×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

‘संविधान रातारात होइन, ५ वर्ष ८ महिनामा बनेको हो’

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १४, २०७२- ९ वर्ष सिंहदरवारभित्रै बिताएका एमाले नेता सुवासचन्द्र नेम्वाङलाई समयले फेरि त्यतै अल्झायो । पहिले संसद् सचिवालयमा सबै पार्टीका सांसद र संसद सचिवालयका कर्मचारीमाझ भेटिने नेम्वाङलाई भेट्न एमाले नेता र सांसदहरु कुरिरहेका थिए । ९ वर्ष संविधानसभा अध्यक्ष र सभामुखको जिम्मेवारी पूरा गरेका नेम्वाङलाई उनको पार्टीले संसदीय दलको उपनेता बनाएको छ । उनै नेम्वाङसँग कान्तिपुर अनलाइनका लागि शेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश-

    संविधान निर्माणको काम पूरा गरेलगत्तै थकाई नमारी पार्टीको अर्को जिम्मेवारीमा फर्किहाल्नुभयो नि ?
    जनआन्दोलनपछि पुनर्स्थापित संसदमा सर्वसम्मत सभामुख भएँ । एमाओवादी शान्ति प्रक्रियामा आएपछि बनेको व्यवस्थापिका संसदको सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष र सभामुख गरेर चारपटक सर्वसम्म सभामुख र अध्यक्ष निर्वाचित भए । संविधान निर्माणको जिम्मेवारी सफलतापूर्वक पूरा भएपछि दलका नेताहरुलाई सार्वजनिकरुपमै भनेको थिएँ, अब के जिम्मेवारी निर्वाह गर्नुपर्छ तपाईंहरुले सोच्नुस्, तपाईंहरुले दिएको जिम्मेवारीअनुसार काम गर्छु । संविधान कार्यान्वयनको पहिलो चरण प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएपछि असोज २७ गते नयाँ संविधानलाई पूर्णत: कार्यान्वयनको दिशामा लैजान मैले र उपसभामुखले सल्लाह गर्‍यौं । मैले प्रस्ताव गरेर संयुक्तरुपमा राजीनामा दियौं । त्यसपछि पार्टीको जिम्मेवारीमा फर्कें । पार्टीले स्थायी कमिटी सदस्य र संसदीय दलको उपनेता बनाएको छ, म यसमा खुसी छु ।

    सम्मानित पदमा रहेको मान्छे, राजीनामा दिएलगत्तै पार्टी काममा भन्दा केहीसमय पार्टी जिम्मेवारी छाडेर संविधान कार्यान्वयनमा स्वतन्त्र भूमिका निर्वाह गर्नुभएको भए राम्रो हुन्थ्यो भन्ने लागेन ?
    स्वतन्त्र जिम्मेवारी भएका मित्रहरु अहिले पनि हुनुहुन्छ । स्वतन्त्रतापूर्वक चल्नुपर्ने संस्थाहरु अहिले पनि छ । स्वतन्त्र व्यक्ति र संस्था नभएर अहिले समस्या भएको होइन । मैले त कुनै न कुनैरुपमा पार्टी जिम्मेवारी लिनैपर्ने थियो । म पार्टीमा फर्कें । दलहरुलाई एक ठाउँमा उभ्याउन एकजुट बनाउन क्रियाशील भूमिका निर्वाह गरिरहेको छु । दलमा रहेर पनि सबैलाई एक ठाउँमा उभ्याउने भूमिका निभाउन सकिन्छ । मेरो मान्यता के हो भने मैले असोज ३ गते  संविधान जारी गरिरहँदा मैले भनेको थिएँ, ७० वर्षभन्दा लामो जनताको संविधान निर्माण गर्ने चुनौति समाप्त भएको छ, अर्को चुनौति हाम्रो काँधमा आएको छ त्यो भनेको सफल कार्यान्वयन हो । त्यसका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो दिन जे बोलें अहिले पनि दृढ छु, संविधानको कार्यान्वयनका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । म दलको काममा भए पनि जिम्मेवारीपूर्वक भूमिका निभाउँछु ।

