×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

वीरगन्जबाट १४ सय ट्रक सामान भित्रियो

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्रान्ति शाह

    फोटो :क्रान्ति शाह (नाकाबन्दी खुलेपछि भारतबाट वीरगन्ज रक्सौल नाका हुँदै मालसामान बोकेर भित्रिएका गाडी वीरगन्ज भन्सार कार्यालयको यार्डमा )
    वीरगन्ज: नाकाको अवरोध हटेसँगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम ह्वात्तै बढेको छ । मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो ।
    शुक्रबार दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको अवरोध हटाएर नाका खुलाएका थिए । नाका खुलेलगत्तै शुक्रबार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामान बोकेका गाडी वीरगन्ज भित्रिने क्रम सुरु भएको हो ।
    नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै इन्धन र मालसामान बोकेका एक हजार चार सय एक मालवाहक गाडी वीरगन्ज भित्रिएको जानकारी पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिए । श्रेष्ठका अनुसार शुक्रबार एक सय ५४, शनिबार ६ सय ५६ र आइतबार पाँच सय ९१ वटा मालवाहक गाडी वीरगन्ज भित्रिएका हुन् ।
    तीन दिन अवधिमा नेपालबाट पनि वीरगन्ज नाका हुँदै पाँच सय २६ वटा ठूला मालवाहक गाडी रक्सौलतर्फ गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । भारतबाट सहज रूपमा मालसामान भित्रिन थालेपछि वीरगन्ज भन्सार कार्यालयको यार्ड मालसामान र ट्रकले खचाखच भरिएको छ ।
    नाकाको अवरोध हटेपछि शुक्रबारदेखि वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली पनि ह्वात्तै बढेको छ । नाकाबन्दी खुलेपछिको तीन दिनमा ११ करोड ७३ लाख रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा पौडेलले बताए ।
    पौडेलका अनुसार आइतबार सात करोड, शनिबार तीन करोड ८५ लाख र शुक्रबार ८८ लाख रुपैयाँ राजस्व असुली भएको हो । ‘नाकाबन्दी भएको सुरुका केही दिनमा राजस्व असुली दैनिक २०–२५ हजार रुपैयाँमै झरेको थियो’, पौडेलले भने, ‘तर शुक्रबारदेखि नाकाको अवरोध हटेपछि दैनिक राजस्व असुली चार करोडको हाराहारीमा पुगेको छ ।’
    सामान्य अवस्थामा वीरगन्ज भन्सार कार्यालयले दैनिक ३० देखि ३२ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । नाकाबन्दी खुलेपछि राजस्व असुली बढे पनि चालू आर्थिक वर्षका लागि भन्सार विभागले दिएको लक्ष्य भने पूरा गर्न नसकिने सूचना अधिकृत पौडेलले बताए । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७२/०७३ मा एक खर्ब तीन अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
    भन्सार कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको १४ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म भन्सार कार्यालयले वार्षिक लक्ष्यको १४.१९ प्रतिशत मात्र अर्थात् १४ अर्ब ६१ करोड ६५ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको पौडेलले बताए ।
    उनका अनुसार नाका खुलेपछि भारतबाट आयात भएका मालसामान र गाडी जाँचपासका लागि भन्सार कार्यालयका कर्मचारीको कार्यव्यस्तता पनि बढेको छ । तीन दिन अवधिमा भारतबाट नयाँ जिप, कार, भ्यान, प्याकिङ मेटेरियल, एचआर सिट, मकै, पिना, चामल, कपडा, हार्डवेयर, मेसिनरी पाटपुर्जालगायतका सामान आयात भएको पौडेलले बताए ।
    ‘अहिले भारतबाट इन्धन आएको छैन । शुक्रबार चार बुलेट ग्यास र एक ट्यांकर डिजेलमात्रै आयो’, उनले भने, ‘सोमबार वा मंगलबारदेखि इन्धनको आयात हुन्छ होला अनि राजस्व पनि अझ बढ्छ ।’ नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख भानुभक्त खनालले सोमबारदेखि इन्धनका ट्यांकर भारतबाट वीरगन्ज हुँदै नेपाल भित्रिने बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.