×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बिहारमा बस्छु भन्दै नेपाली युवकले नागरिकता त्यागे

  •  
  • सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजनीतिक अस्थिरताले छोराछोरीको भविश्व बिग्रिएको दुखेसो

    सुभाषप्रसाद साह

    ३ फागुन, बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।

    Nsarullaha-Ansari-Bara-left-Nationality

    अन्सारी मलेसियामा पाँच वर्ष काम गरी नेपाल आएका हुन् । मलेसियामा बसेर नेपाल फर्किँदा नेपालको राजनीतिक अवस्था नेताहरुले बिगार्दै गएको गुनासो उनले गरेका छन् । बिदेशबाट फर्किँदा स्वदेशमा आफ्नो भविष्य राम्रो नदेखेकाले नेपालमा नबस्ने निर्णय गरेको उनले बताए ।

    देशको अस्थिर राजनीतिक अवस्थाले नेपाली नागरिकता परित्याग गर्नुपरेको अन्सारीले बताए । देशमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताले छोराछोरीको भविश्य अन्योलमा परेकाले परिवारको उज्वल भविश्यका लागि आफूले नेपाली नागरिकता परित्याग गर्नुपरेको उनले बताए ।

    अन्सारीले नेपाली नागरिकता परित्याग गरी भारत बिहार राज्यको मोतिहारी जिल्लाको छौडादानोमा रहेको ससुराली गाउँमा गएर बस्ने बताए । सीमावर्ती क्षेत्रका भारतीयले नेपाली नागरिकता आर्थिक चलखेल गरी लिइरहेको अवस्थामा अन्सारीले नेपालको नागरिक भएर पनि नेपाली नागरिकता त्याग्नुलाई अर्थपूर्ण मानिएको छ ।

    ‘नेपालका नेताहरुले देशलाई राम्रो बनाएर जनताका लागि राम्रो काम गरेको भए म नेपालमै बस्थें, अन्सारीले भने, ‘नेपालका नेताहरु राष्ट्रिय स्वार्थभन्दा बढी व्यक्तिगत स्वार्थका लागि देश बिगार्दैछन्, नेपालमा बसे मेरो परिवारको भविष्य पनि राम्रो नहुने भएकाले अब म भारतमा बस्छु ।’

    Nsarullaha-Ansari-Bara-left-Nationality-2

    जिल्ला प्रशासन कार्यालय बारामा आइतबार निबेदन दर्ता गरी उनले आफ्नो नागरिकता खारेज गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत ओम खड्काले अन्सारीको नागरिकता त्याग निवेदनको अनुसन्धान गरी नेपालको कानुनअनुसार आवश्यक काम कारवाही अगाडि बढाउने बताए ।

    बाराको बिसुनपुर-९ मा विक्रम संवत् ०३८ असोज १० गते जन्मिएका अन्सारीले नेपाल नागरिकता ऐन ०६३ बमोजिम विक्रम संवत् ०५६ असोज २० गते जिल्ला प्रशासन कार्यालय बाराबाट बंशजको नागरिकता लिएका छन् । अन्सारीको नागरिकता प्रमाणपत्र नम्बर १८३८/१४०८/१५५६ रहेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.