×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रधानमन्त्री ओलीले दिल्लीमै ‘प्रजातन्त्र दिवस’ मनाउने !

  •  
  • सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फागुन ७ मा भारत भ्रमणः फेरि छुट्यो चीन

    Kp Oli

    चिरञ्जीवी पौडेल/विश्लेषण

    ३ फागुन, काठमाडौं । अघिल्ला प्रधानमन्त्री सुशील कोइराला (स्व.) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरबाटै जन्मदिनको शुभकामना दिएका थिए । हालका प्रधानमन्त्री केपी ओलीलाई भने मोदीले भेटेरै शुभकामना दिने अवसर पाएका छन् ।

    आफ्नो जन्मदिन ११ फागुनमा प्रधानमन्त्री ओली मोदीकै देशमा घुमघाम गरिरहेका हुनेछन् । यद्यपि, यो ठूलो प्रसंगचाँहि होइन । ठूलो प्रसंग हो, प्रधानमन्त्री ओली भारत प्रस्थान गर्ने तिथि । फागुन ७ गते अर्थात् नेपालको प्रजातन्त्र दिवसका दिन प्रधानमन्त्री ओली भारत जाँदैछन् । २००७ सालमा तत्कालीन राजा त्रिभुवन राणाशासनविरुद्ध ‘विद्रोह’ गर्दै राजपाठ त्यागेर भारतीय दूतावासमा शरण लिन पुगेका थिए । त्यहाँबाट भारत लगिएका उनी भारतमै जवाहरलाल नेहरुको मध्यस्थतामा सम्पन्न त्रिपक्षीय सम्झौतापछि ६ फागुनमा नेपाल फर्किए । त्यसको भोलिपल्ट अर्थात फागुन ७ गते उनले नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाको घोषणा गरेका थिए ।

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार नेपालमा प्रजातन्त्र दिवसको कार्यक्रम भ्याएर बेलुका दिल्लीस्थित दुतावासमा पनि दिवस मनाइनेछ

    नेपालमा अहिले कुनै ‘राष्ट्रिय दिवस’ छैन । तर, फागुन ७ गतेलाई राष्ट्रिय दिवसको हैसियतमै लिने गरिन्छ । प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम हतार-हतार उदघाटन गरेर प्रधानमन्त्री ओली आफ्नो क्याविनेटका केही मन्त्रीहरुसहितको टीमको नेतृत्व गर्दै उसैदिन भारततिर उड्ने कार्यक्रम छ ।

    आफ्नो देशको महत्वपूर्ण दिनमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्कनु कति शोभनीय होला ? फागुन ७ को ठाउँमा ८ गते दिल्ली गएको भए के बिग्रन्थ्यो ?’ यी दुवै प्रश्न राखियो प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई । स्वभाविकरुपमा, उनीसँग जवाफको कमी छैन ।

    ‘यो ठूलो इस्यू होइन, नेपालको प्रजातन्त्र दिवस भारतमा पनि मनाउने हिसाबले मिति तय गरिएको हो,’ रिमालले भने, ‘नेपालमा प्रजातन्त्र दिवसको कार्यक्रम भ्याएर प्रधानमन्त्री भारत प्रस्थान गर्नुहुनेछ । दिल्लीस्थित दुतावासमा पनि सोही दिन बेलुकी प्रजातन्त्र दिवस मनाइनेछ ।’

    यद्यपि, प्रधानमन्त्री ओलीले ७ फागुनमा भारत जान चाहेका थिएनन् । भारतले ओलीलाई १९ फेबु्रअरी (७ फागुन) भन्दा अगाडि नै भ्रमणमा आउन आग्रह गरेको पनि हो । ओलीले ७ गते प्रजातन्त्र दिवस भएकाले त्यसपछाडिको मिति तय गर्ने प्रस्ताव परराष्ट्रमार्फत भारतलाई पठाएका पनि हुन् । तर, भारतले आफ्नो संसद अधिवेशन सुरु हुन लागेको भन्दै त्योभन्दा अगाडि नै भेटघाटहरु सक्नुपर्ने बता जवाफ पठायो । भारतको यस्तो जवाफपछि सरकारले ‘अलिकति कम्प्रोमाइज गरेको’ रिमालको भनाइ छ ।

