×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

महानगरपालिकाको योजनाः लालपूर्जा बुझाउनोस्, नयाँ घरमा बस्नोस् !

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    housing 2

    रविन्द्र घिमिरे

    १५ माघ, काठमाडौं । राजधानीका असन, इन्द्रचोकजस्ता ठाउँहरु अमेरिकाको न्यूयोर्क सिटीका लागि ‘म्यानहृयाटन’ जस्तै हुन् । संघीय नेपालको राजधानी काठमाडौंको पनि मुटु हो यो ठाउँ । व्यापारिक, पर्यटकीयलगायत हरेक हिसाबले राजधानीको पनि राजधानी हुनुपर्ने हो यो ठाउँ । तर, त्यहाँ भएका भौतिक संरचनाहरु हेर्दा यो ‘डाउट टाउन’ हो भन्ने पटक्कै लाग्दैन ।

    गत वैशाख १२ को विशानाकारी भूकम्पपछि त असन, इन्द्रचोक किलागललगायतका क्षेत्रमा धेरै घरहरु टेकाको भरमा अडिएका छन् । र, धराप थापेजस्तै देखिन थालेका छन् । पाटनको मंगल बजारलाई पनि त्यस्तै टेकाको भरमा अड्याउन खोजिएको छ ।

    भूकम्पले क्षति पुगेका काठमाडौं उपत्यकाका कतिपय घरहरु ईंटा र माटोबाट बनेका छन् र, ५० वर्ष भन्दा पुराना भइसकेका छन् । एक अर्कासँग जोडेर निर्माण भएकाले कुनै एक परिवारले आफ्नो घरलाई भत्काएर नयाँ बनाउने अवस्था पनि छैन, किनकि एउटा घर भत्काउँदा अडेस लागेर उभिएको अर्को घर स्वत भत्कने अवस्था छ ।

    किलागलमा महानगरपालिकाको नयाँ योजना

    राजधानीका पुराना घरहरुको यही जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले पुनर्विकासको योजना अघि सारेको छ । काठमाडौंको कोर सिटी एरियाको ‘ल्याण्ड पुलिङ’ गर्ने र ‘डाउट टाउन’ का रुपमा विकास गर्ने महानगरको प्रस्ताव छ ।

    पहिलो चरणमा ठमेलको पछाडि पर्ने किलागलमा यो अवधारणालाई अघि बढाउन खोजिएको महानगरपालिका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

    त्यस क्षेत्रका ५९ परिवारको जमिन महानगरपालिकाले लिने र संयुक्त आवास बनाउने महानगरको योजना छ । महानगरपालिकाले संयुक्त आवास भवनको नक्सा बनाइसकेको छ र यो लोभलाग्दो तर, निकै महत्वाकांक्षी योजना स्थानीयबासीले पनि स्वीकार गरेका छन् । केही स्थानीयवासीले त लालपूर्जा नै ल्याएर महानगरपालिकामा बुझाइसकेका छन् ।

    ‘अब काठमाडौंका ‘सिटी कोर एरिया’ मा संयुक्त आवासमा जानुपर्छ भन्ने ज्ञान सर्वसाधरणमा पनि आएको छ’ डा. रेग्मीले अनलाइनखबरसँग भने- ‘विभिन्न बस्तीका बासिन्दा हामीकहाँ संयुक्त आवास निर्माणको व्यवस्था गर्न माग गर्दै आएका छन् ।’

    कस्तो बन्दैछ नयाँ संयुक्त आवास ?

    महानगरपालिकाले बनाएको योजनाअनुसार काम हुने हो भने ३ वर्षमा संयुक्त आवास बन्नेछ । महानगरले त्यस क्षेत्रमा भएका सबै भौतिक संरचनालाई हटाउने र भूकम्प प्रतिरोधी तथा व्यवसायिक प्रयोजनका लागि समेत हुने गरी संयुक्त भवन बनाउने योजना बनाएको छ ।

