×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मोर्चाका नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १९, २०७२- मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमणको आलोचना गरेका छन् । उनले बिहारका नेताहरुका अगाडि लम्पसार पर्नु लाजमर्दो भएको बताए ।

    मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव अन्दोलनमा समर्थन जुटाउन पटनामा त्यहाँका नेताहरुसँग भेटघाटमा छन् । उनले मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे ।

    ‘मधेसी नेताहरु बिहार गएका छन्, फोटोमा लालुप्रसाद गद्दीमा बसेका छन्, हाम्रा क्रान्तिकारी मधेसी नेताहरु उनको अगाडि लम्पसार छन् । के यो लाजमर्दो होइन् ?’ गच्छदारले भने । विराटनगरमा एक कार्यक्रममा बोल्दै उनले मोर्चाका नेताहरुको तिखो आलोचना गरे ।

    सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतो अहिले आफूविरुद्ध रहेको बताउँदै गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ ?’

    मधेसवादी दलका नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागेको आरोप लगाउँदै गच्छदारले को ठूलो पार्टी र को ठूलो नेता भन्ने होडवाजी चलेको आरोप लगाए । आन्दोलनको नाममा मधेसी जनतालाई अहिले गुमराह पार्ने कार्य भइरहेको उनले बताए।

    आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।

    ०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’

    उनले चक्काजाम, ढुंगामुढा र तोडफोड गरेर मात्र आन्दोलन नहुने बताउँदै सहमतिका आधारमा पनि माग पूरा गराउन सकिने बताए ।

    दुई थरी हठवादी चिन्तनका कारण मुलुक अहिले अन्यौलमा परेको बताउँदै गच्छदारले दलहरुले एक इन्च जमिन नछाड्ने केही मधेसी र पहाडी नेताहरुको अतिवादी सोंच ठीक नभएको उल्लेख गरे । उनले आफूले दिएको ८ प्रदेशको सिंमाकनको खाकाले मात्र सिमांकन सम्बन्धी समस्या समाधान हुने बताए ।

    उनले संविधान संशोधनवाट समावेशी र समानुपातिकसहित निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी राजनीति माग पूरा भईसकेको बताउँदै बर्तमान संबिधानमा भएको अधिकार दुनियाँको कुनै पनि संविधानमा नरहेको दाबी गरे ।
    ‘मधेस दिंदा देश टुक्रिन्छ भन्नेहरुलाई म सोध्न चाहन्छु, अहिलेको २ नम्बर प्रदेशका ८९ प्रतिशत जनताले आत्मनिर्णयको अधिकार अन्तरर्गत भोटिङ गरेर छुटै देशको माग सहित युएन मा गए भने के हुन्छ ?,’ उनले भने, ‘संसारका अगाडि गए के हुन्छ, ठूला दलका नेता मेरा यी प्रश्नले आवाक छन् ।’

    केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा आफूलाई कुनै पश्चाताप नभएको गच्छदारले बताए । ‘मैले त ८ बुँदे सहमति गरेर शिर ठाडो पारेर सरकारमा गएँ, उपेन्द्र यादवहरु किन शिर झुकाएर सुशील कोइरालालाई भोट हाले, कसको आदेशमा गए ?,’ गच्छदारले भने ‘कोइरालाकै नेतृत्वको सरकारले होइन ? ४५ जना मधेसीलाई मारेको । ’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.