फोटो :शुक्रबार रातिको भूकम्पले ढल्केको भवन । तस्बिर : एजेन्सी एजेन्सी: शुक्रबार राति १० बजेर ५ मिनेटमा ५.५ म्याग्निच्यूडको भूकम्पले नेपाललाई हल्लाएको साढे तीन घन्टापछि ताइवानमा शक्तिशाली भूकम्प गयो ।
शुक्रबारको भूकम्पले नेपालमा भौतिक तथा मानवीय क्षति नभएपनि ताइवानमा राति एक बजेर ४५ मिनेटमा गएको भूकम्पले वैशाख १२ को भूकम्पपछिको नेपालको झल्को दिएको छ ।
सन् १९९७ सेप्टेम्बरमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पपछिको शक्तिशाली धक्का ब्यहोरेको ताइवानमा वैशाखमा नेपालमा जस्तै ठूला ठूला घर ढलेका छन् ।

एक नाबालकसहति पाँचजनाको ज्यान लिएको भूकम्पपछि ढलेका भवनमा अझै मानिसहरु पुरिएको आशंकामा खोजतलास जारी रहेको छ ।
भूकम्पको कडा झट्काले अग्ला भवनमा धेरै क्षति पुगेको छ । घटनामा दुई सयजना बढी गम्भी घाइते भएका छन् ।







annapurnapost




















