×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अंग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणीमा पर्नेले मात्रै प्राविधिक पढ्न पाइने

  •  
  • सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन ३, २०७२- एसएलसीमा अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयमा ‘सी’ भन्दा तल्लो श्रेणीमा पर्ने विद्यार्थीले प्राविधिक बिषय अध्ययन गर्न नपाउने भएको छ ।

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को पाठ्यक्रम विकास समितिको सोमबार बसेको बैठकले अंग्रेजी, गणित र विज्ञानमा सी समूह अनिवार्य ल्याउनु पर्ने व्यवस्था गरेको हो । ग्रेड सी ल्याउन ४० देखि ५० प्रतिशत हुनुपर्छ ।

    ‘सबै बिषयको अंग जोड्दा जुन समूहमा परेपनि हुन्छ,’सीटीइभीटीका सदस्य सचिव रामहरी लाछिानेले भने, ‘तर, तीन बिषयमा भने सी श्रेणी भन्दा कम हुनु हुँदैन ।’

    स्वास्थ्य तर्फको बिषय अध्ययन गर्न औसत ‘सी’ ल्याउनु पर्ने प्रावधान तोकेको छ । त्यस्तै अंग्रेजी, गणित र विज्ञानमा पनि सी श्रेणीमा परेका विद्यार्थीलाई मात्रै सीटीइभीटीले लिने प्रवेश परीक्षामा सहभागि गराउने भएको छ । यस अनुसार नेपाली, सामाजिक, वातावरण तथा जनसंख्या शिक्षा लगायतको बिषयमा ‘डी’ श्रेणीमा भएपनि अग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणीमा हुनैपर्छ । स्वास्थ्य तफ प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए), मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेण्टल, आयुर्वेद, होमियोप्याथी बिषय सीटीइभीटको आगिंक र सम्बन्धन प्राप्त कलेजमा पढाई हुन्छ ।

    सरकारले यसवर्षदेखि एसएलसी ग्रडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यो निर्णण आएपछि विद्यार्थीहरु स्वत: माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै पढ्न छाडेको गुनासो आएको छ । सीटीइभीटीको यो निर्णयले सी भन्दा कम श्रेणीमा पर्ने विद्यार्थीले राम्रो बिषय अध्ययन गर्न नपाउने भएका छन् । सीटीइभीटीको आफनो आंगिक र सम्बन्धन प्राप्त संस्थामा यी बिषय अध्ययन गर्न ‘सी’ ग्रेड ल्याएको हुनु पर्ने व्यवस्था गरेको हो ।

    बाली विज्ञान, पशु विज्ञान, डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेष्ट्री, होटल म्यानमेन्ट, सिभिल इञ्जिनियरिङ्ग, सर्भे, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रीकल इन्जिनियरिङ, इन्फरमेशन टेक्नोलोजी, आर्किटेक्चर इञ्जिनियरिङ्ग, अटोमेकानिकल, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल इक्विपमेण्ट इञ्जिनियरिङ्ग अध्ययन गर्न अंग्रेजी, गणित र विज्ञान बिषयमा  ‘सी’ श्रेणी ल्याउनु पर्ने हुन्छ । तर, समग्रमा सबै बिषयको नम्बर जोड्दा ‘डी’ र ‘ई’ आए पनि केही फरक पर्दैन । उदाहरणको लागि अंग्रेजी, गणित, विज्ञान ‘सी’ श्रेणीमा हुनैपर्दछ । अन्य विषयमा ए, बी, सी, डी, ई जे आएपनि हुन्छ । समग्रमा औषत डी र ई भएपनि स्वास्थ्य बाहेक अरु बिषय अध्ययन गर्न पाउछन् ।

    एसएलसीमा समग्रमा ‘डी’ २० देखि ४० र  ‘ई’ श्रेणी एक देखि २० प्रतिशत ल्याउने विद्यार्थीले प्राविधिक एसएलसी (टीएसएलसी) कोर्ष अध्ययन गर्न पाउने लामिछाने बताए । अन्य कोर्ष अध्ययन गर्न नचाहने र क्षमता कमजोर भएका विद्यार्थीले एक वर्षे प्राविधिक कोर्ष गर्न पाउने व्यवस्था मिलाउने उनले बताए । सीटीइभीटीले बिगतमा विभिन्न बिषयमा छोटो अवधिको तालिम दिदै आएको थियो । अब एसएलसीमा कमजोर भएका विद्यार्थीलाई लक्षित गरेर छोटो अवधिको कोर्षलाई एक वर्ष पढाउने व्यवस्था गरेर दक्ष जनशक्ति उत्पादन गर्न लागेको लामिछानेले बताए । ‘पढाई सकाउने बित्तिकै स्वदेश र विदेशमा तत्काल रोजगारी पाउने तालिम दिन्छौ,’उनले भने,‘यो कोर्ष पढेपछि सच्चा कामदार बनाउछौ ।’ कार्पेन्टर, प्लम्बर, मेकानिकल, इण्डष्ट्रियल इलेक्ट्रिसियन, कुक लगायतको बिषय यस्ता कोर्षमा समेट्ने भएको छ ।

    Ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.