×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भूकम्प प्रभावित दाेलखाबाट हराउँदै बालबालिका

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भूकम्प प्रभावित क्षेत्र सिन्दुपाल्चाेक गाँउमा टहदै गरेका बालक।   फाइल तस्बिर : अंगद ढकाल/कान्तिपुर

    लामाबगरको स्यालुबाट भूकम्पपछि एकसाथ सात बालबालिका गायब भए । तिब्बती सीमा नजिकको उक्त गाउँमा सोधीखोजी गर्दै जाँदा आफ्ना सन्तानलाई आमाहरूले नै लामा पढाउन काठमाडौं र भारतीय सीमा क्षेत्रमा पुर्‍याएर कसैको जिम्मा लगाएको खुल्यो ।

    फकाएर लाने र भारत पुर्‍याउनेहरूको परिचय खुलेको छैन । ‘प्रहरीले सोधपुछ गर्दा ढाँटीढाँटी लग्यौं । चिनेकै मान्छेसँग गएकाले ढुक्कसँग लामाको भेषमा आएका गुरुलाई छोरा जिम्मा लगायौं,’ स्थानीय लक्ष्मी तामाङले भनिन् । उक्त गाउँबाट गत असोज २४ देखि बेपत्ता बालबालिका अझै गाउँ फर्किएका छैनन् । स्यालु र आसपासका गाउँबाट धमाधम गायब भइरहेका छन् ।
    भूकम्पपछि उत्पन्न जीवनयापनको समस्याको फाइदा उठाउँदै अनधिकृत रूपमा बालबालिकाको ओसारपसार बढेको स्थानीय अगुवाहरूको भनाइ छ । अभिभावकको समेत सहमति रहेकाले उक्त अवैध गतिविधि रोक्न नसकिएको गोगरेश्वर प्राविका शिक्षक हिरण्यबहादुर घिसिङले बताए । ‘यस क्षेत्रका गाविसबाट भूकम्पपछि पढाइदिने प्रलोभनमा २०/२५ बालबालिका लगिसके,’ उनले भने, ‘रोक्ने प्रयास सफल भएको छैन ।’ त्यसको असर स्थानीय विद्यालयका कक्षाकोठामा देखिन थालेको छ । बालबालिकालाई विदेशी भूमिमा पुर्‍याउन स्थानीय प्रशासनको सिफारिसमा अध्यागमन विभागको स्वीकृति अनिवार्य छ । दोलखा प्रशासनले भूकम्पयता अध्ययनका लागि जिल्ला बाहिर लान कसैलाई सिफारिस दिएको छैन । ‘बिनास्वीकृति बालबालिका अन्यत्र लानु गैरकानुनी हो,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने ।

    लामा पढाउने बताउँदै भारत पुर्‍याइएका बालबालिका तीन वर्षपछि फर्किने आश्वासन अभिभावकले पाएका छन् । आफ्ना सन्तानलाई भारतको कुन ठाउँमा पुर्‍याइएको छ भन्ने जानकारी भने उनीहरूलाई छैन । चिनेकै मान्छेको जिम्मामा छोरा पठाएकाले स्थानीय भीममाया तामाङ ढुक्क छिन् । छोरा पढाउन घरबाट खुसीसाथ लिएर गएका आमाहरूलाई दुई दिन काठमाडौंमा राखिएको थियो । त्यसपछि बालकहरूलाई भारत पठाइयो, आमाहरू घर फर्किए । आमाहरूलाई बाटो खर्च पनि दिइएको थियो । ‘भूकम्पले घर भत्कायो, बस्ने बास, खाना र लुगा छैनन् । दु:खका बेला सित्तैमा पढाउने र पाल्ने भेटेपछि खुसीले छोरो जिम्मा लगाएँ,’ भीममायाले भनिन् ।

    जिल्ला बाल कल्याण समितिको प्रतिवेदनमा पाँच सय बालक र चार सय ६५ बालिका जोखिममा परेको उल्लेख छ । इकार्डस् दोलखा नामक गैरसरकारी संस्थाले दुई सय ४६ बालबालिकाको उद्धार गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रहरीले १८ बालबालिकाको उद्धार गरेको छ । सवारी साधन चल्ने जिल्लाका नाकाहरूमा सरकारी/गैरसरकारी क्षेत्रको प्रयासका बाबजुद बालबालिका हराइरहेकै छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी बेलबहादुर पाण्डेका अनुसार भारतबाट उद्धार गरेर ल्याइएका केही बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । अवैध गतिविधिमा संलग्न गिरोह पहिचान गर्न प्रहरी असफल छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.