×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

टाइमलाइनमा सुशीलको राजनीतिः देशले के पायो ?

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राणा शासनको अन्त्य भई वि.सं २००७ सालमा प्रजातन्त्र आउँदा सुशील कोइरालाको उमेर ११ वर्षको थियो । १६ वर्षको उमेरमै २०१२ सालमा वीरगञ्जमा कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी भएका कोइराला ०७२ सालमा हुने तेह्रौं महाधिवेशनमा दोस्रो कार्यकालका लागि दाबी गरिरहेका थिए ।

    समयावधिका हिसाबले विश्लेषण गर्दा कोइरालाको राजनीतिक जीवन ६० वर्षे (२०१२-२०७२) रह्यो । ०६७ सालदेखि ५ वर्षसम्म उनी पार्टीको कार्यकारी पदमा रहे भने एक वर्ष ९ महिना प्रधानमन्त्रीका रुपमा काम गरे । ६० वर्षे राजनीतिक अवधिमा साढे १९ वर्ष कोइरालाको जीवन निर्वासन र जेलमै बित्यो ।

    जीवनको उत्तरार्धका पाँच वर्षबाहेक अधिकांश समय राजनीतिमा उनको सहायक भूमिका मात्रै रह्यो । वीपी कोइराला र तुलसी गिरीको स्वकीय सचिवको भूमिकाका साथै गिरिजाप्रसाद कोइरालाका पालामा महामन्त्री र कार्यवाहक सभापति बनेर सुशीलले सारथीको भूमिका खेले ।

    कुनै पनि नेतालाई देशले सम्झने भनेको उनले पुर्‍याएको योगदानको हो । ती नेताबाट देशले के पायो र उनको योगदानका कारण मुलुक कति अगाडि बढ्यो भन्ने आधारमा नेताको योगदानको मूंल्याकन हुने गर्छ । यस अर्थमा सुशील कोइरालाले प्रधानमन्त्री भएर संविधान जारी गर्नु र कांग्रेसको सभापति भएपछि सो पार्टीलाई दोस्रोबाट पहिलो दल बनाउनुलाई नै उनको मुख्य राजनीतिक सफलको गणक मान्ने गरिएको छ । उनले गरेका सम्झन लायक काम यिनै हुन् ।

    तैपनि सुशीलले असोज ३ मै संविधान जारी गर्न अन्कनाएको र आफूहरुको जोडबलले मात्रै उनले खुट्टा टेकेको दाबी एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुले गर्दै आएका छन् । तथापि कोइरालाको निधनपछि प्रचण्डले भनिसकेका छन् कि सुशील नभएको भए संविधान बन्दैनथ्यो ।

    र, राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका छन्- कोइरालाको निधनले संविधानको कार्यान्वयनमा चुनौती थपेको छ । संविधान निर्माणमा सुशील कोइरालाको नेतृत्व सम्झन लायकको भूमिका हो ।

    भारतको चरम यातना र राष्ट्रिय अडान

    कांग्रेस नेताहरुले बताए अनुसार ०३० सालको विमान अपहरण काण्डपछि सुशील कोइरालालाई भारतीय प्रहरीले चरम एवं अमानवीय यातना दिएको थियो ।

    पक्राउ गरेर तिहाड जेलमा लैजाँदा उनलाई भारतीय प्रहरीले रेलमा आलुको बोराजस्तै बारेमा बाँधेर लगेको थियो । कोइरालाले लामो समय जेलमा बिताएका थिए ।

    लोकतान्त्रिक आन्दोलनका बेलामा मात्रै होइन, प्रधानमन्त्री बनेका बेलामा पनि भारतले सुशील कोइरालाप्रति राम्रो व्यवहार गरेन । पछिल्लो समयमा पनि पार्टी सभापतिमा कोइरालालाई हराउन भारतले भूमिका खेलिरहेकै थियो । तर, महाधिवेशनमा भारतीय चलखेलको सामना नगर्दै उनको निधन भएको छ ।

