×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सादगी सुशील’दा

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – बसन्त बस्नेत, काठमाडौं

    माघ २६, २०७२- सादा जीवनशैली बाँच्ने सुशील कोइरालासँग हलिउडको अभिनेता बन्नेबाहेक देखिने महत्त्वाकांक्षा केही थिएन, तर सात दसकयता थाँती ‘संविधान–सपना’ उनकै नेतृत्वमा सफल हुन पुग्यो ।

    भिसा, पासपोर्ट, प्लेन टिकट बोकेर अमेरिका उड्न ठिक्क परेका २१ वर्षीय युवा सुशीललाई राजा महेन्द्रको २०१७ पुस १ को सैनिक बलमा प्रजातन्त्र मास्ने एउटै घोषणाले फर्काइदियो । उनी राजनीतिक रंगमञ्चमा हाम फाले, लो–प्रोफाइलको कांग्रेस कार्यकर्ता भएर ।

    ०१७ सालपछिका तीन दसक उनी भारत निर्वासित भए । विमान अपहरण काण्डमा समातिएर ०३० सालपछि तीन वर्ष भारतकै जेल बसे । जनमतसंग्रह हुनुभन्दा ठीकअघि गिरिजाप्रसाद कोइरालासँगै आम माफी पाएर स्वदेश फर्के । उमेरका कारण हलिउड महत्त्वाकांक्षाको म्याद गुज्रिसकेको थियो, उनी पञ्चायतविरोधी राजनीतिमै रहे । आन्दोलनका आँधीमय दिनहरूबीच घरजमतिर लाग्न सुरुमा भ्याएनन्, पछि चाहेनन् ।

    सिंगो जीवन लोकतान्त्रिक आन्दोलनमा बिताएका सुशील कुनै न कुनै रूपमा कांग्रेसको नेतृत्व वृत्तमै रहिरहे, तर गिरिजाप्रसादको निधन अघिसम्म उनको छुट्टै छवि स्थापित थिएन । गिरिजाप्रसादले अशक्तताका आखिरी दिनमा नेतृत्वका आकांक्षीहरूलाई पन्छाउँदै उपप्रधानमन्त्रीमा पुत्री सुजाता अघि सारेपछि भने सुशील खुलेरै दृश्यमा आए, विरोधमा लागे । त्यसअघिसम्म सभापति गिरिजाप्रसादका अधिकांश निर्णय पछिल्तिर कुनै न कुनै रूपमा उनै सुशील हुन्थे ।

    शान्ति प्रक्रियाका मुख्य पात्र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको ०६६ चैतमा अवसान भएपछि उत्पन्न रिक्तता कसले भर्ला भन्ने संशयबीच सुशील कार्यवाहक हुँदै ०६७ असोज ५ गते सभापति चुनिए । राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण दैनिकीसँग उनी त्यसपछि मात्रै जोडिएका हुन् ।

    ०७० मंसिरको संविधानसभा चुनावमा कांग्रेस पहिलो ठूलो दल भएपछि उनी दोस्रो दल एमालेको सहयोगमा प्रधानमन्त्री चुनिए । पार्टीको कोटरीमा रमाउने, राष्ट्रिय सोच नभएको भनी सुशीलको कार्यक्षमतामाथि प्रश्न उठाउनेहरू कांग्रेस बाहिरमात्रै होइन, भित्रै पनि थुप्रै थिए । उनले समय लिए, आफूलाई प्रमाणित गरे ।

    सुशीलले आफ्नो दलका तर्फबाट अनुभवी मन्त्री र सल्लाहकार छनोट गरे । त्यो मन्त्रिपरिषदका सदस्य तथा निकटस्थ कांग्रेस नेता महेश आचार्यको अनुभूतिअनुसार सुशीलले ०७१ माघ ८ मा संविधान ल्याउने सीमारेखा आफैंले कोरेका थिए । अरू दललाई त्यसैमा बाँधिन उत्प्रेरित गरे । ००७ सालमा कांग्रेसले, ०३५ सालमा तत्कालीन मालेले, ०५२ सालमा माओवादीले देखेको जनप्रतिनिधिबाट संविधान बनाउने सपना कार्यकालको सुरुमा खासै अपेक्षा नगरिएका सुशीलले सफल पारे । ‘माघ ८ को समयसीमामा संविधान आउन त सकेन, तर अवरोध र दबाबबीच उहाँकै निरन्तर प्रयास र अडानले गत असोज ३ गते संविधान जारी भयो,’ आचार्य सम्झन्छन् ।

