×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सरकारको काममा एमाओवादीनै असन्तुष्ट

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • maoists

    माघ १४, २०७२- सत्तारुढ प्रमुख दल एमाओवादीले सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टी जनाएको छ । आफ्नै मन्त्रीहरुको कामसमेत चित्त बुझदो नभएको निष्कर्ष निकाल्दै एमाओवादीको तीन दिन चलेको स्थायी समिति बैठकले कार्यशैली सुधार्न प्रधानमन्त्रीसंगै बिषेश कुराकानी गर्ने निर्णय गरेको छ ।
    सरकारको कार्याकाल सय दिन पुरा भइसक्दा पनि जनतामा प्रभाव पार्ने कुनै काम अघि बढ्न नसकेको, काम भन्दा बढी गफ मात्र भइरहेको ठहर एमाओवादीको छ । कार्यशैली सुधार नगरे सरकारप्रतिको विश्वास टुट्ने संभावना रहेको भन्दै एमाओवादीले प्रधानमन्त्री केपी ओलीलाई परिणाममुखी काम गर्न सचेत गराउने भएको छ ।
    ‘सकरारको काम गर्ने शैली सच्चाउनुपर्ने भएको छ’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,‘ परिणाममुखी हुनेगरी काम अघि बढनुपर्छ र यसका लागि प्रधानमन्त्रीलाई नै ध्यानाकर्षण गराउने कुरा भएको छ ।’ उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीसंग  सरकारको काम कारवाहीबारे कुरा गर्न बैठकले निर्देश दिएको छ । बैठकमा मन्त्रीहरुको कामबारे समिक्षा भएको थियो । सबै मन्त्रीहरुले परिणाम दिनेगरी काम गर्न नसकेको स्वीकारेका थिए । बैठकमा पार्टीको निर्णयअनुसार मन्त्रीहरुले काम नगरेको, आफूखसुी चल्न थालेको लगायत टिप्पणी सरकारबाहिर रहेका नेताहरुले गरेका थिए । त्यसक्रममा  मन्त्री र अन्य नेताहरुबीच बैठकमै असमझदारी सिर्जना भएको थियो ।
    सरकार संञ्चालनका लागि पार्टीले बनाएको समितिसंग समन्वय नगरी मन्त्रीहरुले काम गर्ने गरेको भन्दै बैठकमा उनीहरुको आलोचना भएको थियो । तीन दिन चलेको बैठकको समिक्षा पछि अब पार्टीसंगको समन्वयमा काम गर्ने र सरकारको समग्र कार्यशैली नै सुधार्ने गरी अघि  बढ्नुपर्ने निर्णय भएको छ । मन्त्रीहरुलाई आवधिक योजनाहरु बनाएर मन्त्रालयको काम अघि बढाउन बैठकले निर्देश गरेको छ ।
    सरकार सञ्चालनका लागि सहयोग गर्न बनेको  सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक समितिको संयोजक अध्यक्ष दाहाल नै भएकाले उनलाई पनि सक्रिय हुन बैठकले सुझाव दिएको छ । लामो समयदेखि दाहाल संयोजक रहेको समितिको बैठक बसेको छैन  । समितिमा सरकारमा संलग्न रहेका दलका नेताहरु छन् । समितिबाट पनि सरकारलाई घच्घच्याउन सकिने भएकाले त्यसलाई सक्रिय बनाउनुपर्ने निष्कर्ष एमाओवादीको छ । सबै दलहरु मिलेर सरकारको समग्र कामका एक पटक समिक्षा गर्नु आवश्यक रहेको ठहर एमाओवादीको छ ।
    मन्त्रीहरुले  आफूसंग समन्वय नगरी काम गरेका, आफूखुसी चल्न थालेका भन्दै सरकारसंग समन्वय गर्न पार्टीले बनाएको समितिका संयोजक उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहाललाई राजिनामा दिएका थिए । तर बिहीबारको बैठकले श्रेष्ठको राजिनामा अस्वीकार गरेको छ । श्रेष्ठलाई राजिनामा फिर्ता लिन र समन्वय समितिको नेतृत्व गर्न बैठकले आग्रह गरेपछि श्रेष्ठ उक्त जिम्मेवारी लिन तयार भएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.