×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मगर चलचित्र नायिका यरुनाको हत्या आरोपी पक्राउ

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २५, २०७२- मगर चलचित्रकी नायिका नेहा भनिने यरुना पुनको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका नेहाकै गाउँले २१ वर्षीय सतीश भनिने किर्तन खड्गीलाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

    कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने ‘टाउकामा लागेको चोटले मृत्यु भएको भन्ने खुलेको छ । अनुसन्धानले उक्त हत्या सतीशले गरेको भन्ने खुलेपछि पक्राउ गरेका हौं ।’ पोखरा न्यूरोडस्थित स्माइल क्याफेमा काम गर्ने १८ वर्षीया नेहाको शव पोखरा–१५ नयाँगाउँस्थित उनकै घर नजिकैको खाली ठाउँमा गत मंगलवार फेला परेको थियो ।

    मगर चलचित्र ‘गाउला र ‘युपा’ मा अभिनय गरेकी नेहाको हत्यापछि आक्रोशित आफन्त र मगर संघले विहीवार प्रदर्शन गर्दै दोषी पक्राउ गर्न माग गरेका थिए । संघका कास्की अध्यक्ष पूर्णबहादुर रानामगरले विज्ञप्ति जारी गर्दै हत्याका दोषी तत्काल पक्राउ नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए । घटनापछि दबाबमा परेको प्रहरीले जिल्लाका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा अञ्चल प्रहरी, अञ्चल सशस्त्र गुल्म र वडा प्रहरी रामबजारका ७ सदस्यीय छानबिन टोली बनाएर संलग्नको खोजी थालेको थियो ।

    ‘उनले काम गर्ने ठाउँ, साथीसंगत र बढि जाने ठाउँ आदिको अनुसन्धानपछि मात्रै घटनामा संलग्नको पहिचान भएको हो’, एस्पी पालले भने, ‘पक्राउ गरेपछि पनि खड्गीले घटना कसरी भयो भन्ने स्वीकारेका छन् ।’

    उनी काम गर्ने क्याफेमा दिनहुँ बिहानै जाने र साँझ फिर्ने गरेकी थिइन । सोमबार बेलुकी नफिरेकी उनको शव घरनजिकैको खाली ठाउँमा कालो कपडाले छोपेर फालिएको फेला गरेको थियो । शव भेटिएको ठाउँ हेरेर प्रहरीले सुरूमा अन्तै हत्या गरी उक्त ठाउँमा ल्याएर शव फालिएको हुनसक्ने शंका गरको थियो ।

    हत्यारा पक्राउ परेको सुनेर सोमबार गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय बाहिर सयौंको भीड लाग्यो । भीडले कडा सजायको माग गर्दै नाराबाजी गरेको छ ।

    यसरी भयो घटना

    सोमबार प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खड्गी पुलहाउस सञ्चालक हुन् । उनको पुल हाउसमा साथीहरूसँग आउजाउ गरिरहने नेहाका धेरै साथी केटा नै थिए । गत सोमबार साँझ आफ्नो क्याफेबाट फर्केकी नेहा खड्गीसँगै आफ्ना साथीहरूका न्युरोडस्थित ओपन टेबल रेस्टुरेन्टमा बसेकी थिइन । त्यहाँ सबैले मादकपदार्थसमेत सेवन गरेका थिए ।

    त्यहाँबाट उठेपछि खड्गीले नेहालाई घर पुर्‍याउने भन्दै मोटरसाइकलमा लिएर गए । लेकसाइड एक फन्को लगाएर घर पुग्ने बेलामा खड्गीले नेहालाई ‘रात लेकसाइडमै कतै बसौं’ भन्ने प्रस्ताव गरे ।

    नेहाले मानिनन् । घरनजिकै पुगेर मोटरसाइकल रोकेर पुन: प्रस्ताव गर्दा नेहाले अपशब्दले खड्गीलाई गाली गरिन् । आवेशमा आएका खड्गीले हेलमेटले हिर्काएर नेहालाई लडाए ।
    प्रहारले ढलेपछि नेहासँग त्यहीबेला शारीरिक सम्पर्क गर्न खोज्दा कानबाट रगत बगेको देखेपछि खड्गी आत्तिए । त्यहाँ उनलाई अचेत लडेकै अवस्थामा त्यतिकै छाडेर भागेको बयान खड्गीले प्रहरीलाई दिएका छन् ।

    घटनालगत्तै प्रहरीले खड्गीलाई नियन्त्रणमा लिइ सुरूमा पनि सोधपुछ गरेका थियो । त्यसबेला उनले नेहालाई बेलैमा घर लगेर छाडेको बयान दिएर उम्केका थिए । पछिल्लोपटक प्रमाण जुटाएपछि पुन: नियन्त्रणमा लिएपछि मात्रै खड्गीले साँचो बोलेको भनाइ अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक बज्राचार्यको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.