×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कम्प्यूटर स्लो भयो ? अपनाउनुस् यी १० तरिका

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ज्ञानेन्द्र खड्का

    फोटो :एजेन्सी
    काठमाडौं : विज्ञान प्रविधिको तीब्र विकाससँगै कम्प्युटरको प्रयोग अहिले अपरिहार्य भइसकेको छ । कोठामा रहने कम्प्युटरबाट अहिले हात हातमा ल्याप्टप पुगिसकेका छन् ।

    कागजी कामलाई विस्थापित गर्ने गरी आएका कम्प्युटर मानिसको जीवनको अपरिहार्य साथी बनेसँगै यिनमा देखिने समस्या पनि टाउको दुखाइका विषय भएका छन् ।

    सिस्टम स्लो हुँदा तपाईं हामीले पटक पटक तनाव भोग्नुपरेको छ । सिस्टम स्लो हुँदा तत्कालै अर्को किन्न पनि सक्ने अवस्था हुन्न । यो अवस्थामा आफूसँग भएको सिस्टमलाई यसरी फास्ट बनाउन सकिन्छ । अपनाउनुस् यी दस उपाय ।

    १. अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर 
    कम्प्यूटरमा कयौं यस्ता प्रोग्राम्स इन्स्टल हुन्छन्, जुन तपाईंलाई जरुरी हुँदैनन् । तपाईंले यसरी अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर  सिस्टमको स्पीड बढाउन सक्नुहुन्छ ।
    यस्ता प्रोग्राम्सलाई हटाउनका लागि तपाईंले आफ्नो कम्प्युटरको कन्ट्रोल प्यानलको ‘प्रोग्राम र फिचर्स’ पेजमा जानु जरुरी हुन्छ । यसपछि इन्स्टल्ड सफ्टवेयरको लिस्टमा ती प्रोग्राम्स खोज्नुस् जसलाई तपाईंले प्रयोग गर्नुहुन्न । अब यस्ता प्रोग्राम्सलाई छानेर अनइन्स्टल गर्न सक्नुहुन्छ । अनइस्टल गर्ने अप्सन त्यहीं उपलब्ध हुन्छ ।
    २. टेम्परेरी फाइल्स हटाएर 
    टेम्परेरी फाइल्स हार्डडिस्कमा बसेको हुन्छ । यसले पनि सिस्टमको स्पीड कम गराउन भूमिका खेल्छ ।
    यस्ता फाइललाई हटाउनका लागि सबैभन्दा पहिले तपाईंले माई कम्प्यूटरमा गएर सिस्टमको लोकल ड्राइभ (साधारणतया सि) लाई सेलेक्ट गर्नुपर्छ। अब विन्डोज फोल्डरलाई सेलेक्ट गरी टेम्प फोल्डरलाई खोल्नुस् ।
    यसपछि त्यहाँभित्र राइट क्लिक गरी view अपप्सनमा गइ  details मा क्लिक गर्नुस् । अब तपाईं एक दिन पहिलेसम्मको सबै टेम्परेरी फाइललाई हटाउन सक्नुहुन्छ ।
    ३. हार्ड ड्राइभ (डिस्क) लाई खाली गर्नुस
    तपाईंले आफ्नो सिस्टमको टेम्परेरी फाइललाई नियमित हटाएपनि हार्ड ड्राइभमा पर्याप्त स्टोरेज स्पेस नहुँदा सिस्टमक स्पीड कम हुन जान्छ ।
    यदि तपाईंको सिस्टममा ठूला ठूला भिडियो फाइल पनि राखिएको छ भने त्यसले हार्डड्राइभको मेमोरीमा लोड बढेर सिस्टम स्लो हुन जान्छ ।
    यसैले तपाईंको सिस्टममा रहेका अनावाश्यक ठूला फाइलहरु हार्ड ड्राइभबाट हटाउन जरुरी हुन्छ ।तर यदि तपाईंले ती फाइल नहटाउने हो भने मेमोरी भएको हार्ड डिस्कमा लगाउनु पर्छ ।
    ४. र्‍यामलाई बढाएर
    यदि कम्प्युटरमा काम गर्ने क्रममा तपाईं एकसाथ कयौं प्रोग्रामलाई रन गराउनु भएको छ भने तपाईंको सिस्टममा र्‍याम पनि कम हुन्छ । त्यसैले यो अवस्थामा तपाईंको सिस्टम स्लो हुन पुग्छ ।
    यसका लागि सिस्टम स्लो हुने कारण र्‍याम हो भने तपाईंले अर्को मेमोरी स्टिक्स लगाएर र्‍यामलाई बढाउन सक्नुहुन्छ । यसो गर्दा कम्प्युटरको स्पिड बढ्छ ।
