×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३१ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बर्दिया निकुन्जमा नेदरल्यान्डका नागरिक दुई घन्टा बाघको घेरामा

  •  
  • आइतबार, फागुन ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन निकुन्जमा लिइएकाे बाघकाे तस्बिर ।फाइल तस्बिर : उज्जवल अाचार्य

    फाल्गुन २, २०७२- नेदरल्याण्डका नागरिक गोरारले बर्दिया राष्ट्रीय निकुन्जको बघौरा फाँटामा बाघको घेरामा परेपछि दुई घण्टासम्म रुख माथि चढेर ज्यान बचाएका छन् । निकुन्जका अनुसार दुई घण्टासम्म रुख मुनी बसेका बाघ आक्रमक रहेकाले उनि त्रासमा रहेका थिए ।

    उनलाई दुई घण्टापछि निकुन्जका माहुतेले हात्तीको सहयोगमा उद्दार गरेको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । बर्दिया निकुन्ज अवलोकन गर्न गएका गोरारसहित पथ प्रदर्शक कृष्ण शाह, बर्दिया टाईगर रिर्सोटका सञ्चालक रामजी थापा र उमंग खड्कासहित चारजनाको टोली बघौरा फाँटा पुग्दा बाघले एक्कासी आक्रमण गरेको थियो ।

    आक्रमणमा परेपछि सबै ज्यान जोगाएर भाग्दा गोरार भने रुखमा चढेका थिए । पथ प्रदर्शकले नेदरल्याण्डका नागरिक गोरारलाई फोन मार्फत खोजी गर्दा आँफू रुखमा चढेको बताएका थिए । उनलाई खोज्ने क्रममा बाघको आक्रमणमा परि पथ प्रदर्शक शाह घाइते भएकाछन् ।

    ‘लठ्ठीले भुँइमा हान्दै, हो–हल्ला गरपछि बाघ भागेको थियो,’ अधिकृत थापाले बताए । बाघ भागे लगतै उद्दार गर्न गएकाहरु माथि दुई डमरुसहित बाघले पुन आक्रमण गर्दा अन्य पनि ज्यान जोगाउन रुखमा चढेका थिए ।

    निकुन्जबाट गएको हात्तीको सहयोगमा सबैलाई उद्दार गरिएको छ । बाघले डमरु माथि आक्रमण हुन लागेको भन्दै आक्रमण गरेको हुन सक्ने आशंका निकुन्जको कर्मचारीको छ ।

    घाइते शाहलाई उपचार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको बर्दिया निकुन्जले जनाएको छ । पथ प्रदर्शक शाहलाई बाघको पञ्जाबाट भएको आक्रमणमा हात र खुट्टामा चोट लागेको छ । बर्दिया निकुन्जको उक्त फाँट बाघको बासस्थान मानिन्छ । घना जंगल र चित्तल प्रशस्त पाइने भएकाले पनि त्यहाँ बाघको संख्या उल्लेखनिय भएकाले पनि पर्यटकहरु त्यहाँ जाने गर्छन् ।

    माघ ३ गते देखि बाघ गणना भइरहेको समयमा पर्यटक माथि आक्रमण भएको पहिलो घटना हो । तीन वर्ष अघि भएको गणना अनुसार ५० बढी बाघ रहेको निकुन्जमा यस वर्ष ७० पुग्ने अनुमान निकुन्जका कर्मचारीको रहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.