    तपाईंले असोज ३ गते संविधान घोषणा भइरहँदा जुन उत्साह देखाउनुभएको थियो, त्यो दिन आजको नाकाबन्दी, अभाव र पीडाको अवस्था पूर्वानुमान गर्नुभएको थियो ?
    त्यस दिन मलाई समस्याहरु केही समस्याहरु देखापर्छन् भन्ने लागेको थियो । विश्वको दृष्टान्त पनि संविधान बनाउँदा सयमा सय सन्तुष्टि भएका छैनन् । हाम्रोजस्तो देशमा, विगतको संविधानसभामा स्वतन्त्रसमेत ३१ दल थिए । जुन संविधानसभामा पञ्चायतकालीन शक्तिहरु, पञ्चायतको विरोध गर्ने शक्तिहरु, सशस्त्र द्वन्द्वबाट आएका, मधेस, जनजातिका क्षेत्रबाट आएका शक्तिहरुले संविधानसभाबाट संविधान बनाउँदा यो अवस्थामा पूर्णत: सन्तुष्टि हुन्छ । असन्तुष्टि हुँदैन भन्ने कल्पना गर्नुहुँदैन । छिमेकी भारतमै असन्तुष्टि थियो । तर, यस्तो संविधान बनाउनुपर्छ ती असन्तुष्टिलाई सम्बोधन गर्न सकोस् । हामीले त्यस्तो संविधान बनायौं । लचिलो संविधान बनाएका छौं । भारतले अहिलेसम्म २२ पटक संविधान संशोधन गरिसकेको छ । हामीले अहिले तपाईंसँग कुरा गरिरहँदा एकपटक संशोधन गरेका छौं । त्यसैले यो प्रक्रिया भनेको लामो समय लिने समय हो, असन्तुष्टिलाई सम्बोधन गर्दै लैजानुपर्छ । हाम्रो संविधानलाई अन्तत: सबैले स्वीकार गरेका छन् ।

    तर, एउटा सिंगो भूगोल (मधेस)ले स्वीकारेको छ र ?
    मेरो त्यसमा तर्क छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफ्नो प्रतिनिधि पठाएर संविधानसभामार्फत संविधान निर्माण गरेका छन् । यति धेरै सहभागितामा संविधान निर्माण भएको संवैधानिक इतिहासमै पहिलोपटक हो । तपाईंले जुन भूगोलको कुरा गर्नुभएको छ, त्यो भूगोलका प्रतिनिधिले पनि संविधान बनाएका छन् । केही साथीहरुले असन्तुष्टि जनाए । तर पनि म भन्दैछु अन्तत: सबैले स्वीकारेका छन् ।

    कसरी ?

    असोज २४ गते प्रधानमन्त्रीको चुनाव गर्ने सौभाग्य पाएँ । त्यस निर्वाचनमा केपी ओलीजीको उम्मेदवारीलाई विजय गच्छदारजीलगायत संसदमा उपस्थित भएर मतदान गर्नुभयो, अहिले सरकारमै हुनुहुन्छ । अर्का उम्मेदवार सुशील कोइरालाजीलाई उपेन्द्र यादवजीलगायत मधेसी मोर्चाका साथीहरुले उपस्थित भएर मतदान गर्नुभयो । यही कुरालाई ध्यानमा राखेर मैले साँझै मिडियामार्फत भनेको थिएँ, कसले जित्यो कसले हार्‍यो होइन, संविधानसभाबाट बनेको संविधानको सफल कार्यान्वयन भएको छ, सबै दलहरुले स्वीकार गर्नुभएको छ । त्यसपश्चात संविधानसभाबाट राजीनामा गरेका साथीहरु पनि संसदमा उपस्थित हुनुहुन्छ । र, उहाँहरुले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनुभएको छ । त्यसको अर्थ यो संविधान सबैले स्वीकार गरेका छन् । संविधानको लचिलो बाटो (संशोधन)लाई उपयोग गर्दै सबै दल अगाडि बढ्नुपर्छ ।

    म तपाईंलाई असोज ३ गतेतिरै फर्काउँछु । जुन दिन मधेसी मोर्चाआबद्ध दलले केही दिन पर सारेर सहमति गरौं भन्दैथिए, दक्षिणतिरको छिमेकीले पनि त्यसै भनिरहेको थियो । केही दिन सारेको भए के फरक पर्थ्यो ?

