×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

को बन्लान् राष्ट्र बैंकको डेपुटी गभर्नर

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदिल पोखरेल

    डेढ महिनासम्म पनि नियूक्त हुन सकेन डेपुटी गभर्नर

    गत पुस ९ गतेदेखि रिक्त भएको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन्। डेढ महिनासम्म डेपुटी गभर्नर नियुक्त नहुँदा राष्ट्र बैंक कर्मचारीको बृत्ति विकास र पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाको मर्जरको काममा पनि असर परेको छ।
    १६ जना कार्यकारी निर्देशक मध्येबाट गभर्नरले ४ जनालाई छानेर अर्थमन्त्रालयमा पठाएका छन्। राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर नेपालले आफ्नो कोटाबाट त्रिलोचन पङ्गेनी, शिवनाथ पाण्डे र नारायण पौडेलको नाम सिफारिस गरेका छन् भने नेकपा एमालेको तर्फबाट चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेका छन्।
    राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुन्छन्। त्यसका लागि चार जनाको नाम सिफारिस गर्नु पर्ने कानुनी व्यवस्था छ। मन्त्रिपरिषदले चारमध्ये दुईलाई नियुक्त गर्नेछ। गभर्नर र अर्थमन्त्री विष्णु पौडेलबीच धेरै पटकको औपचारिक र अनौपचारिक छलफलपछि चार जनाको नाम सिफारिस भएको थियो। तर हालसम्म पनि मन्त्रीपरिषदले डेपुटी गभर्नर नियूक्त गर्न सकेको छैन।
    अहिले राष्ट्र बैंकमा १६ जना कार्यकारी निर्देशक छन्। सबै कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि बराबर योग्य भएपनि १० जनाजति कार्यकारी निर्देशकहरु राजनैतिक  पहुँच भएका मानिन्छन्। तर गभर्नरले भने ति १० मध्येबाट पनि चार जनालाई छानेर पठाएका छन्।
    पाँच वर्षअघि डेपुटी गभर्नरहरु गोपाल प्रसाद काफ्ले कांग्रेस र महाप्रसाद अधिकारी एमालेको कोटाबाट डेपुटी गभर्नरमा नियूक्त भएका थिए। उनीहरुको कार्यकाल सकिएपछि सो पद रिक्त रहन गएको हो। यस वर्ष सरकारमा एमाले रहेको छ भने गभर्नर कांग्रेस निकट मानिन्छन्। कार्यकारी निर्देशकहरुमध्ये त्रिलोचन पंगेनी, शिबनाथ पाण्डे र नारायण प्रसाद पौडेल कांगे्रस निकट मानिन्छन्।
    अहिलेका कार्यकारी निर्देशकहरुमध्ये ज्येष्ठताका आधारमा त्रिलोचन पंगेनी सबैभन्दा अघि छन् भने शिबनाथ पाण्डे कनिष्ठ मानिन्छन्। तर डेपुटी गभर्नर पद ज्येष्ठताका आधारमा नभई राजनैतिक पहुँचका आधारमा चयन हुने पद हो।
    गभर्नर कांग्रेसनिकट भएकाले त्रिलोचन पंगेनी र शिबनाथ पाण्डे गभर्नरको प्राथमिकतामा परेका छन्। अर्थमन्त्री अहिले एमालेका रहेका छन्।  डेपुटी गभर्नर नियुक्तीमा अर्थमन्त्रीको पनि महत्वपुर्ण भूमिका रहने गर्दछ। त्यसैले एमालेको तर्फबाट चिन्तामणि शिवाकोटीलाई गभर्नरले डेपुटी गभर्नरको लागि सिफारिस गरेका छन्।
    निर्देशक शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओली निकट छन्। कांग्रेसका ३ र एमालेका १ जना मात्रै सिफारिसमा परेका कारण नियुक्ती प्रक्रिया अल्झिन पुगेको छ। अर्थमन्त्रीले दुबैजना एमालेबाट नियुक्ती गर्न खोजिरहेका छन्।
    सिफारिसमा परेका निर्देशकहरु अहिले यी विभागमा कार्यरत छन्
    १ त्रिलोचन पंगेनी– गभर्नर कार्यालय कार्यकारी निर्देशक तथा प्रवक्ता
    २ नारायण पौडेल–  बैंक सुपरिबेक्षण विभाग
    ३ शिबनाथ पाण्डे– नियमन विभाग
    ४ चिन्तामणी शिवाकोटी– मुद्रा व्यवस्थापन विभाग
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.