×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कांग्रेस नेतृत्व दुई दसकपछि कोइराला परिवार बाहिर

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ ।  विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् । तर, फागुन २०(२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने  फैसला गर्नेछ ।

    १३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ । कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका.भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । सुजाता सुशीलको विरासत लिन खोज्दैछिन । तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् । उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ । सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन् ।

    ‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने  संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले कान्तिपुरसँग भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले ।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ ।’

    कांग्रेस स्थापनाकालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति भएका थिए । त्यसपछि  सुवर्णशमसेर जवरा र कृष्णप्रसाद भट्टराईको कार्यकाल बाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला १५ र सुशील कोइराला ५ बर्ष पार्टीको नतृत्वमा रहे । ०५३ बैशाख २९ गते काठमाडौमा भएको नवौ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पार्टी नेतृत्वमा आएका थिए । त्यसपछि दशौ र एघारौ महाधिवेशनले पनि कोइरालालाई नेतृत्वमा चुन्यो । पार्टी विभाजनपछि एघारौ महाधिवेशन अलग(अलग भएको थियो । पार्टी एकतापछि भएको १२ औं महाधिवेशनले सुशील कोइरालालाई निर्वाचित गऱ्यो । उनले नेतृत्व दिदै आएको कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब एकमहिना पनि बाँकी छैन ।

    गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउन चाहेका थिए । पार्टीभित्रका बरिष्ठहरुलाई पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए । तर उनको कदले संभव नभएपछि सुशीलाई नेतृत्वमा स्थापित गराउने भूमिका निर्वाह गरे । आफू छदै कार्यबाहक सभापतिको जिम्मेबारी सुम्पेर गिरिजाप्रसादले सुशीललाई पार्टी नेतृत्वमा स्थापित गराएका थिए । त्यसैगरी सुशील पनि आफ्नो विरासत कोइराला परिवारमै राख्न कोशिसमा थिए । १३ औं महाधिवेशनमा उनको उम्मेदवारीको चर्चालाई यसैसँग जोडिएको थियो । कोइराला निकट सदस्यहरुका अनुसार सुशीलले आफ्नो जीवनको उत्तराद्र्धमा वीपी पुत्र संशाकलाई नेतृत्वमा ल्याउने प्रयासका लागि अघि बढीरहेका थिए ।

    कार्यबाहक सभापति पौडेलले पार्टीलाई एकढिक्का बनाएर व्यवस्थित ढंगले अघि बढाउने जिम्मेबारी आफ्नो काँधमा आएको बताए । ‘आईलागेको परिस्थितीलाई सम्हाल्दै पार्टीको भविष्यका लागि म कसैलाई काखा र पाखा नगरी पार्टी हाँक्छु’ कोइरालाको अवसानसंगै संस्थापन पक्षभित्रको अन्यौलतर्फ लक्षित गर्दै पौडेलले भने,‘कसैले चिन्ता लिनुपर्दैन । सवै नेता तथा कार्यकर्ताको सुरक्षा र सम्मान गरेरनै म अघि बढ्छु ।’

    कांग्रेस नेता विमलेन्द्र निधिले कोइरालाको विरासत भनेकै राष्ट्र र राष्ट्रियता रहेको बताउँदै आगामी महाधिवेशनबाट निर्वाचित हुने सभापतिले विरासत थाम्ने बताए । ‘१३ औं महाधिवेशनमा कोइराला परिवारको विरासत जोगाउन पनि उहाँ (सुशील) लड्ने चर्चा चलाईएको थियो, तर विरासत भनेको परिवार होइन । राष्ट्रियता र लोकतन्त्र हो’ उनले भने,‘त्यो जिम्मेबारी हामीले पुरा गर्नेछौ ।’  निधिले दोस्रो संविधानपछि पार्टीलाई पहिलो स्थानमा ल्याउने, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गर्ने कार्यनै उपलव्धिपूर्ण रहेको बताए । ‘उहाँको सपना संविधानको कार्यन्वयन थियो । अब त्यो दायित्व हामी पुरा गर्छौ’ उनले थपे ।

    कोइरालाको निधनपछि संस्थापन पक्षमा पौडेल स्वभाविक उम्मेदवार देखिएका छन । तर, औपचारिक निर्णय गर्न भने बाँकी छ । सभापतिकै लागि महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलापनि आंकाक्षी छन् । कोइराला परिवारका सदस्यहरुलाई व्यवस्थापन गरी सिंह, सिटौला, रामशरण महत, अर्जुनरसिंह केसीलाई संगै लिएर अघि बढ्न पौडेलका लागि चुनौतिपुर्ण छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.