×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

एनसेल स्वामित्व हस्तान्तरणको विषय संसदीय समितिमा प्रवेश

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौ:  दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’को स्वामित्व हस्तान्तरण हुँदा राज्यले कोषमा जम्मा हुने राजस्व न्याय सम्बतरुपमा र विवेकपूर्ण तवरले निर्णय लिन सांसद्ले सुझाएका छन् ।

    सार्वजनिक लेखा समितिको आजको बैठकमा टेलिया सोनेराले मलेसियन कम्पनी एक्यिटलाई स्वामित्व हस्तान्तरणका सिलसिलामा पूरा गर्नुपर्ने प्रक्रिया र त्यस क्रममा राज्यलाई उपलब्ध गराउनुपर्ने पुँजिगत लाभ करका विषयमा सांसद्ले जानकारी लिएका थिए ।

    बैठकमा समितिका सभापति जनार्दन शर्माले स्वामित्व हस्तान्तरणका क्रममा राज्यले पाउनुपर्ने राजस्व र त्यसका विषयमा अपनाउनुर्ने प्रक्रिया स्पष्ट र विवेकपूर्ण तवरबाट हुने विश्वास व्यक्त गरे । उनले सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित निकाय र आन्तरिक राजस्व विभागले राज्यलाई नोक्सान नहुने गरी निर्णय लिन सुझाए ।

    समितिका सदस्य डा मिनेन्द्र रिजालले मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय स्वामित्वका कम्पनीको स्वामित्व परिवर्तन हुँदा राज्यको एक रुपैँया पनि गुम्न नहुने बताउँदै त्यसतर्फ राज्यका निकायको ध्यान जानुपर्ने बताए । पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका डा रिजालले भने , “एनसेलले कमाएको लाभांश र स्वामित्व हस्तान्तरणका समयमा मुलुकले पाउनुपर्ने राजस्व गुम्न हुन्न, त्यसतर्फ आन्तरिक राजस्व विभागको ध्यान जानुपर्छ ।”
    सांंसद् पशुपति चौलागाईँले १० करोडमा स्थापना भएको कम्पनी एक खर्ब ४० अर्बमा स्वामित्व हस्तान्तरण हुँदा अपनाउनुपर्ने प्रक्रिया पारदर्शी र राज्यले फाइदा पुग्ने गरी हुनुपर्नेमा जोड दिए ।

    एनसेल ८० प्रतिशत अन्तर्राष्ट्रिय एवम् २० प्रतिशत स्वदेशी लगानीमा सञ्चालन भएको कम्पनी हो । समितिका अर्का सदस्य वीरेन्द्र महतोले एनसेलले राज्यलाई बुझाउनुपर्ने सबै कर बुझाएको र स्वामित्वका विषमा मात्र कानुनी दुविधा रहेकाले प्रक्रियामा रहेको बताए।

    समितिलाई जानकारी दिने क्रममा सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले स्वामित्व हस्तान्तरणका विषयमा कानुनी अस्पष्टता रहेकाले त्यस विषयमा अध्ययन भइरहेको बताए ।

    उनले त्यस विषयमा मन्त्रालयअन्तर्गतको दुरसञ्चार प्राधिकरणलाई आवश्यक निर्णय लिनका निर्देशन दिएको जानकारी दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले विषय वस्तुको गाम्भिर्यलाई ध्यान दिएर न्यायसङ्गत तवरले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.