×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३१ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भूकम्पका ३३ शव अझै बेवारिसे, कुहिएका शवले महामारी फैलिनसक्ने चेतावनी

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माधव ढुङ्गेल

    फोटो :फाइल फोटो
    काठमाडौं: विनाशकारी भूकम्पमा मृत्यु भएका ३३ जनाका बेवारिसे शव र मानव अवशेष महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा कुहिएर रहेका छन् । त्यसमध्ये केही शव विदेशी नागरिकका छन् ।
    काठमाडौं, लाङटाङ (रसुवा) र दोलखाबाट ल्याइएका ती शव कुहिएको दुर्गन्धका कारण सँगै जोडिएको बिरामी उपचार कक्ष र स्थानीय बासिन्दामा समेत महामारी फैलिएर भयावह स्थिति उत्पन्न हुनसक्ने भन्दै शिक्षण अस्पतालको फोरेन्सिक विभागले गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।
    वैशाख १२ र २९ गतेको भूकम्पमा परी मृत्यु भएकामध्ये काठमाडौंकै १५ वटा, रसुवाको लाङटाङबाट ल्याइएका १५ वटा र दोलखाबाट ल्याइएका तीनवटा शव रहेको गृहलाई पठाइएको पत्रमा उल्लेख छ । केही सग्लै र कतिपयचाहिँ अंगभंग अवस्थाका शव ‘बडी ब्याग’ मा हाली कोड नम्बर दिएर राखिएको विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीले बताए ।
    अस्पतालको फोरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा. प्रमोदकुमार श्रेष्ठले गृह मन्त्रालयस्थित लास व्यवस्थापन समिति÷दैवीप्रकोप तथा विपत् व्यवस्थापन समितिलाई १० दिनअघि माघ १७ गते पत्र पठाएको थियो । पत्रमा ती शव तत्काल व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
    ‘यस विभागमा रहेका भूकम्पद्वारा मृत्यु भएका बेवारिसे लासहरू १० महिना बितिसक्दा पनि अलपत्र रहिरहेका छन् । लोडसेडिङ र लास राखिएको कन्टेनर पटकपटक बिग्रेका कारण ती लास दुर्गन्धित अवस्थामा रहेको जानकारी गराउन चाहन्छु’, पत्रमा उल्लेख छ, ‘यस विभागको नजिक र सँगसँगै जोडिएका बिरामी उपचार कक्षहरू, अन्य मानिसका घरहरूसमेत रहेका हुनाले यो अवस्थाबाट यहाँ अत्यन्त नकारात्मक अवस्था सिर्जना भएको छ । यस विभागले गर्नुपर्ने दैनिक क्रियाकलापसमेत प्रभावित भएको हुँदा जतिसक्दो चाँडो लासहरूको उचित व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दछु ।’
    डा. वस्तीका अनुसार ती शव भूकम्पपछि बनाइएको ‘प्रिफेब स्ट्रक्चर’ मा राखिएको छ । शव सड्न नदिने गरी राख्न त्यहाँ माइनस ५ डिग्री तापक्रम जरुरी हुन्छ । यो घरको तापक्रम २–४ डिग्री सेन्टिग्रेड हुने गरी बनाइएको भए पनि चिसो हुने प्रविधि बिग्रिएकाले परिस्थिति गम्भीर भएको उनले बताए ।
    ‘अहिले त्यहाँको तापक्रम १९–२० डिग्री छ । दुर्गन्ध फैलिएकाले खोलेर जान सकिने अवस्था छैन’, वस्तीले भने, ‘प्राविधिकले पनि दुर्गन्ध हटाएपछि मात्र बनाउन सकिन्छ भनेको छ ।’
    विदेशी नागरिकका आफन्त खोज्न आउने सम्भावना रहेकाले विदेशीजस्तो देखिने शवको भने डीएनए परीक्षण गरिएको छ । नेपालीका शवको भने सबैको डीएनए जाँचका लागि नमुना नलिएको स्रोतले बतायो ।
    शवगृहमा भूकम्पपछि उद्धारका लागि आएको दोलखामा दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरमा परेका व्यक्तिको अंग पनि छ । अमेरिकीहरूको शव पठाउँदा अमेरिका पठाइएका तीनवटा खुट्टा नेपालीकै परेको भन्दै फिर्ता आएको स्रोतले बतायो । तीनवटा खुट्टा पठाइएको भए पनि ‘एक व्यक्तिको अंग’ भनी लेखेर पठाइएको थियो । तीन खुट्टा कम्तीमा पनि दुई व्यक्तिको हुनसक्ने अनुमानका आधारमा शवगृहमा ३४ जनाको शरीर वा अंग रहेको वस्तीले बताए ।
    फोरेन्सिक मेडिसिन विभागले ती शव डीएनए परीक्षण गरी त्यसको रिपोर्टका आधारमा ट्याग नम्बर लगाएर अस्पताल परिसरमै रहेको शव गाड्ने ठाउँमा गाड्ने र पछि खोज्न आएमा निकालेर आफन्तलाई कंकाल जिम्मा लगाउने तयारी गरेको थियो तर त्यसका लागि रकम अभाव भएको वस्तीले बताए ।
    ‘पत्र लिएर म आफैं पनि गृह मन्त्रालय गएँ । केन्द्रीय दैवीप्रकोप उद्धार समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइदियो’, वस्तीले भने, ‘सीडीओसापले गत साता बैठक डाक्नुभो । त्यहाँ यसबारे छलफल भयो । केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई लेखेर पठाइएको छ । बजेट कहिले निकासा हुन्छ, त्यसपछि मात्र यसको व्यवस्थापन होला ।’
    यति गम्भीर विषयमा समेत १० महिनासम्म शव कुहिएर बस्ने अवस्था हुनु सरकारको चरम बेवास्ता रहेको भन्दै वस्तीले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो भावनासँग जोडिएको विषयमात्र हैन, मानवीय स्वास्थ्यसँग समेत जोडिएको छ । जतिसक्दो चाँडो व्यवस्थापन गरे राम्रो हुन्छ ।’
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.