    महानगरको खाकाअनुसार यो भवन पाँच तलाको हुनेछ । भूइँ र पहिलो तला व्यवसायिक प्रयोजनका लागि हुनेछ भने माथिल्ला तलाहरु आवासका लागि प्रयोग गरिनेछन् ।

    housing1

    भवनको माथिल्लो भागमा राखिने पारदर्शी ट्रस्टबाट घाम पनि छिर्न सक्छ । घरमा विद्युतका लागि सौर्य उर्जा जडान गर्ने योजना छ । यदि उपभोग भएर विद्युत बढी भएमा त्यस क्षेत्रको सडक बत्ति समेत बाल्ने खाका कोरिएको छ  ।

    यसरी विकास गरिने आवास क्षेत्रमा भएका पर्यटकीय तथा पुरातात्विक सम्पदाको उचित संरक्षण गरिनेछ, जसले पर्यटनलाईसमेत आकषिर्त गर्ने सम्भावना रहनेछ । सम्भव भएसम्म निश्चित ठाउँलाई खुला क्षेत्रका रुपमा समेत राखिनेछ ।

    यसरी बन्ने संयुक्त आवासमा स्थानीयले उनीहरुको जग्गा अनुसार क्षेत्रफल पाउनेछन् । यसको निश्चित मापदण्ड महानगरपालिका आफैंले विकास गर्नेछ । एक दाम वा आना जग्गालाई एक वा १०० शेयर मानेर त्यसै अनुपातमा बस्तीका सबैलाई संयुक्त आवासको स्वामित्व स्थापित गर्न सकिने डा. रेग्मीले बताए ।

    यसरी जुट्न सक्छ रकम

    महानगरका अनुसार किलागलमा बन्ने भवनमा करिव ४० करोड रुपैयाँ खर्च हुनेछ । अर्थात प्रतिपरिवार झण्डै ६८ लाख लाग्छ र भौतिक पूर्वाधारमा थप १० करोड खर्च हुन्छ ।

    अहिले सरकारले काठमाडौंमा भूकम्पले भत्किएका र क्षति पुगेका घरहरु बनाउन २५ लाखसम्म दुई प्रतिशत व्याजमा ऋण दिने भनेको छ । यो रकम महानगर ग्यारेन्टी बसेर लिन सकिनेछ । यसो गर्दा निश्चित रकम जम्मा हुन्छ ।

    बैैंकको यो ऋण बाहेक सम्वन्धित घरधनीले २० देखि ३० प्रतिशत नगद दिनुपर्ने हुन्छ । किनभने नयाँ घर उसको सम्पत्ति हुनेछ । त्यसका लगि उसले केही रकम बुझाउन तयार हुनुपर्छ । यसबाहेक त्यस क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि विश्व बैंक, एशियाली विकास बैंकलगायतका दाताहरुको सहयोग समेत लिन सकिनेछ ।

    महागरपालिकाले यो वर्ष झण्डै ३ करोड रुपैयाँ यस्तै परियोजनमा खर्चने योजना नै बनाएको छ ।  भौतिक विकास तथा निर्माण विभाग प्रमुख महानगर रेग्मी भन्छन्, यो महत्वाकांक्षी योजना हो । तर, राज्यले सपना देख्ने हो भने यसलाई पूरा गर्न सकिन्छ ।’

    राज्यको नीति नै छैन ?

    सामान्यतया जग्गा पुलिङ गरेर एउटा आवास निर्माण गर्न ३ वर्ष समय लाग्ने महानगरको अनुमान छ । तर, सरकारसँग ल्याण्ड र हाउस पुलिङ -चक्लाबन्दी) को नीति नै नभएकाले महानगरलाई काम गर्न समस्या भएको छ ।

    ‘हामीकहाँ अंशबण्डाका नाममा जति पनि जग्गा टुक्र्याउन पाउने नीति छ । तर, छुट्टएिको जग्गालाई चक्लाबन्दी गरी संयुक्त आवास बनाउने नीति नै भएन’ रेग्मीले भने ।

    महानगरपालिकाले किलागलसहितका केही स्थानमा हाउस पुलिङ र संयुक्त आवासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । तर, सरकारको नीतिगत अप्ठेराका कारण महानगरले जनताकै प्रस्तावमा अघि बढाउन चाहेको योजना अघि बढ्न सकेको छैन । अहिले तालुकदार मन्त्रालय त अहिले पुनर्निर्माण प्राधिकरण पुगेको यो योजनालाई सरकारले अझै अघि बढाउन सकेको छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.