    संविधान जारी हुँदै गर्दा काठमाडौं र पहाडमा खुसियाली, मधेसी समुदायमा आक्रोश थियो । साउन ३१ देखि सुरु मधेसी मोर्चाको आन्दोलन क्रममा ४२ को ज्यान गइसकेको थियो । पर्सिपल्ट असोज ५ गते सुशील आफैं संवादमा अग्रसर भए । असन्तुष्ट तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई बिजुलीबजारस्थित मुख्यालय, सोही दिन फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई सानेपा मुख्यालय गएर आफैंले भेटेका थिए । वार्ता प्रयास टुंगोमा त पुगेन, तर मोर्चाकै माग सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव उनकै सरकारले दर्ता गरायो । सुशीलकै दबाबमा माघ ९ गते संविधानको पहिलो संशोधन पनि भयो । त्यसका आधारमा मोर्चाले सोमबार सीमानाका धर्ना र आमहडताल फिर्ता पनि लियो । संयोग, सुशील सोही रात ८० वर्षको उमेरमा दिवंगत भए ।

    उनको अवसानसँगै एउटा सादगी तर प्रतिबद्ध, मौन तर मुखर राजनीतिज्ञको अध्याय सकिएको छ । साठीको दसक सकिने बेलासम्म राष्ट्रिय राजनीतिमा नोट नगरिएका यी नेतालाई पछिल्ला पाँच वर्षका योगदानले सधैंभरि सम्झाइरहनेछन् । ‘संविधान निर्माणको मुख्य नेताको हैसियतमा उहाँले असन्तुष्टसँग तत्कालै वार्ता थाल्नुभयो, सधैं संवादमा बस्ने, सबैको कुरा सुन्ने आवश्यकताअनुसार लचकता र अडान लिने उहाँको प्रेरणाले हामी मधेसी मोर्चासँग सधैं वार्तामा रह्यौं,’ आचार्यले भने, ‘राष्ट्रिय राजनीतिमा संवादहीनता आएका बेला आफ्नै अग्रसरतामा मोर्चालाई वार्तामा इन्गेज पनि गरिरहनुभयो ।’

    सुशीलसँग मत मिलाउँदै/बझाउँदै लामो संगत गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल संविधान जारी गर्ने बेला उनले देखाएको साहस सम्झन्छन् । संविधान आउँछ कि आउँदैन भन्ने अन्योलबीच सुशीलले आन्तरिक र बाह्य दबाब पन्छाउँदै राष्ट्रिय आवश्यकता ठम्याउन सकेको उनको बुझाइ छ । ‘कांग्रेस सभापति र प्रधानमन्त्री दुवैका रूपमा अति संकट र दबाबको बीचमा उहाँले संविधान जारी गर्न भूमिका खेल्नुभयो, संविधान कार्यान्वयन गर्न मधेसी मोर्चालाई पनि साथै लिएर जाऔं भनी संविधान संशोधनको पहिलो प्रयास उहाँले नै लिनुभयो,’ नेपाल भन्छन्, ‘उहाँको यो भूमिकाले नाकाबन्दी हटाउन सहयोग पुर्‍यायो ।’

    केपी ओलीलाई प्रधानमन्त्री छाड्ने भद्र समझदारी पन्छाउँदै आफैं उठ्ने आकांक्षा देखाए पनि सुशील संविधान कार्यान्वयनका लागि प्रधानमन्त्रीबाट हट्न सहजै तयार भएकाले पहिलो श्रेय उनैलाई जाने नेपालको भनाइ छ । आफ्नो पैतृक सम्पत्तिसमेत छाडेका सुशीललाई गृहजिल्ला बाँकेतिरका कतिपय वामपन्थी नेता ‘सर्वहारा सुशील’दा’ का रूपमा लिन्छन् । ‘नैतिक चारित्रिक बलमा दृढतापूर्वक उभिने, पद पैसा होइन निष्ठाको राजनीति गर्ने, सरल जीवनशैली भएका मानिस पनि सार्वजनिक क्षेत्रको शीर्ष तहमा स्थान पाउन सक्छन् भन्ने उदाहरण हो सुशील’दा,’ आचार्यले भने ।

    खासै विशेषता नभएका भनी आमरूपमा चित्रित सुशीलबाट के सिक्ने ?
    ‘सार्वजनिक मानिसको वचन र व्यवहारमा सामञ्जस्य,’ आचार्य भन्छन्, ‘तडकभडक, हल्लाखल्ला नगरी पनि जनताको मनमा बस्न सकिन्छ भन्ने सोच ।’
    नेपाल थप्छन्, ‘सारा जीवन निजी सम्पत्ति र स्वार्थबिना बिताउनुभयो, लोकतन्त्रका लागि अविचलित निष्ठा ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.