×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पत्रकारलाई प्रधानमन्त्री ओलीका ८ जवाफ

  •  
  • शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फागुन ७ गते, प्रजातन्त्र दिवसका दिन भारत भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरे । वाक्पटुता र किस्साबाट आफ्ना कुरा भन्ने बानीका कारण ओलीको चर्चा बेला बेला भइरहन्छ । शुक्रबारको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका ८ प्रश्नका ओलीले आफ्नै शैलीमा यसरी जवाफ दिए :

    प्रश्न नंम्बर १
    एजेन्डा बिनाको भ्रमणको उपलब्धि के होला ?

    ओलीको जवाफ : एजेन्डा विनाको भ्रमणमा सबभन्दा बढी एजेन्डा हुन्छन् । छिमेकीको समस्या छिमेकीले नै बुझ्ने हो । साथीसँग सँगै सुतेपछि उसले खुट्टा बोकाउन सक्छ । किन खुट्टा बोकाएको भनेपछि, उसले निदाएको बेलामा परेछ भन्यो भने किन निदाएको भनेर प्रश्न गर्न मिल्छ ?

    प्रश्न नम्बर २
    तपाईंले भारत र चीनलाई सन्तुलन गर्न कस्तो कार्ड प्रयोग गर्नु हुन्छ ?

    ओलीको जवाफ : म जुवा वा तास खेल्दिनँ, कार्ड प्रयोगको त कुरै आउँदैन । हामी कुनै (छिमेकी) को पक्ष वा विपक्षमा छैनौं । दुवै छिमेकीसँग सम्बन्ध राख्न र बढाउन चाहन्छौं । यो सरकार कुटनीति होइन, इमानदारितामा विश्वास गर्छ, मित्रतामा विश्वास गर्छ ।

    प्रश्न नम्बर ३
    भारतको अघोषित नाकाबन्दी खुलेपछि पनि अझै इन्धन सहज भएन नि किन हो ?

    ओलीको जवाफ : मानौं काँडा बिझ्यो । काँडा निकालेपछि पनि केही समयसम्म त दुख्छ नि । एकैपटक सञ्चो हुन्छ ? यो पनि त्यस्तै हो । ग्यास तेलको अभाव पनि त्यस्तै हो । तेल आउनेमा म विश्वस्त छु । ग्यास पनि आउँछ ।

    प्रश्न नम्बर ४
    मन्त्रीपरिषद्को बिहीबारको बैंठकले उर्जा संकट घोषणा गर्नुको कारण के हो ?

    ओलीको जवाफ : नेपालमा विद्युत उत्पादन गर्न थालेको १०५ वर्ष भयो । अहिले २ सय २८ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ । १०५ वर्षमा २२८ मेगावाट विद्युतमात्र उत्पादन भएको छ भन्दा अरुले के भन्लान् ? अरुले सुने भने लाज हुन्छ । अरुले नसुन्ने गरि भन्नु पर्‍यो ।

    प्रश्न नम्बर ५
    भारतले नेपालको संविधान संसोधनको स्वागतमा प्रयोग गरेको भाषा कस्तो हो ?

    ओलीको जवाफ : हामीले संविधान संसोधन गरेपछि भारतीय पक्षबाट स्वागत भएको छ । भाषामा जे भने पनि त्यो स्वागत हो । तपाई शब्दमा नजानुहोस् । मान्छेले श्रीमतीलाई जे पनि भनेर बोलाउन सक्छ, भाषा मात्र फरक हो । परिवार, जहान वा अरु जे भने पनि त्यही हो । श्रीमान्लाई पनि घरका, परिवार, बाहुन पनि भनेर बोलाउन सक्छन् । जे भने पनि कुरा त्यही हो ।

    प्रश्न नम्बर ६
    हरेकपटक प्रधानमन्त्री भारत जान्छन् र आउँछन् । तपाईंको भ्रमणपछि के फरक होला ?

    ओलीको जवाफ : भ्रमणपछि म नेपाल फर्किन्छु, भारत भारतमै रहन्छ ।
    प्रश्न नम्बर ७
    नेपाल–भारतबीच बढेको असमझदारी कसरी कम हुन्छ ?

    ओलीको जवाफ : खोलामा हिउँदमा सङ्लो पानी बग्छ, वर्षामा बाढी आउँछ । बाढी आउँदा खोला धमिलो हुन्छ ।
    प्रश्न नम्बर ८
    लगानीकर्तालाई नेपालमा लगानी गर्न कसरी प्रेरित गर्न सकिन्छ ?

    ओलीको जवाफ : लगानी कर्तालाई समस्या छ । घरि कुन मन्त्रालय, घरि कता जाउ भन्छन । यो त लगानी गर्न आयो, बच्चालाई बाटो पत्ता लगाऊ भनेर दिए जस्तै भयो । उसलाई लगानी गर्न गाह्रो हुन्छ । त्यसैले लगानी गर्ने उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न नेपालमा सजिलो, लाभदायक र सुरक्षित छ भन्ने सन्देश दिनु पर्छ । म भारतमा यही सन्देश दिन्छु, त्यहाँका उद्योगी, व्यवसायीहरुलाई । ऐन, कानुन अनुसार लगानी गर्न दिनु पर्छ र उनीहरुको सुरक्षा सरकारले गरिदिनु पर्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.