×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५९ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतीय नाकाबन्दीबारे सरकारले औपचारिक जानकारी गराएको छैनः राष्ट्रपति भण्डारी

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिष्णु बुढाथोकी
    ‘मनस्थिति विभाजित भएपनि राष्ट्रिय एकता खण्डित भएको होइन’

    राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय नाकाबन्दीको विषयमा सरकारले आफूलाई औपचारिक जानकारी नगराएको बताएकी छन्।

    संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको एक समूहसँग बिहीबार शितल निवासमा अनौपचारिक भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। नाकाबन्दीबारे सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘अहिले मुलुक र जनताले व्यहोरिरहेको अघोषित नाकाबन्दी र त्यसको अन्तराष्ट्रियकरणबारे सरकारले कुनै औपचारिक जानकारी गराएको छैन।’

    त्यसका बाबजूद पनि प्रमुख राजनीतिक दल र सरकारको सहमतिमा असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न हालै संसदबाट भएको संविधान संशोधनले समाधान हुन्छ भन्ने जानकारी आफूले पाएको उनले बताइन्।

    मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै देशले अङ्गिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपालको लागि विल्कुलै नयाँ प्रयोग भएको उल्लेख गर्दै उनले भनिन, ‘हामीले गणतन्त्रको प्रयोग गरेको त ८ बर्ष पूरा भइ ९ वर्ष भयो, तर संघीयताको विषय हाम्रा लागि नयाँ हो।’

    नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक, आर्थिक विविधतामा कस्तो किसिमको संघीयता उपयुक्त हुन सक्छ भने विषयमा गम्भीर छलफल र विश्लेषण नगरी राजनीतिक नेतृत्वले संघीयता लागू गर्दा समस्या उत्पन्न भएको उनले बताइन।  विभिन्न पक्षबाट आएका फरक फरक कुरा सुनेकै भरमा संघीयता लागु गर्दा समस्या भएको उनको बुझाई छ।

    जनताबाट निर्वाचित संविधानसभाले निर्माण गरेको संविधान अनुसार संघीयताको कार्यान्वयन अगाडि बढ्दा कुनै समस्या देखिएमा त्यसैबाट पाठ सिकेर सुधार गर्दै अघि जान सकिने उनले बताइन्।

    संविधानका कतिपय विषयमा मधेस केन्द्रीत राजनीतिक दल र त्यहाँका जनतामाझ देखिएको असन्तुष्टिका कारण मुलुकको राष्ट्रिय एकतामाथि आउन सक्ने खतराबारे सोधिएको प्रश्नको जवाफमा भण्डारीले भनिन्, ‘अहिले केही मानिसहरुको मानसिकतामा विभाजन भएको छ। तर, त्यो हुँदैमा राष्ट्रिय एकता खण्डित भयो भन्ने कुरा म मान्दिनँ।’

    उनले यसरी विभाजित मानस्थितिलाई एकताबद्ध बनाएर लानु पर्नेमा जोड दिइन्। तर, उनले कुन क्षेत्र र समुदायको मनस्थिति विभाजित भएको भन्ने उल्लेख गरिनन्।

    विभाजित मनस्थिति भएका व्यक्तिलाई बुझाउने विषयमा लक्षित गर्दै उनले भनिन्, ‘निदाएको मानिसलाई ब्यूँझाउन सकिन्छ तर सुतेको बहाना गरेकालाई ब्यूँझाउन सकिँदैन।’

    उनले कुनै पनि देश सानो वा ठूलो हुँदैमा लोकतन्त्र र राष्ट्रियताको परिभाषा तलमाथि नहुने र यो सबैका लागि उत्तिकै महत्वको विषय भएको बताइन्। उनले लोकतन्त्रको मूल्य, मान्यता र सिद्धान्तसँगै राष्ट्रियताको परिभाषा संसारभर नै एउटै हुनेमा जोड दिइन्।

    राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता र मुलुकको गौरवलाई बढाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिँदै संचारकर्मीसँग भनिन्, ‘देशलाई कमजोर बनाउने विचारहरुलाई प्रस्रय दिने काम कसैले पनि गर्नु हुँदैन।’

    तराईमधेस लगायत असन्तुष्ट जनताको माग सम्बोधन गर्न संसदले संविधानमा गरेको संशोधनले अपुग भएमा विस्तारै त्यसको कार्यान्वयनसँगै थप संशोधन गर्दै जान सकिने पनि उनले बताइन्।