    प्रधानमन्त्री भएका बेलामा सुशीलले भारतको कुरा सुनेनन् र संविधान निर्माणतर्फ लागे । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिँदा सुशीलले भारतीयहरुको कुरो सुनेको आरोप एमाओवादी र एमालेका नेताहरुले लगाउँदै आएका छन् । तथापि भारतले सुशील कोइरालालाई कहिल्यै विश्वास नगरेको इतिहास साक्षी छ । यो तथ्यलाई आधार मान्दा सुशील राष्ट्रवादी नेता थिए भन्न सकिन्छ, यसमा उनले भोगेको भारतीय यातनाले समेत काम गरेको हुन सक्छ ।

    प्रधानमन्त्री बनेका बेला कोइरालालाई निर्णय क्षमता नभएको सुस्त नेताका रुपमा प्रचार गरियो । त्यही बेला उनी क्यान्सरबाट पनि पीडित भए । शारीरिक रुपमा समेत उनी सिथिल बने । बाह्रौं महाधिवशेनपछि उनले पार्टी परिचालन पनि गतिलोसँग गर्न नसकेको आरोप लाग्यो । भलै उनकै नेतृत्वमा कांग्रेसले चुनावलाई आफूलाई पहिलो दल बनाएको थियो ।

    नेपाली कांग्रेस पहिलो दल बन्नु नै मुलुकका लागि सुशीलको योगदान हो भन्न सकिँदैन, यो एउटा दलगत विषय मात्रै हो । तर, कोइरालाले संविधान बनेपछि नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेको विषय अहिलेसम्म बहसकै क्रममा छ । यो उनको राजनीतिक कमजोरी थियो या लोकतन्त्रको मूल्य स्थापित गर्ने जमर्को थियो, यसबारे फैसला नहुँदै उनले विदा लिएका छन् ।

    तर, मधेसवादी दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्ने उनको संविधान निर्माण अघिको चाहनालाई संविधान बनेपछिको संविधान संशोधनले केही सार्थक बनाएको छ ।

    सादगी र निष्ठावान नेता

    नेपालको राजनीति यतिबेला प्रदुषित एवं भ्रष्ट बन्दै जान थालेको छ । तीनवटा मोबाइलमात्रै सम्पत्तिका रुपमा रहेको भन्दै कोइरालालाई खिल्ली उडाउने कतिपयले प्रयास गरे पनि कोइरालाको सादगी पनलाई चुनौती दिने अवस्था छैन ।

    प्रधानमन्त्री बनेका बेला कोइरालाको किचेन क्याबिनेटमा रहेको उनका सहयोगीहरुले आर्थिक अनियमितता गरेका समाचारहरु नआएका होइनन् । तर, व्यक्तिगतरुपमा सुशील निश्कलंक नै रहे । श्रीमती र छोराछोरी नभएका उनी व्यक्तिगत विवादमा आएनन् ।

    पार्टी र देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र सुस्तपन देखाएको असक्षमताको आरोप खेप्नुपरे पनि उनी भ्रष्टाचारमा मुछिएनन् ।

    तैपनि सुशील कोइरालाले पाँच वर्ष पार्टीको सभापति र पौने दुई वर्ष देशको प्रधानमन्त्री बनेका बेला देशमा भ्रष्टाचार नियन्त्रण भएन । सुशीलले वर्षौंदेखि नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीमा तलदेखि माथिसम्म भ्रष्ट र कमिसनखोरी प्रवृत्ति विकास भएको तीतो यथार्थ छ । जसले सुशील कोइरालाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न थाती राखेको छ ।

    अब कांग्रेसका नेताहरुले सुशील कोइरालाको स्वच्छ सवि र निष्ठाको राजनीतिलाई कसरी व्यवहारमा प्रयोग गर्ला ? यो गम्भीर प्रश्न कांग्रेसको भविश्यसँगै जोडिएको छ । भीमबहादुर तामाङजस्ता त्यागी नेतालाई बिर्सने कांग्रेेसले अब सुशीललाई कसरी सम्झेला ?

    Sushil koirala Timeline

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.