×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बारपाक र भच्चेकमा इन्टरनेट सेवा सुरु

  •  
  • बुधबार, माघ २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    वैशाखमा गएको ‘गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ। सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन्।
    तारविहीन इन्टरनेट सञ्चालन गरेर अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कारबाट पुरस्कृत भइसकेका महावीर पुनको सक्रियतामा बारपाक र भच्चेकमा इन्टरनेट सेवा पुगेको हो। ९५ लाख रुपैयाँको लगानीमा ती गाउँमा इन्टरनेट विस्तार गरिएको हो। इन्टरनेट सोसाइटी नामक विदेशी संस्थासँगको सहकार्यमा पुनले दुर्गम भेगमा इन्टरनेटको पहुँच पुर्‍याएका हुन्। अन्य गाउँ, क्षेत्रमा पनि इन्टरनेटको माग भएमा लगानी वृद्धि गरेर सेवा दिन सकिने पुनले बताए।
    बारपाक र भच्चेकमा दुई/दुईजना प्राविधिकले इन्टरनेट जडानको काम गरेका हुन्। “दुबै गाउँमा इन्टरनेट सेवा सुरु भयो”, प्राविधिक सूर्य सुवेदीले भने, “गाउँलेले मोबाइल र कम्प्युटरबाट इन्टरनेटको सुविधा लिइरहेका छन्।” विशेषगरी विद्यालय क्षेत्रमा र घरघरमा इन्टरनेटको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।
    गत पुस महिनादेखि यी क्षेत्रमा इन्टरनेट जडानको प्राविधिक काम सुरु भएको थियो। माघको पहिलो साताभित्र इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरेपनि नाकाबन्दीले गर्दा सामान खरिद र ढुवानी गर्न नसक्दा ढिलाइ भएको पुनले बताए। अझै केही ब्याट्रीको ढुवानी गर्ने काम बाँकी छ।
    सदरमुकामको सतिपिपल डाँडाबाट सर्भर मार्फत इन्टरनेटको तरङ्ग फालिएको छ। पहिलोपटक भच्चेकमा इन्टरनेट चलेको हो। बारपाकमा यसअघि पनि इन्टरनेट सेवा थियो तर प्रभावकारी थिएन। इन्टरनेट चलेपछि स्थानीयवासी सामाजिक सञ्जालका साथै अनलाइन समाचार पढेर तत्कालै खबर थाहा पाउँदा खुसी भएको भच्चेकका जितबहादुर गुरुङले बताए।
    पुनले बारपाक, भच्चेकका साथै भूकम्पपीडित अर्को जिल्ला सिन्धुपाल्चोकमा पनि इन्टरनेट जडानको काम गरेका छन्। पुनको सक्रियतामा दुई बर्षअघि मनास्लु पदमार्गको केही ठाउँमा जडान गरिएको इन्टरनेट अहिले पनि सञ्चालनमा छ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.