको अभाव देखिएको हो । ‘०४६ साल पछाडि राष्ट्रिय जीवनमा चिनिन सफल मधेसी नेताहरु आज हामीसँग हुनुहुन्न,’ ढुंगाना भन्छन् ‘ठाकुर अहिले पार्टीमा रहिरहेका भए सभापतिको दावेदार हुन्थे ।’ ठाकुर पार्टीको दशौं महाधिवेशनपछि नै पार्टीको कोषाध्यक्ष थिए ।

    मधेस आन्दोलनका समयमा कांग्रेस वा अन्य राष्ट्रिय पार्टीमा आवद्ध जिल्ला नेताहरुले पार्टी समावेशी चरित्रको नभएको भन्दै बिरोधीबाट चर्को आरोपको सामना खेप्नु परेको हुन्छ । पछिल्लो मधेस आन्दोलनमा तराईका जिल्ला नेता र कार्यकर्ताको भावना बुझेर फर्किएका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माको टोलीले शीर्ष नेतृत्वलाई बुझाएको ज्ञापनमा पार्टीको संरचनालाई समानुपातिक समावशी चरित्रमा ढाल्नुपर्ने सुझाव नै दिएका छन् ।

    आफूसँगैका वा जुनियरहरु मधेसवादी दलका अध्यक्ष वा केन्द्रीय पदाधिकारी साथै मन्त्री भइरहँदा कांग्रेसमा टिकेका मधेसी नेताहरू अगाडि बढ्ने मौकाबट बञ्चित छन् । ‘पार्टीको नेतृत्वमा जति संख्यामा मधेसीको प्रतिनिधित्व बढ्नुपर्ने हो, त्यो अनुपातमा नभएकै हो,’ ढुंगाना भन्छन ‘पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले पनि पार्टीमा लगानी भएकाहरुले पनि स्थान पाएका छैनन् ।’

    ०५६ सालमा सांसद निर्वाचित र ०५८ को शेरबहादुर देउवा सरकारमा कानुन सहायक मन्त्री रहिसकेका नागेन्द्रकुमार राय यसपटक पार्टीमा सर्लाहीको सभापति निर्वाचित भएका छन् । ‘लोभ लालचमा परेको भए मपनि कुनै मधेसवादी दलको ठूलो नेता भइसक्थे,’ राय भन्छन ‘म भन्दा जुनियर मानिस मधेसवादी पार्टी मार्फत ठूलो पदमा पुगेका बेला म बल्ल जिल्ला सभापति भएको छु । तर, हरेस खाएको छैन । कुनै खिन्नता छैन ।’ पार्टीमा धैर्यता, लगनशिलता र विश्वसनियता चहिने भन्दै उनले नेताले नगरेपनि समय आएपछि कार्यकर्ताबाटै आफू जस्ताको मूल्यांकन हुने विश्वास व्यक्त गर्छन ।

    पार्टीले मधेसलाई हेर्ने दृष्टिकोण फराकिलो नबनाउँदा आफूहरुले उठाउनपर्ने मुद्दा मधेसी दलले लगेको भन्दै महाधिवेशनमा पार्टीको आन्तरिक र राष्ट्रिय जीवन समावेशी चरित्रको हुनुपर्ने, मधेसका सवालहरुमा पार्टीले ठोस धारणा बनाउनुपर्ने लगायतका सवालहरु मधेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले बलियो गरी उठाउने तयारी गरेका छन् ।

    ‘०६३ को मधेस आन्दोलनपछि पार्टीमा मधेसका ठूला नेताहरुको बहिर्गमनको पहिरो नै गयो,’ मधेसका एक नेताले भने ‘अब पनि नेतृत्व पंक्तिको सोंचमा सुधार नआए  कार्यकर्तास्तरमा पहिरो जाने ठूलो खतरा र सम्भावना छ ।’
    मधेसबाट पार्टीमा रहेका प्रभावशाली नेता बिमलेन्द्र निधि कांग्रेस जेल जाने र आन्दोलन गर्नेहरुको ठूलो संख्या र सबै उमेर समूहका नेताहरू रहेको पार्टी भएकाले पनि एकैचोटी मधेसी, दलित वा जनजातिका नाममा टिपेर नेतृत्वमा ल्याउन नसकिने बताउँछन् । पार्टीले विगतमै कणर्ाली, दलित, महिला, जनजाति र मधेसी-कदमजम) को सिद्धान्त लागू गरेको भन्दै समावेशी हुन नसकेको आरोपलाई अस्विकार गर्छन ।

    ‘जति मधेसी जनता नेपाली कांग्रेसमा सहभागी हुन्छन् त्यसै अनुसार प्रतिनिधित्व बढै जाने कुरा हो ।  त्यसभन्दा अर्को उयाय छैन,’ निधिले भने ‘मधेसी, दलित, जनजाति छु त्यसकारणले मात्र पार्टीको उच्च तहमा स्थान देउ भन्न मिल्दैन । आरक्षणको जहाँ प्रबन्ध हुनुपर्ने हो त्यहाँ त्यसको व्यवस्थापन गरिएको छ । तर, राष्ट्रिय राजनीतिको शीर्ष तहमा आउनका लागि त्यही रुपको लगानी चाहिन्छ ।’

    ५० को दशक अगाडि पार्टीको महामन्त्रीमा महेन्द्रनारायण निधि र परशुनारायण चौधरी भएका छन् भने ५० पछाडि पार्टीको नेतृत्व पंक्तिमा महन्थ ठाकुर कोषाध्यक्ष, त्यसपछि रामवरण र बिमलेन्द्र केही समय महामन्त्री समेत भएका छन् । अहिले चित्रलेखा यादव कोषाध्यक्ष छिन् ।
    ‘वीपी कोइरालाले मलाई नेविसंघको सभापति बनाउनु भयो । त्यो एक चरणको सहयोग र अवसरले आज म मधेसको भएरपनि राष्ट्रिय राजनीतिमा आएको छु,’ निधि भन्छन् ‘नेताहरुले मधेसी युवालाई त्यस्तो अवसर दिनुपर्दछ । तर, त्यो एकहोरो हुन्न । अवसर पाएकाले पनि त्यसलाई सदुपयोग गर्न सक्नुपर्दछ ।’

    ‘कांग्रेसमा मधेसीको ठूलो लगानी भएरपनि अहिले टाढा टाढासम्म पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा कोही मधेसी नेतृत्वलाई अगाडि ल्याइएको छैन,’ प्राध्यापक लाभ भन्छन ‘पार्टीभित्र पनि नेताहरुले आवाज उठाउनुपर्छ ।’ महाधिवेशनको पूर्व सन्ध्यमा डा.लाभ कांग्रेसलाई समानुपातिक समावशी चरित्रलाई वैधानिक र व्यावहारिक रुपमा अंगालेर उदाहरण पेस गर्न सुझाव दिन्छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.