×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘विदेशमा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भए स्वास्थ्य संस्थालाई कारबाही’

  •  
  • आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन ९ गते। स्वदेशमा लापरबाही वा बदनियतपूर्वक स्वास्थ्य परीक्षण गरेका कारण विदेशमा कामदार स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएमा सम्बन्धित स्वास्थ्य संस्थालाई कारबाही गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।

    समितिको आजको बैठकमा सांसदले स्वदेशमा स्वास्थ्य परीक्षणमा उत्तीणर् भएर विदेश गएका कामदार त्यहाँ अनुत्तीर्ण भए कामदारले क्षतिपूर्ति दिए पनि त्यस्तो कार्यगर्ने स्वास्थ्य संस्थालाई कारबाही नुहँदा विकृति देखापरेको बताएका थिए ।

    बैठकले वैदेशिक रोजगार ऐन ६४ को दफा ७२ र वैदेशिक रोजगार नियमावली ६४ को नियम ४६ बमोजिम गठित स्वास्थ्य परीक्षण सम्बन्धी विशेषज्ञ समितिलाई क्रियाशील गराई त्यसको सिफारिसको आधारमा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्केका कामदारलाई बिना झन्झट क्षतिपूर्ति दिलाउने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

    बैठकले मलेसिया जाने कामदारका लागि गत असार २३ गतेदेखि छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली कार्यान्वयन सम्बन्धमा मन्त्रालयले तयार गरेको ६ वटा सर्त र समितिले थपेको दुईवटा सर्तसहित बायोमेट्रिक प्रणाली अनुसार कामदारको स्वास्थ्य परीक्षणको प्रगति विवरण १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

    बैठकमा बायोमेट्रिक प्रणालीको सम्बन्धमा समितिले यसअघि दिएको समय सकिएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने माग सांसदहरुले राखेका थिए । वैदेशिक रोजगारमा जाने स्वास्थ्य संस्थाको अनुगमन र नवीकरण सम्बन्धमा मन्त्रालयको स्पष्ट अवधारणा र ठोस मापदण्डसहितको कार्यविधि १५ दिनभित्र समिति समक्ष पेस गर्न बैठकले निर्देशन दिएको छ ।
    बैठकले ‘चेम्बर अफ कर्मश वा नोटरी पब्लिक’बाट कामदारको मागपत्र प्रमाणित गरिँदा व्यापक अनियमितता हुनुको साथै मागपत्र प्रभावित गर्ने संस्थालाई जवाफदेही बनाउन कठिनाई परेकोले कामदारको मागपत्र प्रमाणित गर्ने स्पष्ट मापदण्ड र कार्यविधि निर्माण नभएसम्म नेपाली राजदूतावास र नियोग रहेका मुलुकमा नेपाली कामदारको मागपत्र सम्बन्धित राजदूतावास वा नियोगबाट मात्र मागपत्र प्रमाणित गर्ने व्यवस्था गर्न निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिनुभयो ।

    बैठकले वैदेशिक रोजगारीका लागि इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा दुईवटा स्वास्थ्य संस्थालाई मात्र दिएको सम्बन्धमा सात दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिएको छ । समितिमा श्रम तथा रोजगार मन्त्री दीपक बोहराले वैदेशिक रोजगारमा पठाउने २०१ स्वास्थ्य संस्थाको नवीकरण गरिएको तर आवश्यक कागजात नबुझाउने ८३ संस्थाको नवीकरण रोकिएको जानकारी दिनुभयो ।

    मलेसियाले कामदार लिन रोकेको बारे बुझ्दै छौं –मन्त्री बोहरा

    समितिमा मन्त्री बोहराले मलेसिया सरकारले विदेशी कामदार लिन रोक्ने भनि आएका समाचारबारे सरकारले सोधखोज गरिरहेको जानकारी दिनुभयो ।
    उहाँले त्यसबारे मलेसियास्थित नेपाली राजदूतलाई बुझ्न आफूले निर्देशन दिएको बैठकमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो–‘‘ हिजोसम्म मलेसियामा बिदा थियो त्यसैले सो निर्णयबारे औपचारिक रुपमा बुझ्न सकिएको छैन, आज राजदूतले सोधखोज गर्नुहुन्छ ।”

    श्रम स्वीकृति लिएर मलेसिया गएकालाई आजसम्म कतै रोकतोक नगरिएको उहाँले जानकारी दिनुभयो । मलेसियाले नेपालसहित रोजगारीका लागि जाने १६ देशका कामदार नलिने भनि त्यहाँ गृहमन्त्रीले केही दिनअघि सावजनिक अभिव्यक्ति दिएपछि नेपालीको प्रमुख गन्तव्य रहेको मलेसियाको रोजगारीबारे अन्यौँेलता छाएको छ ।
    समितिको आजको बैठकमा आमन्त्रित माननीय श्रम तथा रोजगार मन्त्री र वैदेशिक रोजगार विभागका महानिर्देशकले व्यक्तिगत भिसाको श्रम स्वीकृति सम्बन्धमा, डिमाण्ड लेटर स्वीकृति सम्बन्धमा, स्वास्थ्य परीक्षणमा फेल भएर फर्किएका कामदारको सम्बन्धमा र स्वास्थ्य परीक्षण गर्ने संस्थाको नवीकरण र अनुगमन सम्बन्धमा जानकारी गराउनुभयो । माननीय सदस्यले सो विषयमा विभिन्न जिज्ञासा राख्नुभयो । माननीयहरुको जिज्ञासाबारे आमन्त्रित पदाधिकारीहरुले प्रष्ट पार्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.