×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विदेशमा हन्डर खाएपछि कृषिमा सफलता

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गोपाल छन्त्याल
    फोटो :म्याग्दीको बेनी नगरपालिका-१ आनन्द बगरमा तरकारी खेतीमा रमाएका रुद्रबहादुर थापा। तस्बिर: गोपाल छन्त्याल
    बेनी: म्याग्दीको भकिम्लीका ३५ वर्षीय धनबहादुर श्रीषले बहराइनमा पाँच वर्ष बिताए। सवारीचालक उनी कम्पनीको कामले दर्जनभन्दा बढी देशमा घुम्ने अवसर पाए । मासिक एक लाख रुपैयाँ कमाए पनि बचत भएन।
    ‘ऋण तिर्न पनि सकिएन, होटेलतिर खानुपर्ने भएकोले जति बचाउँछु भने पनि खर्चमात्रै भयो’, उनले विगत सम्झाए, ‘विदेशमा दोस्रो दर्जाको भएर काम गर्नुपर्छ, त्यही भएर फर्केर जान मन लागेन।’
    गाउँ आएपछि के गर्ने? श्रीष केही समय अलमलिए। तर, अहिले श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फर्म खोलेर जिल्लाकै अगुवा किसान बनेका छन्। ‘वर्षको पाँच लाख रुपैयाँ परिवारसँगै बसेर घरमै कमाउँछु, आफ्नै देशमा पसिना बगाउनुपर्छ’, उनी भन्छन्, ‘५७ वटा बाख्रासँगै व्यावसायिक तरकारी खेती पनि गरेको छु।’
    बेनी नगरपालिका १० का आनन्द रिजालले गत वर्ष बाख्रा बेचेर साढे एक लाख रुपैयाँ आम्दानी गरे। १६ महिना माल्दिभ्स बसेर सोचेजस्तो कमाइ नभएपछि उनी आफ्नै गाउँमा केही गर्ने उद्देश्यसहित फर्केका थिए।
    जिल्ला पशु सेवा कार्यालयमार्फत तालिम लिएपछि रिजालले आठ लाख रुपैयाँ लगानी गरेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । अहिले ५० भन्दा बढी बाख्रा पाल्दै आएका रिजाल भन्छन्, ‘थुप्रै देश घुमेर निराश बनेको म अहिले धेरै उत्साहित छु।’
     श्रीष र रिजालजस्तै बेनी नगरपालिका-१ का ४९ वर्षीय रुद्रबहादुर थापा पनि ६ वर्ष साउदी बसे । उनले त्यहाँ पैसा नकमाएका पनि होइनन्, त्यहींको आम्दानीले बाग्लुङ बजारमा घरघडेरी जोडे तैपनि उनलाई त्यहाँ बस्न मनै लागेन।
    नेपाल फर्केपछि उनले व्यावसायिक तरकारी खेती गर्ने योजना बनाए। २०५६ सालदेखि थापाले निरन्तर तरकारी खेती गर्दै आएका छन्। उनी भन्छन्, ‘वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। त्यसैबाट दुईतले पक्की घर बनाएको छु।’ उनले गोलभेंडा, बन्दा, काउली, काँक्रो र चिप्लेभिन्डीको खेती गर्दै आएका छन्।
    जिल्ला पशु सेवा कार्यालयका प्राविधिक डिल्ली रेग्मीले पशुपालनको क्षेत्रमा युवाको आकर्षण बढेको बताए । एक लाख १४ हजार जनसंख्या रहेको जिल्लाका करिब २० हजार युवा रोजगारको सिलसिलामा बाहिरी मुलुकमा छन्।
    ‘आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने भावना विकास भएको पाइएको छ, यो एकदमै सकारात्मक पक्ष हो’, उनले भने, ‘हामीले गरेको अध्ययनमा अहिलेसम्म एक सय ९२ युवा विदेशबाट फर्केर कृषिमा लागेका छन्।’ अस्ट्रेलिया, जापान, युरोपका विभिन्न देशबाट फर्केका युवा पशुपालनमा लागेको उनले बताए।
    ‘खाडी मुलुकमा गएर धेरै युवा दुःख पाएर फर्केका छन्, तिनलाई सरकारले प्रोत्साहन पनि गरिरहेको छ’, प्राविधिक रेग्मीले भने, ‘पशुपालनमा लागेका युवाले पनि आकर्षक आम्दानी गर्न सफल भएका छन्।’
    जिल्लामा पर्याप्त मात्रामा चरन क्षेत्र भएको हुँदा पशुपालनको सम्भावना राम्रो रहेको पशु सेवा कार्यालयले जनाएको छ। ‘मासु र दूधको माग धान्न किसानले अझै पनि सकेका छैनन्, मासुमा आत्मनिर्भरतातर्फ अघि बढे पनि दूधमा अझै कम्जोर नै छ’, प्राविधिक रेग्मीले थपे।
    जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिमालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारले युवा लक्षित कार्यक्रम नै अघि बढाएको बताए । गत आर्थिक वर्षमा च्याउ र तरकारी खेतीमा संलग्न एक सय २० युवालाई कार्यक्रम उपलब्ध गराइएको उनले जानकारी दिए ।
    आम्दानी र सम्मान दुवै
    गाउँमै फर्किएर कृषि र पशुपालनमा लाग्दा युवाले आम्दानी र सम्मान दुवै प्राप्त गरेका छन्। पशुपालनमा अगुवा किसान बनेका धनबहादुर श्रीषको कोठाको भित्ता प्रशंसा, सम्मान र प्रमाणपत्रले भरिएका छन्।
    उनले जिल्लामात्र होइन, छिमेकी जिल्ला बाग्लुङ र पर्वतमा आयोजित जिल्लास्तरीय मेला, महोत्सवहरूमा समेत आफ्नो उत्पादन लिएर जाने गरेका छन्। ‘जिल्लाको सबैभन्दा ठूलो राष्ट्रपति कृषक पुरस्कार पनि मैले पाएँ, म्याग्दी महोत्सवको बेला जिल्ला प्रथम भएँ’, उनले भने, ‘छोटो समयमा मैले जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिएर सम्मान पाएको छु, यसले मलाई सन्तुष्ट बनाएको छ।’
    घाँसका लागि स्रोत केन्द्रसमेत स्थापना गरेका  श्रीषले वार्षिक आठ लाख रुपैयाँको कारोबार गर्दै आएका छन्। ‘वार्षिक चार लाख रुपैयाँजति आम्दानी हुन्छ, त्यसैबाट छोराछोरीलाई पढाउँदै आएको छु’, उनले भने।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.