माघ १५, २०७२- पहिरोको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट आएका लामो दूरीका यातायात साधन आज बिहानदेखि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ प्रस्थान गर्न थालेको छ ।
चितवनको मुग्लिन र अन्य स्थानमा गएको पहिरोबाट बन्द भएको कारण त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी पश्चिमबाट आएका सवारी साधन नारायणघाट हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ प्रस्थान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडाले बताएको छ ।
रासस



