×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘सुशील’दा भेटिएपछि धनी भएँ’

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    अर्जुन ओली

    नेपालगन्ज–७ फुलटेक्राका असोनीकुमार ओली। नेपालगन्ज–७ फुलटेक्राका असोनीकुमार ओली।
    नेपालगन्ज- ‘म तल्लो स्तरको गरिबको छोरा, सुशील’दाका कुरा सुनिसकेपछि म धनी भएँ, मलाई कहिल्यै आफू गरिब भएको अनुभूति भएन,’ आफूलाई सुशील कोइरालाका सच्चा अनुयायी भनेर चिनाउन चाहने ‘बब्लु’ अर्थात् नेपालगन्ज–७, फुलटेक्रा निवासी असोनीकुमार ओलीका आँखामा शोकको झल्को छर्लंगै देखिन्थ्यो।
    कोइरालाको त्याग, निष्ठा र इमानदारीबाट प्रभावित भएरै कांग्रेस राजनीतिमा लागेका थिए बब्लु। त्यसयता उनी अनुयायी नै बने। ‘सुशील’दाको अकल्पनीय निधनले म निकै दुःखी छु,’ बब्लुले बिहीबार नागरिकसँग भने, ‘चाहेर पनि आर्थिक र स्वास्थ्य समस्याले दाइको अन्त्येष्टिमा सहभागी हुन काठमाडौं जान पाइनँ।’
    २०४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन चर्किएको थियो। आन्दोलनका सिलसिलामा बब्लुलाई तत्कालीन टे्रड युनियन कांग्रेसका नेता जोगेन्द्रसिंह राठौरले सुशील कोइरालासँग चिनजान गराए। त्यतिबेला बब्लु १७ वर्षका थिए, कक्षा १० मा पढ्थे। त्यतिबेलैदेखि कोइरालाको निष्ठा, त्याग र इमानदारीबाट प्रभावित भएर उनी कांग्रेस राजनीतिमा लागे।

    ‘सुशील’दा जुन कार्यक्रममा जानुहुन्थ्यो, म त्यहाँ पुग्थें, मलाई अरु कार्यकर्ताभन्दा नजिक ठानेर विश्वास गर्नुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘म चाहन्छु, सुशील कोइरालाजस्तै आदर्शवादी नेता बन्न सकूँ।’

    आफूलाई कोइरालाले पैसाको लोभलालचमा नलाग्न, पार्टीलाई संस्थागत गर्न र समाजसेवा गर्न प्रेरणा दिने गरेको उनी सुनाउँछन्। ‘प्रधानमन्त्री हुँदासमेत उहाँको जीवनशैली साधारण किसिमको थियो, उहाँकै शैली देखेर मेरो मनमा कुनै लोभलालच जागेन।’

    इमानदार कार्यकर्ताको पीरमर्का बु‰ने सुशीलमा राम्रो खुबी थियो। ‘जाली फटाहालाई तह लगाउने र इमानदार कार्यकर्ताको मनभित्रको कुरा उहाँ सहजै बु‰नुहुन्थ्यो,’ उनले भने, ‘पार्टीभित्र बार्गेनिङ गर्ने मान्छेलाई सुशील’दा कत्ति राम्रो मान्नुहुन्नथ्यो।’

    राजनीति र देशको सेवामै जीवन त्यागेका कोइरालाले कहिलेकाहीँ कार्यकर्ताले विवाह नगर्नुको कारण सोध्दा ‘पार्टी र कार्यकर्तालाई नै आफ्नो घरपरिवार’ भन्ने गरेको बब्लु सम्भि्कन्छन्।

    राजनीतिक जीवनमा कोइराला एउटा कुरामा मात्र कमजोर भएको उनको ठम्याइ छ। ‘सुशील’दा एउटै कुरामा कमजोर हुनुहुन्थ्यो, त्यो हो क्यान्सर रोग, जब क्यान्सर रोगले भेट्टायो, त्यसपछि परिवारको बन्धनमा बाँधिनुभयो, नत्र उहाँ पारिवारिक बन्धनमा बाँधिने मान्छे होइन, उहाँ परिवारभन्दा आफूजस्ता इमानदार कार्यकर्तालाई बढी माया गर्नुहुन्थ्यो।’

    अमेरिकामा उपचार गराइसकेपछि क्यान्सरलाई जितेर आएका कोइरालाको निमोनियाबाट निधन हुनुमा केही हेलचेक्र्याइँ भएजस्तो लाग्छ उनलाई। त्यसो त बब्लु आफैं पनि अस्वस्थ छन्। दुई वर्षअघि हड्डीमा टिबी देखियो। उनी पूर्णरूपमा निको हुन सकेका छैनन्।

    ‘सुशील’दाले मेरो स्वास्थ्यबारे निकै चिन्ता गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँकै सहयोगले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

    पान र गुट्खाको सोखिन

    बब्लु यति नजिक भइसकेका थिए कि कोइरालालाई मनपर्ने पान र गुट्खाको व्यवस्था उनैले गरिदिन्थे। ‘म सानैदेखि पान खान्थेँ, सुशील’दाले पनि मसँगै पान खानुहुन्थ्यो, दाइलाई भेट्दा मैले सुटुक्क पान झिकेर दिन्थंँे,’ उनले सुनाए। नेपालगन्ज आएका बेला कोइरालालाई उनी त्रिभुवन चोकको पान चखाउँथे। कोइराला सुरुमा गुट्खाको सोखिन थिए। कार्यकर्ता कोइरालालाई भेट्न जाँदा फलफूलको सट्टा गुट्खा दिन्थे।

    ‘जब सुशील’दालाई क्यान्सर लाग्यो, त्यसपछि मात्र उहाँले गुट्खा खान छाड्नुभयो,’ बब्लुले भने, ‘अनि हामीलाई सम्झाउन थाल्नुभयो, गुट्खाले नै आफूलाई क्यान्सर लागेको भन्दै जिब्रो देखाउँदै हामीलाई नखान सल्लाह दिनुहुन्थ्यो।’

    काठमाडौंस्थित महाराजगन्जमा कोइरालालाई भेट्न जाँदा पनि बब्लुले कोइरालालाई पान चखाउँथे।

    कोइरालाको निधनपछि बाँकेलगायत सिंगो मुलुकले त्यागी, निष्ठावान र इमानदार नेता गुमाएको उनको भनाइ छ। ‘सुशील दाइजस्तो नेता देख्न अब मुस्किल छ, उहाँजस्ता नेता बन्ने हो भने उहाँले देखाएको बाटोमा लाग्नुपर्छ,’ उनले भने।

    कांग्रेस पार्टीले पनि कोइरालाजस्ता नेता जन्माउन ठूलो त्याग गर्नुपर्ने उनको सुझाव छ तर अहिलेसम्म कांग्रेसभित्र कोइरालाको सिद्धान्तलाई अनुशरण गरेका नेता आफूले देख्न नपाएको बब्लुले बताए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.