माघ १५, २०७२- मधेसी मोर्चाले नाकामा धर्ना दिन थालेपछि आसोज ७ गते यता आज बिहान ६ बजे पहिलोपटक वीरगन्ज भन्सारमा ५ वटा मालवाहक ट्रक आएको छ ।
बिहानको समयमा नाका सुनसान भएको मौका छोपि भारतीय पक्षले ५ वटा गाडी पठाएको हो । यस्तै नेपालतर्फ रोकि राखिएको ५ वटा खाली ट्रक तथा २ वटा जीप भारत तर्फ पठाइएको छ ।
पर्साका एसपी राजुबाबु श्रेष्ठका अनुसार नाकामा कोही नभएको बेला उताबाट र यताबाट गाडीहरु पठाइएको हो । ‘नाकापूर्ण रुपमा सुचारु भएको भने होइन,’ उनले भने ।

ekantipur





