    नयाँ संविधानको घोषणा पश्चात संसदमा कात्तिक १२ गते भएको निर्वाचनबाट मुलुकको सर्वोच्च संवैधानिक निकायमा पुगेको ४ महिनाको अवधिमा आफूले संविधानले व्यवस्था गरे अनुसार संविधानको संरक्षक र पालकको भूमिका निर्वाह गरिरहेको बताइन्।

    नयाँ संविधानको कार्यान्वयनका सन्दर्भमा मुलुककै प्रथम महिला राष्ट्रपति भण्डारीले कतिपय पुराना कानुनलाई नयाँ संविधान अनुसार परिमार्जन गर्नुका साथै संविधानले व्यवस्था गरेका थुप्रै संवैधानिक निकायहरुको गठनबारे नयाँ कानुनको निर्माणबिना संविधानको सफल कार्यन्वयन हुन नसक्ने बताइन्।

    नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि चारवटा चरणको निर्वाचन राज्यले गर्नु पर्ने उनले बताइन्। तत्काल जनताको विकास निर्माणप्रतिको चाहनालाई सफल बनाउन कम्तिमा अन्तरिम व्यवस्था अनुसार स्थानीय निकायको निर्वाचन पहिले गर्नु पर्ने उनको धारणा छ। ‘त्यसपछि संविधानको व्यवस्था अनुसार, स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी पूरा हुनेछ,’ उनले भनिन्।

    राजनीतिक परिवर्तन पश्चात अब देशमा दिगो शान्ति, स्थायित्वको आवश्यकता रहेको औंल्याउँदै उनले यसले मुलुकको समग्र विकासका लागि सम्भावनाको ढोका खोल्ने बताइन्।

    मुलुकले शान्ति र स्थायित्व प्राप्त अझै गर्न नसकेको भन्दै उनले भनिन्, ‘त्यसका लागि सबै राजनीतिक दल र त्यसको नेतृत्वले अत्यन्त जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।’

    कृषि क्षेत्रको विकासलाई आधार बनाउँदै वन तथा जलविद्युत क्षेत्रको विकासमा राज्यले यथोचित ध्यान दिएर काम गर्न सकेमा छोटो समयमा पनि ठूलो प्रगति गर्न सकिने सम्भावना रहेको पनि उनले बताइन्। त्यसका लागि अबको राजनीति मुलुकको विकाससँग जोडी दलहरु अघि बढ्न सकेमात्रै देश र जनताको आकांक्षा पूरा हुने उनको बुझाई छ।

    देशमा अहिले देखिएका सबै समस्याहरु समाधान गरी देश आत्मनिर्भर अर्थतन्त्रमा जानुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘त्यसका लागि खोक्रो राष्ट्रियताको कुराले मात्र हुँदैन, स्वदेशी उत्पादनलाई बढवा र त्यसको प्रयोगलाई प्रोत्साहन गर्दै जानुपर्छ।’

    ‘अहिले देखिएको राजनीतिक र सामाजिक द्वन्द्व मुलुकको आर्थिक, सामाजिक उन्नतिका लागि भएको संघर्ष हो,’ उनले भनिन्।

    जीवनभर मार्क्सवादको सिद्धान्तमा आधारित द्वन्दात्मक भौतिकवादमा विश्वास गरेकी र राजनीतिक परिवर्तन पश्चात मन्त्रीपदको ‍सपथ लिँदा देश र जनताको नाममा सपथ लिएकी भण्डारीले राष्ट्रपति पदको सपथ भने ईश्वरको नाममा लिएकी थिइन्।

    त्यस विषयमा उनीमा आएको परिवर्तनको पछाडिको कारणबारे सोधिएको प्रश्नको अस्पष्ट जवाफ दिँदै भनिन्, ‘कुनै दल विशेषमा लागेको व्यक्तिको भूमिका र राष्ट्रिय महत्वको संवैधानिक निकायमा निर्वाचित भएपछिको भूमिकामा फरक हुन सक्छ।’

    एमालेको उपाध्यक्षका रुपमा सक्रिय राजनीति गरेको व्यक्ति मुलुकको संवैधानिक पदमा पुग्दा अझ ठूलो राष्ट्रिय दायित्व र जिम्मेवारी भएको महसूस गरेको उनले बताइन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.