    कसै कसै साथीहरुले हतार गरेको, दुई दिनमै पारित गरेको मैले पनि सुन्ने गरेको छु । तर त्यो कुरा पटक्कै होइन । कुनै आधार छु । म विनम्रतापूर्वक आग्रह गर्दछु । संविधान बनाउन हामीले यथेष्ट समय दिएका हौं । पहिलो संविधानसभा चार वर्षको थियो । चार वर्षको समयावधिलाई टेकेर, पहिलो संविधानसभाले गरेका उपलब्धीलाई दोस्रो संविधानसभाले ग्रहण गरेको छ । दोस्रो संविधानसभाको नियमावली बनाउने समितिको सभापति स्वयं मधेसी दलका नेता हुनुहुन्थ्यो, माननीय लक्ष्मणलाल कर्ण । गएको संविधानसभा र यसपटक भनिएकोभन्दा ८ महिना ढिला भएको छ, त्योसमेत जोड्दा ५ वर्ष ८ महिनामा संविधान बनेको छ । अब हतार कसरी भयो ? बीचमा एमाओवादी, गच्छदारजीको पार्टी विरोधमा हुनुहुन्थ्यो । मैले सहमतिका लागि अनन्तकालसम्म संविधानसभा बैठकलाई रोकें, प्रक्रियामा आउनुभयो । अर्कोपटक फेरि केही साथीहरु विरोधमा उत्रनुभयो । हामीले त्यस्ता पाँच दिन, सात दिन त कति पर्खियौं, पर्खियौं । ५ वर्ष ८ महिनामा संविधान बनेको छ, रातारात होइन । मैले त धेरैपटक भनेको थिएँ, समयमा संविधान नबनाउने हो भने संविधान नै नआउन सक्छ । अर्कोतिर हेरौं, संविधान बनेको मितिले आजका दिनसम्म आइपुग्दा ४ महिना व्यथित भइसकेको छ । पर्खेको भए संविधान बन्ने रहेछ त ? बरु ठीक छ लचिलो संविधान आएको छ, साथीहरुका के के असन्तुष्ट साथीहरुका कुरा छन् पूरा गर्दै जाउँ । आज संविधान नै नभएको अवस्थामा देश यो अवस्थामा भएको भए के हुन्थ्यो कल्पना गरौं त ? त्यसैले जे गरियो ठीक गरियो ।

    तर, पहिलो संविधानसभाका उपलब्धीलाई दोस्रो संविधानसभाले ग्रहण नगरेको असन्तुष्ट पक्षको भनाइ छ । संविधानसभाको मूल क्याप्टेनका हैसियतले तपाईं के भन्नुहुन्छ ?

    त्यस्तो छैन । संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता मूल विषयबाट पछाडि फर्केका छैनौं । तसर्थ, यो संविधान अग्रगामी प्रगतिशील छ । अन्तरिम संविधानअनुसार संविधानसभाले संविधान बनाउनुपर्थ्यो । पहिलोले बनाउन सकेन, अन्तरिम संविधानअनुसारै दोस्रो संविधानसभाले संविधान बनायो । यसलाई कसरी अन्यथा लिने ?

    तपाईं निर्वाचित भएको एक नम्बर प्रदेशको केही भाग अझै अशान्त छ । सिमांकनको विषयमा त्यहाँका जनताले असतुष्टि व्यक्त गरिरहेका छन्, आन्दोलनमार्फत । समाधानको सुत्र के हुन सक्छ ?
    हो, म पूर्व जाँदा कतिपय ठाउँमा त्यस्ता असन्तुष्टिहरु सुनें । उहाँहरुले ९ जिल्ला माग्नुभएको थियो । मैले पाँचवटा थपेर संविधानले दिएको छ भनें । नाम पनि भन्नुभएको थियो । मैले भनें, नाम राख्ने जिम्मा तपाईंहरुलाई दिएको छु । संविधानसभाका अध्यक्षका हिसावले मैले दाबी गरें । मैले उहाँहरुलाई ‘बरु मलाई धन्यवाद दिनुस् न’ भनें । उहाँहरु हाँस्नुभयो । के के सयमा सय आफूले भनेकोमात्रै भनेर हुन्छ ? अरुको चित्त बुझाउनुपर्दैन ? त्यसको प्रक्रिया भनेको संशोधन गर्दै जाने । एउटा उदाहरण दिन सक्छु, किन भने म अहिले पार्टी जीवनमा फर्कें । ०४७ सालको संविधान तत्कालिन मालेले पूराका पूरा चित्त बुझाएको थियो ? पक्कै थिएन । तत्कालिन मालेका महासचिव जननेता मदन भण्डारीले २७ बुँदे फरक मत राख्नुभयो । के अहिलेको संविधानमा एमाले, कांग्रेस, एमाओवादीको चाँही पूरापूर सम्बोधन भयो त ? छैन नि । यो सबै के हो ? दलहरुबीचको समझदारी, सम्झौता होइन । ९० प्रतिशत जनताको सहभागितामा संविधान बनेको छ । भारतमा ६५, अमेरिकामा ५५ प्रतिशतले मात्रै स्वीकारेका थिए ।

