×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

र्सिजनाले गरयो पिडीतको ऋण मिनाह

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २५ गते । सृजना विकास केन्द्रले तनहुँका तीन जना ऋणीको कर्जा मिनाहा गरेको छ । कर्जा लिएका महिला समुह सदस्यको मृत्यु भए पछि उनीहरुले लिएको सबै कर्जा मिनाहा गरिदिएको हो ।
    तनहुँको भानु–१ भन्सारका विष्णुमाया कुमाल, कमला सुनार र डोलकुमारी घर्तीले केन्द्रको बैंकिङ्ग कार्यक्रमबाट लिएको ऋण मिनाहा गरिएको हो । ऋण लिएका तिनै जना महिला ऋणीको हालै मृत्यु भएको थियो । ऋणीको मृत्यु भएमा उनीहरुले लिएको ऋण मिनाहा गर्ने नीति बमोजिम तिनै जनालाई छुट दिएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत वीरबहादुर अधिकारीले जानकारी दिए । 206
    कुमालले १ लाख ५० हजार ऋण लिएकोमा १ लाख १३ हजार रुपैयाँ मिनाहा भएको र राहत रकम बापत रु १० हजार रुपैया प्रदान गरिएको छ भने सुनारले लिएको १ लाख १० हजार ऋण मध्ये ९४ हजार ४ सय रुपैयाँ मिनाहा गरिएको र राहत रकम बापत रु ८ हजार रुपैया प्रदान गरिएको छ त्यस्तै गरी घर्तीले लिएको ६० हजार रुपैयाँ मध्ये ४५ हजार ९ सय रुपैयाँ मिनाहा गरिएको र राहत रकम बापत रु ५ हजार रुपैया प्रदान गरिएको थियो । मृतकले संस्थालाई तिर्न बाँकी रहेको सबै ऋण मिनाहा गरिएको उनले बताए ।
    भानुमा भएको एक कार्यक्रममा भानुकै राधादेवी अधिकारीलाई पाठेघरको शल्यक्रिया गर्न ५ हजार रुपैयाँ र मनमाया मगर लाई किरिया खर्च बापत ३५ सय रुपैयाँ प्रदान गरीएको र्सिजना बिकास केन्द्रले जानकारी दिएको छ ।239
    सहयोग हस्तान्तरण र ऋण मिनाहा कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद वाग्लेले संस्थाले संचालन गरेको गतिविधि जनतामुखि रहेको बताए । समाजका लागि यस्ता सहयोगी कार्यक्रम आवश्यक रहेको उनले बताए । सामाजिक कार्यक्रममा सघाउन नगरपालिका कुनै पनि संस्थासँग सहकार्य गर्न तयार रहेको उनले बताए । संस्थाका सदस्यले उत्पादन गरेका कुनै पनि उत्पादनलाई बजारीकरण गर्नमा नगरपालिकाले सघाउने उनले बचन दिए ।
    संस्थाका कार्यकारी अधिकृत अधिकारीले संस्थाले सदस्यका लागि पाठेघर, मुटु शल्यक्रिया, स्तनक्यान्सर, पतिको मृत्यु सुविधा, परिवार नियोजन, सुत्केरी सुविधा लगायतका क्षेत्रमा आर्थिक सहयोग गरेर सघाउँदै आएको बताए । संस्थाले फागुन देखि अनलाईन बैंकिङ्ग तथा सदस्यलाई एसएमएस सुविधा पनि उपलब्ध गराउने तयारी भएको उनले जानकारी दिए । 188
    संस्थाका भन्सार शाखा प्रबन्धक श्रीभद्र पौडेलले यस शाखा अन्र्तगत ३ नगरपालीकाका करिब २५सय जना महिला सदस्य संस्थामा आवद्ध गराई यस शाखाले लघुबित्त कार्यक्रम मार्फत बिबिध किसीमको सेवा प्रदान गरिने गरेको सर्व साधारणलाई जानकारी दिएका थिए साथै उक्त कार्यक्रममा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै मृतकको तस्विरमा पुष्पगुच्छा अर्पण गरि श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । उक्त कार्यक्रम संस्थाका सदस्य श्री सरिता सुनारको अध्यक्षतमा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.