    फेरि छुट्यो चीन

    संविधान निर्माणलाई लिएर भारतले गरेको अघोषित नाकाबन्दीको पृष्ठभूमिमा ओलीको भ्रमणलाई चासोका साथ हेरिएको छ । भारतले पनि यो भ्रमणलाई निकै महत्व दिएकोजस्तो देखाउँदै ओलीलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।

    यो भ्रमणका लागि ओलीभन्दा भारत बढी आतुर थियो । सायद पहिलोपटक हुनुपर्छ, भारतले नेपालको प्रधानमन्त्रीलाई आफ्नो देशमा स्वागत गर्न यति व्यग्रता देखाएको । यसको प्रमुख कारण थियो, नेपाललाई चीनपट्टी ढल्किनबाट रोक्नु र नेपाल-चीनको सम्भावित व्यापार सम्वन्धलाई तुहाउनु । भारत आफ्नो अभिष्टमा सफलताउन्मूख छ ।

    भारतसँग सम्बन्ध बिगि्रएपछि नेपाल उत्तरको छिमेकी चीनसित सम्वन्ध सुदृढ गर्ने दिशामा अघि बढेको थियो । भारतको विकल्पमा चीनबाट इन्धन ल्याउने र ९ वटा उत्तरी नाकाहरु सुचारु गर्ने विषयमा औपचारिक सम्झौतासमेत भएपछि भारत झस्किन पुग्यो । फलस्वरुप उसले ओलीसँग सम्वन्ध सुधार गर्न हात लम्कायो ।

    भारतको कुटनीति नबुझेका पक्कै होइनन् ओलीले । तर, उनले सायद भारतलाई चिढ्याउँदा भन्दा सम्बन्ध सुधार्दा नै आफ्नो र देशको कल्याण हुने महसुस गरे । यो भन्नैपर्ने हुन्छ, मधेस आन्दोलन र राष्ट्रियताका सन्दर्भमा लिएका अडानहरुबाट उनी पछि हटेका छैनन् ।नेपालबाट खासै केही प्राप्त नगरिकनै घुमाउरो तरिकाले नाकाबन्दी अन्त्य गर्न भारत बाध्य भएको छ । यसमा ओलीले एक हदसम्म भारतलाई झुकाएकै हुन् । सबै नाका नखुलेसम्म भारत भ्रमणमा नजाने अडानमा पनि उनी अटल रहे ।

    तर, चीनसँगको सम्वन्ध नयाँ शिरामा पुर्‍याएर नेपालमा भारतीय दबदबालाई दीर्घकालीनरुपमै निर्मूल गर्ने स्वणिर्म अवसर सदुपयोग गर्नबाट भने प्रधानमन्त्री ओली लगभग चुकेका छन् ।

    परिस्थिति र आवश्यकताका आधारमा प्राथमिकता तय गरिएको भए भारतभन्दा धेरै पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण चीनमा हुनुपथ्र्यो । भारतीय नाकाबन्दी जारी रहँदा प्रधानमन्त्री चीन भ्रमणमा गएर व्यापारिक सम्झौता गरेको भए त्यो नेपालको ऐतिहासिक उपलब्धि हुने थियो । तर, यो सम्भावनालाई खेर फाल्दै ओलीले भारत भ्रमणलाई नै प्राथमिकतामा राखे । त्यो पनि फागुन ७ को ऐतिहासिक दिनमा ।

    सारा ज्यादतिका बाबजुद ओलीलाई चीनभन्दा पहिले आफ्नो देशमा बोलाएर भारतले नेपाललाई ‘डिप्लोम्याटिक ह्यूमिलेसन’ को शिकार बनाएको छ । र, फेरि एकपटक चीनका दृष्टिमा नेपाल अविश्वसनीय सावित भएको छ ।

    चीनसँगको व्यापार सम्झौता अलपत्र परेको छ भने राजनीतिक सम्वन्धमा पनि चिसोपना बढेको छ ।

