×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

  •  
  • आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन ९ गते। चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस ९इ–बस० ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ ।

    काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । “केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भन्नुभयो ।

    काफ्लेका अनुसार अध्ययनपछि मात्र सिआरआरसीटीले इ–बस उपलब्ध गराउन लागेको हो । सुरुमा ३० वटा बस ल्याउन लागिएको छ । ल्याउने बसमध्ये २० वटा महानगरले किन्ने छ भने १० वटा चीन सरकारले अनुदानमा दिने छ । इ–बस ल्याउनका लागि महानगरको प्राविधिकसहितको टोलिले चीन भ्रमणसमेत गरिसकेको छ ।

    उक्त टोलिले नेपाली सडक सुहाउँदो अपाङ्गमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न शिव अधिकारीले जानकारी दिनुभयो । सो विद्युतीय बस एक पटक चार्ज गरेपछि दुई सय किलोमिटरसम्म चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घण्टा लाग्ने बताइएको छ । एउटा चार्जिङ पम्पबाट दुईवटा बस चार्ज गर्न मिल्छ । चौध इन्चको ग्राउण्ड क्लियरेन्सको माध्यमबाट अपाङ्गले ह्विल चियरबाट बसमा चढ्न सक्छन् । बसभित्र ह्विलचियर अट्ने छुट्टै ठाउँको व्यवस्था गरिने छ ।

    बसका केही सिट अपाङ्गमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारीले बताउनुभयो । चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेकोमा महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनको लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

    शारीरिकरुपमा असक्षम व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताको लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको बस माग गरेको छ । महानगरले माग गरेको विद्युतीय बस कम्तिमा ११ मिटर लामो हुने बताइएको छ । विद्युतीय बसको मूल्य करिब रु एक करोड हुने छ ।

    महानगरपालिकाका अनुसार ती अत्याधुनिक एवम् ठूला इलेक्ट्रिक बस पहिलो चरणमा साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा काठमाडौँ उपत्यकामा प्रयोग हुनेछन् । समय समयमा हुने गरेको इन्धन अभावले गर्दा यसकिसिमको बस ल्याउन लागेको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.