भरतबन्धु थापा
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कोइरालाको अन्तिम श्रद्धान्जली दिन विभिन्न दलका नेताहरू आर्यघाट पुगेका छन्। कोइरालालाई उनका भतिजा अतुल कोइराला र सुधाम्सु कोइरालाले दागबत्ति दिएका छन्।
स्वर्गीय कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुगेका थिए। यसअघि दिउँसो सवा दुई बजेपछि दशरथ रङ्गशालाबाट शवयात्रापछि अन्तिम संस्कारका लागि पशुपति अार्यघाट पुर्याइएको थियो।
दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १ ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा सुरु गरिएको हो। शवयात्रा सुरु हुँदा राष्ट्रिय गानको धुन बजाइएको थियो। शवयात्रा थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो। शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो।
मङ्गलबार बिहान १२:५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिएको छ।
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)
















setopati



