×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विद्युत् अभावपछि निजी अस्पताल प्रभावित

  •  
  • आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन, फागुन ९। नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारका संवेदनशील निकायमा मात्र विद्युत्भार कटौती नहुने फिडरबाट विद्युत् प्रवाह गर्ने भएपछि निजी मेडिकल कलेज, अस्पताल र नर्सिङ होम प्रभावित हुने भएका छन् ।

    प्राधिकरणले यही फागुन ११ गतेदेखि निजी क्षेत्रले प्रयोग गरेका विद्युत्भर कटौती नहुने फिडर हटाउनका लागि वितरण केन्द्रलाई पत्राचार गरिसकेको छ । चितवनको भरतपुरमा मात्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बर्सेनि सब स्टेसनबाट जोडिएको ११ हजार भोल्टको केवलबाट सरकारी बाहेक यहाँका दुई चिकित्सा कलेज र १० निजी अस्पतालले विद्युत् प्रयोग गरेका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख तारा शर्माका अनुसार माथिल्लो निर्देशन बमोजिम मङ्गलबारदेखि ती निकायलाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिइने छ ।

    यसबाट एक हजार दुई सय केभिए विद्युत् बचत हुने भरतपुर वितरण केन्द्रले जनाएको छ । यता निजी चिकित्सा कलेज र अस्पतालले भने विद्युत्भार कटौती नहुने फिडर नपाए सेवा प्रभावित हुने बताएका छन् ।

    दुई चिकित्सा कलेजका ७५० श्यया र तिनका उपकरण नियमित सञ्चालन गर्न जेनेरेटर चलाउनका लागि मात्र प्रतिघन्टा १०० लि डिजल खर्च हुने जनाइएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरीशचन्द्र न्यौपानेले दिनहुँ सरदर ५४ शल्यक्रिया र एक सय ७१ श्याको सघन उपचार कक्ष सञ्चालन गर्दै गर्दा विद्युत् आपूर्ति अवरोध हुँदा सेवा प्रभावित हुने बताउनुभयो ।

    विद्युुत्भार कटौती फिडरबाट आउने विद्युत् समय समयमा बन्द भइरहने र जेनेरेटर सञ्चालन गर्न केही समय लिने हुँदा जारी शल्यक्रिया प्रभावित हुने र बिरामीको ज्यान जाने जोखिम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मुटु ब्लक भएका बिरामीलाई एन्जियोग्राफी गर्दा विद्युत् काटियो भने बचाउन सकिँदैन, भेन्टिलेटर र बालसघन उपचार कक्ष पनि प्रभावित हुने छन् ।”

    कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा नटराज प्रसादले मानवीय समवेदनासँग जोडिएकाले अस्पताललाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिँदा जनतालाई सेवा दिन कठिन हुने बताउँदै देशमा नै अत्याधुनिक प्रविधिबाट टाउको र मुटु जस्ता अङ्गको शल्यक्रिया यहाँ हुने हुँदा विद्युत्कै कारण सेवा प्रभावित हुन्छ भन्नुभयो ।

    “सहज तवरले इन्धन नपाइरहेको समयमा दोब्बर रकम तिर्दा समेत बिजुली नदिइँदा निजी क्षेत्र पूर्ण रुपमा प्रभावित हुन्छ, छोटो समयको सूचनामा यी सबै कुराको व्यवस्थापन गर्न अस्पताल सक्षम हुँदैन” उहाँले भन्नुभयो ।

    यहाँका एक ठूला सहित १० निजी अस्पतालले समेत सेवालाई निरन्तरता दिन कठिन र महंँगो हुने जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले प्रतिघन्टा ५० लि र अन्य अस्पतालले १० लि हाराहारीमा इन्धन खर्च हुने बताएका छन् ।

    चितवनमा विद्युत्भार कटौती नहुने फिडरबाट भरतपुर अस्पताल, क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, खानेपानी, दूरसञ्चार र नागरिक उड्डयन प्राधिकरणले पनि विद्युत् उपभोग गरिरहेका छन् । ती सरकारी र सामुदायिक क्षेत्रले भने विद्युत् पूर्ववत् अवस्थामा नै उपभोग गर्न पाउने वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.