    एजेन्डाविहीन भ्रमण

    भारत भ्रमणको अघिल्लो दिनसम्म सरकारले भ्रमणका एजेन्डा सार्वजनिक गरेको छैन । भ्रमणको अवधि -६ दिन) र भ्रमण टोलीको संख्या (करिब ७०) लाई मध्यनजर गर्दा यो दुई देशबीच उत्पातै ठूला सहमति तथा सम्झौताहरु हुनुपर्ने हो । तर, त्यस्तो तयारी केही पनि देखिँदैन ।
    प्रधानमन्त्रीका सल्लाहकार रिमाल भन्छन्, ‘भ्रमणको एजेण्डा मित्रता हो । सम्वन्ध सुधार हो । त्योभन्दा बाहेक कुनै नयाँ सहमति होलाजस्तो मलाई लाग्दैन ।’

    त्यसो भए के प्रधानमन्त्री ओली ‘नाकाबन्दी खोलिदिएकोमा धन्यवाद’ भन्नकै लागि भारत जान लागेका हुन् त ? त्यति त ट्वीटरमा लेखिदिएको भए पनि हुन्थ्यो ! यत्रो दलबलका साथ झण्डै एक साता भारतमा बिताउने प्रधानमन्त्री ‘धन्यवाद’ मात्रै भनेर फर्केलान् त ?
    भारत भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले कुटनीतिज्ञदेखि व्यवसायीसम्मलाई बोलाएर छलफलसमेत गरेका छन् । मंगलबार संसदमा पनि भ्रमणका एजेन्डाबारे उनले सुझाव लिने कार्यक्रम छ । यसका बाबजुद नेपालका तर्फबाट राष्ट्रिय हितका एजेन्डा तय हुने सम्भावना क्षीण छ ।

    एमालेका परराष्ट्र मामला विज्ञ तथा नेपाल-भारत सम्वन्ध पुनरावलोकनका लागि गठित प्रवुद्ध समुहका सदस्य डा. राजन भट्टराई यो भ्रमणले दुई देशबीच बिग्रेको सम्वन्धलाई सामान्य अवस्थामा फर्काउने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘सम्वन्धको चिसोपना हटाउन र आपसमा रहेका शंका-उपशंका निवारण गर्न दुई देशबीच उच्चस्तरको संवाद आवश्यक थियो र त्यसैका लागि हो यो भ्रमण ।’

    डा. भट्टराईले द्वीपक्षीय छलफलपश्चात भूकम्पपछिको पुननिर्माण र नेपालको आर्थिक विकासका विषयमा कुनै सहमति हुन सक्ने उल्लेख गरे । भट्टराईले भनेजस्तै भारतले फुटकर सहायताको घोषणा गरेर नेपाललाई ठूलो कृपा गरेको देखाउने प्रयास गर्न सक्छ, जुन सहायता लिनुभन्दा नलिनुमा देशको हित हुनेछ ।

    ८० मेगावाट विद्युत खरिदको आशय

    नाकाबन्दी लगाएर आफ्नो दानापानी बन्द गरेको भारतसित नेपालले हालैमात्र ८० मेघावाट विद्युत खरिद गर्ने सम्झौता गरेको छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले ८ फागुनमा हैदरावाद हाउसमा रिमोट कन्ट्रोलबाट स्वीच अन गरी विद्युत आयातको शुभारम्भ गर्नेछन् । यो भारतसँगको परनिर्भता घटाउनुको साटो अझै बढाउने नेपालको आत्मघाती कदम हो ।

    केही महिनाअघि बिहारको चुनावमा भारतीय प्रधानमन्त्री मोदी आफ्ना नागरिकलाई नेपालबाट बिजुली ल्याएर झिलिमिली पारिदिने भाषण गरिरहेका थिए । जुन बिहारमा बिजुलीको हाहाकार छ, त्यहीँबाट नेपाललाई बिजुली बेच्न खोज्नुमा भारतको नियत के हो भन्नेतिर हाम्रो सरकारले खासै ध्यान दिएको देखिँदैन ।

    सरकारले पूरा जोड दिएर काम गरे दुई-देखि तीन वर्षमा स्वदेशी जलविद्युतबाटै लोडसेडिङ हट्न सक्छ । यत्रो वर्ष अन्धकारमा बसेका जनता थप दुई-तीन वर्ष लोडसेडिङ खेप्न तयार सक्थे । भने, अहिले आएर भारतसँग विद्युत खरिद सम्झौता गर्नुको अभिप्राय सरकारले जनतालाई कसरी बुझाउँछ ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.