    ५. बिना कामका स्टार्ट अप्स हटाएर 
    कम्प्युटर सिस्टमको स्टार्ट अपमा कयौं अनावाश्यक प्रोग्राम्स पनि चलिरहेका हुन्छन् । जसलाई बन्द गरे तपाईंले सिस्टमको मेमोरी र स्पीड को बढाउन सक्नुहुन्छ ।
    यो प्रोसेस गर्नका लागि तपाईंले पहिले start and run मा क्लिक गर्नुस् । यसपछि run मा msconfig टाइप गरेर इन्टर हान्नुस् । अब तपाईंले आफ्नो सिस्टममा रन भइरहेका सबै स्टार्ट अप प्रोग्राम्स देख्न सक्नुहुन्छ । जसमा अनावाश्यक स्टार्टअप्सलाई डिसेलेक्ट गरेर सिस्टमको मेमोरीलाई बुस्ट गर्न सक्नुहुन्छ।
    ६. सोलिड स्टेट ड्राइभ इन्स्टल गरेर
    कयौं पटक हार्ड ड्राइभका कारण पनि सिस्टम स्लो हुन पुग्छ । साथै स्टार्ट हुन पनि धेरै समय लाग्छ । यस समस्यासँग जुध्न तपाईं एक सोलिड स्टेट ड्राइभलाई सिस्टममा इन्स्टल गर्न सक्नुहुन्छ । तर, यो ड्राइभको मूल्य भने आम हार्ड ड्राइभको भन्दा धेरै हुन्छ ।
    यी ड्राइभले सिस्टमको स्पीड भने धेरै बढाउँछन् । यीनको रिडिङ्ग सयम धेरै तीब्र हुनजान्छ । जसले कम्प्यूटरको स्पीड फास्ट हुन्छ ।
    ७. डिस्क डि-फ्रेगमेन्ट गरेर 
    डिस्क डि-फ्रेगमेन्ट गरेर पनि तपाईंले आफ्नो हार्ड ड्राइभो स्टोरेज क्षमता बढाउन सक्नुहुन्छ। यसका लागि तपाईंले पहिले My Computer मा राइट क्लिक गर्नुपर्छ । फेरि त्यहाँ देखिने हार्ड ड्राइभलाई रोजेर राइट क्लिक गरि प्रोपर्टीलाई सेलेक्ट गर्नुपर्छ ।
    अब टुल्स ट्याब अप्शनमा तपाईंलाई डि-फ्रेगमेन्ट नाउ मिल्नेछ । जलाई छानेर तपाईंले यो प्रक्रियलाई पुरा गर्न सक्नुहुन्छ । यसका अलावा एक अर्को तरिकाबाट पनि तपाईंलाई डिस्क डि-फ्रेगमेन्टको अप्सन मिल्न सक्छ ।
    ८. डिस्क क्लिनअप रन  गरेर 
    विन्डोजमा एक बिल्टइन डिस्क डी-क्लटरिङ्ग टुल पनि रहेको हुन्छ । जसलाई डिस्क क्लीनअप भनिन्छ । यस प्रोसेसबाट तपाईं सिस्टमको ठूला ठूला अनावाश्यक फाइल जस्तै टेम्परेरी इन्टरनेट फाइल्स, प्रोग्राम इन्स्टलरलाई खोजेर हटाउन सक्नुहुन्छ । आफ्नो सिस्टममा तपाईं डिस्क क्लीनअपलाई सजिलै रन गराउन सक्नुहुन्छ ।
     ९. कम्प्युटरलाई स्टेटिक आईपी दिएर
    स्टेटिक आईपी दिनका लागि तपाईंले आफ्नो कम्प्यूटरको नेट्वर्क एन्ड सेयरिङ सेन्टरमा जानु जरुरी हुन्छ । त्यसपछि चेन्ज एडाप्टर सेटिङमा गएर क्लिक गर्नुपर्छ । अब लोकल एडाप्टरमा गएर राइट क्लिक गरेपछि प्रोपर्टिजलाई सेलेक्ट गर्नुपर्नेछ ।
    अब तपाईंले इन्टरनेट प्रोटोकल भर्जन 4 (TCPH/IPv4) का लागि टाइटल दिनुपर्नेछ ।यसपछि प्रोपर्टिज बटनमा क्लिक गरेर Use the following IP address मा गइ करेक्ट IP एड्रेस इन्टर गर्नुपर्छ ।
    १०. कम्प्यूटरलाई धुलोबाट बचाएर 
    यदि तपाईं डेस्कटप या ल्यापटपको प्रयोग गरिरहनुभएको छ भने सिस्टमलाई बेलाबेलामा सफा गर्नु जरुरी हुन्छ । धुलो पस्दा कम्प्यूटरमा हावा पस्न बन्द हुन्छ ।
    जसले सिस्टमको तातो बाहिर निक्लन पाउँदैन । यसले सिस्टम चाँडै तात्न पुग्छ र  उसको परफर्मेन्स कम हुन जान्छ । यसै आफ्नो सिस्टमको धुलो बेलाबेलामा सफा गर्नु अति जरुरी हुन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.