×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

१२ जना नक्कली चिकित्सक पक्राउ

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २३, २०७२- प्रहरीले नक्कली शैक्षिक प्रमाण पेश गरि विभिन्न अस्पतालमा काम गर्दै आएका १२ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको अनुसार लामो समयको अनुसन्धानपछि एसएलसी तथा प्रमाण पत्र तहको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरि चिकित्सक पास गरेको फेला पारको हो ।

    व्यूरोका डीआईजी हेमन्त मल्ल ठकुरीले नक्ली प्रमाणपत्रको आधारमा अध्ययन गरि त्यसकै आधारमा नेपाल मेडिकल काउन्सिलको प्रमाण लिएका नक्कली चिकित्सकलाई पक्राउ गरेको जानकारी दिए । ‘मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नै नगरी, विना दर्ता प्रमाणपत्र रजिष्टर्ड चिकित्सक हुँ भनि सर्वसाधारण मानिसको उपचार गर्नेलाई गिरोह नै रहेछ,’ उनले भने, ‘यस्ता अरु पनि छन्, उनीहरुको अनुसन्धान  गर्दैछौं ।’

    पक्राउ पर्नेमा झापा विर्तामोडस्थित वीएनसी अस्पतालका रामबाबु गिरी र पशुपति मोडेल अस्पताल इटहरीमा कार्यरत पशुपति चौधरी छन्  । अस्पतालका प्रमुखसमेत रहेका चौधरीले नेपाल मेडिकल काउन्सिल परीक्षा उत्तीर्णसमेत गरेका छैनन् । बंगलादेशबाट एमवीवीएस पास गरेका गिरीले फिलिपिन्सबाट एमडीसमेत पास गरिसकेका छन् ।

    मोहमद कमल हक गोल्डेलन अस्पताल विराटनगर, तुलसी कुमार महतो कोशी अञ्चल अस्पताल, मोहमद अहमद सिद्धिकी ग्लोवल अस्पताल मिर्चैया सिरहा, सन्तोष कुमार यादव जनकपुर अस्पताल जनकपुर, कल्याण विश्वास चानसी मेडिकल हल जनकपुरमा लामो समयदेखि कार्यरत रहेको प्रहरीको अनुसन्धानमा छ ।

    त्यसैगरी विनिता यादव कलेज अफ मेडिकल साइन्स भरतपुर, भगवान केवट मल्लाह अजित मेडिकल हल जनकपुर, शैलेन्द्रकुमार महतो रामजानकी डेन्टल क्लिनिक जनकपुर अफजल हुसेन स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तु र श्यामबाबु साह  ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत रहेको डीआईजी मल्लले बताए ।

    उनका अनुसार नेपालबाट एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १ जना, भारतबाट प्रमाण पत्र तहको नक्कली प्रमाणपत्र पेश गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाण तह पेश गरि चिकित्सक अध्ययन गर्ने १ जना छन् । जुनसुकै मुलुकबाट एमवीवीएस पास गरेपनि चिकित्सक सेवा सुरु गर्न अघि मेडिकल काउन्सिल परिक्षा उत्तीर्ण गर्ने प्रावधान छ ।

    तर उक्त परीक्षासमेत उर्तीण नगरी चिकित्सक बनी काम गर्ने ४ जना छन् । पशुपति चौधरी, मोहमद अमहमद सिद्धिकि, कल्याण विश्वास र अफजल हुसैनले हालसम्म मेडिकल काउन्सिल परीक्षासमेत उत्तीर्ण गरेका छैनन । गिरीले पटना मेडिकल कलेज भारत, सिद्धिकि सिन्धु मेडिकल कलेज पाकिस्तान, कल्याण विश्वास चाइना मेडिकल कलेज चीन र हुसैनले रसियाबाट एमवीवीएस उत्तीर्ण गरेका हुन् ।

    मेडिकल काउन्सिलका सदस्य कृष्णप्रसाद अधिकारीले काउन्सिल परीक्षा उर्तीण गर्ने चिकित्सकले पनि ५ पटक प्रयासपछि उत्तीर्ण भएको बताए । ‘पास गर्नेहरुले पनि बढीमा १० पटक नभए ५ पटक त परीक्षा दिएकै रेकर्ड छ,’ उनले भने,‘३४ पटक परीक्षा दिएको रेकर्ड छ, कहाँ अध्ययन गरेका होलान् ? के अध्ययन गरेका होलान? हामीमै छक्क छौ ।’ तर पुरानो मेडिकल ऐनमा कारवाही गर्ने पर्याप्त प्रावधान नहुँदा छानबिन गर्न गाह्रो भएको उनले बताए ।

    ‘काउन्सिलको सर्टिफिकेटको लागि निवेदन दर्ता गर्दा पहिले एक जना चिकित्सकले चिनेको छौं भनेर सिफारिस गर्थे,’ उनले भने,‘अहिले नोटरी पब्लिकले प्रमाणित  गर्दा हुन्छ, सबै थाहा हुँदैन ।’ नक्कली सर्टिफिकेट पेश गर्नेलाई मेडिकल काउन्सि ऐन अनुसार ३ वर्ष कैद वा ३ हजार रुपैयाँ जरिवाना वा दुवै गर्ने प्रावधान रहेको मल्लले बताए ।

    पक्राउ परेकामध्ये रसियाबाट एमबीबीएस गरेका एक, चीनबाट एमबीबीएस गरेका ५, भारतबाट एक, बंगलादेश एक, पाकिस्तान एक, बीडीएस गरेकामध्ये भारतबाट एक, बंगलादेशबाट एक, पाकिस्तानबाट एक र फिलिपिन्सबाट एक जना छन् ।

    नक्कली प्रमाणपत्र पेस गर्ने गिरीले फिलिपिन्सबाट एमडी गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.