    तर, छिमेकी भारतले किन ‘वेलकम’ सम्म नभनेको होला त ?
    अहिले भन्नुभएको छ । सकारात्मक विकासक्रम भन्नुभएको छ ।

    तपाईं अर्को छिमेकी चीनको भ्रमण गरेर फर्कनुभएको छ । उसको भनाइचाँही के थियो ?
    उहाँहरुको सदभाव छ । नेपालसँगको सम्बन्ध अझै समधुर बनोस् भन्ने चाहनुभएको छ । हाम्रो प्रधानमन्त्रीको सम्भावित चीन भ्रमणकोबारेमा पनि कुरा राखें । मैले नेपालमा भारत र चीनको भेट होस् भन्ने चाहन्छ भन्ने कुरा राखें । उत्तरी नाका खोल्ने, ट्रेड एन्ट ट्रिटीको कुरा राखें । चीनले पनि नेपालको भारतसँग सुमधुर सम्बन्ध राखोस् भन्ने चाहना थियो ।

    तपाईंले फर्कनेबेलामा नेपालका प्रधानमन्त्रीको चीन भ्रमण छिटो होस् भन्ने कुरा राख्नुभएको थियो । किन हतार लगाउनुभयो ?
    यसमा विवादै छैन । संविधान निर्माण गरेपछि संविधान कार्यान्वयन गर्न सरकार बनेको छ । नेपाल र चीनको सम्बन्ध कसिलो बनाउनुछ । त्यस पृष्ठभूमिमा नेपालको प्रधानमन्त्रीको र छिमेकी देशका उच्च पदस्थ व्यक्तिको भ्रमण होस् भन्ने हो । जतिसक्दो चाँडो चीनमात्र होइन भारतको पनि भ्रमण हुनुपर्छ ।

    तपाईं संविधानसभाको जिम्मेवारीका कारण दुइटा महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन पाउनुभएन । पार्टी राजनीति कसरी अगाडि बढ्छ ?
    पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेर फर्केको छु । राजनीतिलाई म पार्टी, देश र जनताको हितमा गर्छु र फर्कन्छु भनेको थिएँ । राजनीति भनेको सेवा हो, व्यवसाय होइन । पार्टीले अहिले फेरि स्थायी कमिटी सदस्य र संसदीय दलको उपनेता बनाएको छ, यो जिम्मेवारी पनि सफलतापूर्वक पूरा गर्छु ।

    पहिलो संविधानसभा विघटन भएपछि ल फर्म फर्कनुभएको थियो । अब के गर्नुहुन्छ ?
    म त पूर्वराष्ट्रपति रामवरण यादव पनि चिकित्सा क्षेत्रमा फर्कनुपर्छ भन्ने मान्यता राख्छु । म राजनीतिलाई पेसा व्यवसाय मान्दिन । हामी राजनीतिज्ञले पनि आफ्नो व्यवसाय गर्नुपर्छ । देश र जनताप्रति भार बन्नुहुँदैन । हिजो तुरुन्तै सर्वोच्च अदालत जाने स्थिति थियो । अहिले जान मिल्दैन । तर, मेरो ल फर्ममा मेरो कोठा र कुर्सी सुरक्षित छ ।

    तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.