×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मोर्चाभित्र विवाद चर्कियो, नाकाबन्दी फिर्ताको घोषणा हुनै सकेन

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २५, २०७२-

    अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं, महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् : उपेन्द्र यादव

    …
    हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ? मोर्चाका साथीहरु राजेन्द्र महतोले सल्लाह नै नगरी नाका खोल्दिए भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ? : राजेन्द्र महतो
    …
    हामीले दर्जनौंपटक काठमाडौं आउन आग्रह गर्दा वीरगन्ज नाका नछाड्ने महतो किन प्रधानमन्त्री केपी ओलीको एक फोनमै काठमाडौं आए, बुझ्न सकिएको छैन, मोर्चाको अबको बैठकमा यसबारे गम्भीर छलफल हुनेछ :  तमलोपा महामन्त्री जितेन्द्र सोनल
    …
    यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन’ संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ : मोर्चा दोस्रो तहका नेता


    नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चा बैठक अझै बस्न सकेको छैन । आइतबार दिउँसो राजधानीमा बस्नेगरी मोर्चा बैठक तोकिएको थियो । मोर्चा आबद्ध चारै दलका अध्यक्षहरु काठमाडौंमै भए पनि उनीहरु छलफलमा जुटेनन्, बरु मोबाइलको स्वीच दबाएर बसिरहे ।

    असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न भने हच्किएको हो । असोज ७ मा मोर्चाले नाकाबन्दी घोषणा गरेको दुई दिनअघि नै भारतका तर्फबाट नेपाल–भारत सीमा नाका ठप्प भइसकेका थिए । अरु नाका केही सातायता खुकुलो भए पनि वीरगन्ज–रक्सौल नाका शुक्रबारमात्रै खुलेको हो ।

    मोर्चा नेताहरुले नाका खोल्नुअघि भारतले आफूहरुसँग पर्याप्त समन्वय नगरेको, बरु दबाबको भाषा बोलेको गुनासो गरेका छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकलौटी रुपमा नाका खोलेको भन्दै मोर्चाआबद्ध अरु तीन दल रुष्ट देखिएका छन् । महतोले शनिबार मोर्चा बैठक गरी नाकाबन्दी खोलेको औपचारिक निर्णय गरिने बुधबारै घोषणा गरिदिएका थिए । उच्च स्रोतका अनुसार महतो आउने बैठकमा आफूहरु नआउने चेतावनी मोर्चाकै केही नेताले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएका छन् । ‘अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं,’ समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै उक्त स्रोतले खुलायो, ‘महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् ।’

    महतोले मोर्चाको संस्थागत निर्णय आउनुअघि आफूखुसी निर्णय लिएर धोका दिएको उनीहरुको आरोप छ । महतोले भने आफूले नया कुरा नभनी मोर्चाकै अरु नेताको भनाई दोहोर्‍याएको, नाकामा भारत र स्थानीयले दबाब दिएको दाबी गरे । ‘हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ?’ महतोले आइतबार कान्तिपुरसँग भने, ‘मोर्चाका साथीहरु राजेन्द्रले सल्लाह नै नगरी नाका खोल्दियो भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ?’

    अरु नाकाहरु सूचारु भइसकेको अवस्थामा वीरगन्जमात्रै बन्द गर्दा नकारात्मक छवि बन्दैगएको ‘तथ्य याद गर्न’ सहकर्मी दललाई चेतावनी दिए । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आन्दोलन समाप्त भएको भ्रम नराख्न चेतावनी दिए । ल्होछार पर्वको अवसरमा यादवले प्रेस नोट जारी गर्दै नाकाबन्दी खुकुलो भएको, आन्दोलन नरोकिने भन्दै काठमाडौंकेन्द्रित आन्दोलनमा नेवार र तामाङ समूदायको सहयोग अपेक्षा गरेका छन् । ‘अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदौन, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ,’ यादवको भनाई छ ।

    तमलोपा र फोरमका नेताहरु महतोले आफूहरुलाई विश्वासघात गरेको बुझाईमा छन् । महागठबन्धन बनाउने महतोको प्रस्ताव त्यसैको पछिल्लो उदाहारण भएको उनीहरुको बुझाई छ । बैठकबाट निर्णय गर्नुपर्ने विषय महतो एक्लैले गरेको भन्दै तमलोपा पदाधिकारीहरुले बैठकमै आक्रोश पोखेका थिए । ‘हामीले दर्जनौंपटक काठमाडौं आउन आग्रह गर्दा वीरगन्ज नाका नछाड्ने महतो किन प्रधानमन्त्री केपी ओलीको एक फोनमै काठमाडौं आए, बुझ्न सकिएको छैन,’ तमलोपा महामन्त्री जितेन्द्र सोनलले भने, ‘मोर्चाको अबको बैठकमा यसबारे गम्भीर छलफल हुनेवाला छ ।’

    नाकाबन्दी फिर्ता लिएपछि मोर्चा भित्र र बाहिर चौतर्फी दबाबमा परेका सद्भावना अध्यक्ष महतोले आफू बैठककै लागि काठमाडौं आएकाले औपचारिक निर्णयसमेत हुने आश्वासन दिए । नाका खोलेकामा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको धन्यवाद समेत पाएका महतोले सरकारसँग औपचारिक वार्ताको अपेक्षासमेत गरेका छन् । तर मोर्चाका अरु नेताहरु सम्पर्कमा नआएको महतोलाई उदधृत गदै स्रोतले भन्यो । ‘यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन,’ मोर्चाका दोस्रो तहका एक नेताले भने, ‘संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ ।’

    सद्भावना महासचिव मनिषकुमार सुमनले भने नाकाबन्दी फिर्ता लिए पनि संसद, सडकमा आन्दोलन जारी रहनेगरी बैठकबाट नया कार्यक्रम आउने बताए । ‘आम हड्ताल र नाकाबन्दीमात्रै शान्तिपूर्ण आन्दोलनका स्वरुप होइनन्, यो भन्दा कडा स्वरुप आउछ,’ सुमनले भने, ‘सभा, अनशन, संसदभित्रै आन्दोलन पनि हुन सक्छ ।’

    माघ ९ गते संविधान संशोधन भएपछि नाकाबन्दी खोल्न दबाबमा परेको मोर्चाले भोलि र पर्सिपल्ट गरी दुई दिन बैठक गर्दै माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने घोषणा गरेको थियो । मोर्चाकै माग सम्बोधन गर्न तीन ठूला दलले समानुपातिक प्रतिनिधित्व र जनसंख्यालाई केन्द्रविन्दू बनाउदै निर्वाचन क्षेत्र तोक्ने प्रावधानसहित संविधानको पहिलो संशोधन गराएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.