माघ १८, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त सहित ९ जना सशस्त्रका अधिकारी विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सामान ढुवानी नै नगरी नक्कली बील भर्पाइ बनाएर भ्रष्टचार गरेको वन्त सहितका अधिकारीमाथि अख्तियारले आरोप लगाएको छ । उनीहरुले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँको भ्रष्टाचार गरेको भन्दै त्यही अनुसारको माग दावी गर्दै अख्तिारले मुद्दा दायर गरेको हो ।
वन्त सहित डिआईजी अरविन्द धिताल, एसपी जगत नारायण श्रेष्ठ, डिएसपी आनन्द थापा मगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापा, नायव निरीक्षकहरु निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारी विरुद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै सदाज्योती र अदिती ट्रान्सपोर्ट विरुद्ध पनि मुद्दा चलाइएको छ ।
ekantipur





















