×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

जनताका नायक कोइराला

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सिबी अधिकारी
    काठमाडौँ-हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको।
    पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राज महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो –जनताको नायक बन्ने ।
    लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा आफ्नो अनुपम उदाहरणीय छवि बनाए, आफ्नो राजनीतिक यात्राका क्रममा ।निर्वासन, जेल र विमान अपहरणका आरोह अवरोह कोइरालाका यात्रालाई कुनै विचलन ल्याएन । संविधान सभाबाट संविधान बनाउने छ दशक भन्दा लामो नेपाली जनताको सपना साकार पार्न कोइरालाको अथक योगदान रह्यो । उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो ।

    वि.स. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनपछि चारजना प्रधानमन्त्री बने तर संविधान जारी गर्ने सौभाग्य कोइरालाले पाए। यसले कोइरालाको राजनीतिक उचाईलाई थप उचो बनायो ।

    गणतन्त्र नेपालको छैटौँ प्रधानमन्त्री बनेका कोइरालालाको सोमबार राति १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा ज्वरो र निमोनियाका कारण निधन भएको थियो । पार्टीको सर्वोच्च पद सभापति र मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री हुँदा समेत कोइरालालाई कुनै लाभ र लालसका आकाङ्क्षाले छोएन । बरु कोइरालाले नेपालको राजनीतिका नेतृत्वलाई असल चरित्रको नमुना प्रदर्शन गरेर सबैको प्रशंसा हासिल गरे।

    कोइरालाको देहावसनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट उनको सादगी, निष्ठापूर्ण राजनीतिक योगदान र उदाहरणीय व्यक्तित्वका रुपमा मुक्त कण्ठले प्रशंसा हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उनको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको बताए ।

    प्रधानमन्त्री ओलीले स्व. कोइरालालले निरङ्कुशता विरुद्ध लोकतन्त्रको स्थापनाका साथै संविधान निर्माणका लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गरेका छन्। सहमति, सहकार्य र एकताका अगुवा कोइरालाले संविधान सभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेले । संविधानको सफल कार्यान्वयनमा उनको अभाव खड्कनेछ प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीले वताए।

    नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताए ।
    एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहेको बताए ।

    कोइरालाको निधनप्रति समवेदन सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा लामो समय सेवा गरेका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असलमित्र गुमाएको बताए ।

    उनले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गरे । मङ्गलबार काठमाडौँ आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्व. कोइरालाप्रछि श्रद्धाञ्जलि अर्पण गर्दै स्व. कोइराला सादा जीवन र उच्च विचारका एक सच्चा र इमान्दार नेता भएको बताइन् ।

    त्यस्तै चीनका विदेशमन्त्री वाङ्चीले पनि समवेदना सन्देश पठाई स्व. कोइराला एक सादगी, लगनशील र सफल राजनीतिज्ञ भएको बताए । संयुक्त राष्ट्र सङ्घका महासचवि बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उनी सबैका आदरणीय राजनेता भएको बताए ।

    महासचिवका तर्फबाट उनका प्रवक्ताले बुधबार जारी गरेको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गरेको बताए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

    पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो । राजनीतिका क्रममा डेढदशक निर्वासन जीवन व्यतित गरेका कोइरालाले जीवनका अनेकौ हन्डर खाए। उनले छ वर्ष जेल जीवन बिताएका थिए । निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रह र वि.सं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो ।

    बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणासासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए । विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका थिए । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरे।
    कोइरालाले पत्रकार ( ‘तरुण’ पत्रिकाको सम्पादक) का रूपमा पनि काम गरेका थिए ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.